एक हुदैं दुई हुदैं
बिस्तारै-बिस्तारै अघि
बाँड्छन पिप्साहरू
त्यसैगरी विपक्षीको पनि ।
एउटाले हान्छ टाउकोमा
अर्कोले रोप्छ मुटुमा
अईय्या-अईय्या भन्दै
ढल्छन् खेलमैदानमा
फेरि…….!
त्यसै गरी अरू पनि
एक-एक गर्दै अघि बड्छन्
आखिर………!
युद्ध न हो
फेरि ढल्छन् अईय्या-अईय्या
भन्दै चिच्याउछन्
कोही कोही चाही
पानी-पानी भन्दैं माग्छन् ।
मर्नेहरू ज्युउदो लास झै
भक्लक-भक्लक ढलिरहेछन्
बाँच्नेहरू गोली गट्ठाहरू लिएर
शिकारीले शिकार मारें झै
अघि-अघि बडि्रहेछन्
हान्नेले हान्दैछन् डयाङ्का-डयाङ्
पड्काउनेले पड्काउदैछन्
ठयाङ्का-ठयाङ् ।
ओहो…….!
कस्तो अचम्म……!!
उट् हिड्छ छड्के, घोडा कुदछ् एल
हात्ती हिड्छ सिधा अनि ठाडो
झन……!
मन्त्रीको त कुरै नगरौ ।
बिचरा… कठै…चुक..चुक……चुक
झन् राजाको त हेरौ हालत् ।
गर्न पनि के गरोस् र
उताबाट पनि चेक
यतातिरबाट पनि चेक
कहिले तलबाट चेक
त कहिले माथीबाट चेक
छड्के-कड्के, एल-सेल
दाँया-बाँया सबै ठाउबाट चेक
पिप्सा-ऊट्, घोडा-हात्ति ।
र…….!
मन्त्रीको अघि के नै लागोस् र
घुड़ा त टेक्नै पर्यो
शीर नि झुकाउनै पर्यो ।
नभए……!
गोला-बारूद् र हतियारको अघि
कस्को के नै लाग्छ् र ।
खलाँस्……!!
केः……!
यहि हेर्न र लेख्न्
हामी जन्मिएका हौं र
सगरमाथा अनि बुद्धको
अस्तित्व भएको देशमा ।
के छैन्….
सब छ, माटो छ
पानी छ, खानी छ ।
अब….
के पुगेन्…..!
के त्यही कुर्सी
जुन पाउनको लागि
सिंहले आफ्नो शिकारलाई
बाह्र नड्गले छोपे झैं
तँछाड् र मछाड् गर्ने
खेल अझै सिद्धएन् ।
नसिद्धिए…..!
होसियार..!!
नत्र त्यही चेसबोड्मा
खेलिन्ने खेल झैं होला !
डयाङ्का- डयाङ्
ठयाङ्का-ठ्याङ् !!
First published in Majheri : 2012-10-20 00:51:58 +0900
