च्यातियो पाना मेटियो ईतिहास
जलेको लाश झै माटोमा हरायो कि
लेखिन्छन् साहित्य छाँटिन्छन् भाषण
पीडा र दुःखमा पो करायो कि
च्यातियो पन्ना …
खै त देखिन्न सीता-भृकुटी र अरनिको
अन्तै देश र भेषमा पो जन्म गरायो कि
च्यातियो पन्ना …
भेटिन्न जागीर पाईन्न ईज्जत खै त यहाँ
कहीं नदी र समुद्रमा पो तरायो कि
च्यातियो पन्ना …
खोज्दै छु आस्था र विश्वासको नेपाली झण्डा
कतै बन्दुक र गोलाबारूदमा पो छरायो कि
च्यात्तियो पन्ना …
