आदरणीय मझेरी.कम का सम्पुर्ण मित्रहरू:
एउटी सानी नानी ब्लड क्यान्सरले पीडित भएर जीवन-मृत्युको दोसाँधमा देख्दा मेरो मन साह्रै कुँडिएको छ । हाम्रो भेट मेरो पत्थरीको अप्रेशन गर्नेबेला ओम हस्पिटलमा भएको थियो । खर्च अभावले उपचार गर्न नसक्ने भन्ने कुरा सुन्दा धेरै दु:ख लागेको छ । त्यसैले यो कुरा तपाईहरू सामु पुर्याएँ भने केही सहयोग उपलब्ध हुने थियो कि भन्ने आशा छ ।
बालिकाको नाम: सन्ध्या माझी, उमेर: ६ बर्ष, घर/ठेगाना: घैलाडुब्बा-१, झापा
उपचाररत अस्पताल: ओम अस्पताल, काठमान्डौं
सहयोग बैंक खाता: ०१८००५०१२१०११९ एभरेष्ट बैंक, चावहिल, काठमान्डौं
सम्पर्क टेलिफोन: (००९७७) ९८१६९५०५११ रामप्रसाद माझी (पिता)
ती नानीको अवस्था बारे कान्तिपुर पत्रिकाको श्राव ३० को अंकमा पनि छापिएको रहेछ । त्यो कटिङलाई यसै साथ अट्याच गरेको छु । कटिङ हेर्न यो लिंक क्लिक गर्नुहोस्
तपाईहरूको सहयोगको लागि हृदयदेखि नै धन्यवाद!
गौरभ (ज्ञान) राई / हाल: कतार
फोन: (००९७४) ५५४६८३७५
