स्वाभिमान भित्र
लागेको चोट-पीडा र ब्यथाले
आज मेरो देश निरीह बनेको छ
थकित भएको छ
उनका ती नशालु आखा
लोलाएर सिथिल भएको छ ।
न भोक छ नत तिर्खा नै
मनभित्रका कुराहरू मनभित्रै
गुम्स्याएर विवश भई
केवल-आशुँका धारा बगाई
रोईरहेछ-रोईरहेछ ।
मेरो
देश बोल्दैन्
बोल्ने मुखमाथि
सामन्तवाद-पूजीवाद
र भ्रष्टचारको लगाम
ठाडै तेर्छिएको छ ।
त्यसैले
उ
बोल्दैन्
बोल्ने साहस छैन्
किनकि
एका-एक
लातै-लातले बजारीएको छ
मैलो गन्धा पानीले पोतिएको छ
अनि
गन्हाउने बनाईएको छ
हजारौ बर्षको भविष्यको गर्भ
तै
पनि
सहेकी छिन्
ती महान आमाले
सहिरहेछिन्-सहिरहेछिन् ।
आज
गुरू द्रोणचार्यको चक्रब्यूहले
मेरो देश कम्पित अनि शसंकित
बनेको छ ।
आभाष भईरहेछ कि
कुनै ठुलै साढे सातको दशाले
आक्रमण गर्ने तयारीमा
मानौ- शिखरको चुचुरो
चुमिरहेछ ।
तैपनि
चुपचाप
बसेकी छिन्
चुपचाप / चुपचाप
टोलाएरै बसेकी छिन् ।
अझै
कति- दिन
सहने ! चुपचाप बस्ने
म चाहान्छु
पहाड उखेलेर समुन्द्रमाथि बर्साईदिउ
तर
विधिको बिधान समयको
चक्रसगै बाधिएको छ ।
किनकि,
कपटी शकुनीको जालले
मेरो देशको महान पुरूषहरू
नत दिन नत रात भन्न दिएको छ
ती त स्वप्न बन्धनमा दिनरात
निदाउन विवस भईरहेछन्
निदले नसताए पनि
सताएझै ।
अनि हस्तक्षेपको
विश्व संग्राम अघि बढिरहेछ
र
प्रश्न (?) चिन्ह दिनका-दिन
खडा भईरहेछ
नयाँ नेपालको भबिष्य माँथी
नयाँ ईतिहाँशको
सुनौलो पाना माथि ।
त्यसैले
मेरो देश
सिथिल भएको छ
प्रत्येक दिन मेरो देशको
शरीर हारालुछ बनेको छ
अनि
प्रत्येक मासुको चोक्टा-चोक्टा
बनाई अंशवण्डा भईरहेछ ।
हजारौ रक्तवीज दिनका-दिन
रगत पिउनलाई
जन्मिरहेछन्
त्यसैगरी
पिईरहेछन्-पिउदैछन्
बिस्तारै-बिस्तारै
िसध्याई रहेछन-रीत्याई रहेछन
तैपनि सहेकी छिन् मेरी आमा
ती अबोध बालक झै ।
हे
भोलिको सपनाको निदमा
हराउने महापुरूषहरू हो
अब- विउझ अनि जाग
किनकि,
मेरो देशको अन्तिम
ढुकढुकी र सास मात्रै अल्झिएको छ
ती-लुटेराहरूले सताएर
ती- पियक्कडहरूले पिएर
खोक्रो बनाएका छन
दिनका-दिन मदहोसमा लट्ठिएर
क्यासिनो र डिस्कोको स्वादमा
भोजन गर्दै मेरो देश बेचिरहेछन
तैपनि-कोही
बोल्नै बोल्दैन्
त्यसैले मेरो देश
निरास भई
गहभरि आशुँ पिएर
रोईरहेछ-रोईरहेछ !!
