थिएन कुनै लाजले गुम्सिएका पोकाहरू
नत थिए अधरमा भरिएका मायाँलुका डोकाहरू
थियो केवल औंशीको रातले सताएका
रगतको मातमा डामै डाम र सुम्लाका फोकाहरू
छुपेन आँखाको परेलीहरूमा
युगौ युग देखि तडपिएर बल्झिएका
अन्धो मान्छेहरूको कथा !
एक हुदैं दुई हुदैं
बिस्तारै-बिस्तारै अघि
बाँड्छन पिप्साहरू
त्यसैगरी विपक्षीको पनि ।
एउटाले हान्छ टाउकोमा
अर्कोले रोप्छ मुटुमा
अईय्या-अईय्या भन्दै
ढल्छन् खेलमैदानमा
फेरि…….!