Skip to content

Kabi7

अधुरो प्रेम

उदाउने घाम बन्न सकिन
ओइलाई जाने फूल झै झरें !

लजाउने बानी सम्झिन्दा
अतितमै एकपल भूल भै मरे !!

जब गृहयुद्धको चपेटामा मेरो देश नांगिएर रोइरहेको अवस्था हो, जता-ततै डर धम्की र त्रासदी वातावरण, ऊ मर्यो त्यो मर्यो फल्ना भर्ती भयो । लुटपाटको चर्तिकला, ठाउ-ठाउमा गरिमामय संरचना भत्कियो, कहिले काहीँ रेडियोको तरंगित आवाजसँगै तर्सिन्थ्यो यो मन के सुनिएन र अनेक अलंकार सुनियो । कोही भिखारी भए कोही सन्यासी त कोही बलात्कृत भए । साँच्चै भयंकर डरलाग्दो घटनाले सताउथ्यो । लाग्छ मलाई म केवल १७ – १८ को बैंसालु मातमा थिए ।

शीर्षक विनाको कविता

हिमचुलीको काँख
झरनाले सजिएको सुन्दर मुहार
सुनगाभा जस्तै फक्रिएकी यौवन
मनै लोभ्याउने
लालिगुरासँ शीरमा सिउरेर
बस्थिन उनी
थाहा छैन कुन मोडले लम्किए चम्किए
उकाली ओराली गर्दै
भिरपाखा छामछाम छुमछुम गर्दै

“जय नेपाल”

कोही छ
भए आउ
ती हात पाँउ समाउ
हातमा हात राखी
काँधमा काँध मिलाउ
केही भन्नु छ
यहाँ
केही गर्नु छ
अझै यहाँ
गएर सुनाई देउ
सारा नेपालीलाई भनि देउ
साँच्चै निंदाएँ होलान
मलमल सुकिला सिरकमा
गुटमुटिएर गुम्सिएर
रात्रीकालिन ओच्छयानमा
मिठा मिठा निदरीको सपना देख्दै
विन्ति छ
उठौ अब
जुटौ एकै साथ
अन्ध्यारोले सताएको पुरपुरोमा
जुन तारालाई
टपक्क टिपी ल्याउनु छ
हो साथी हो
साँच्चै
ज्योतिको दिप बाल्नु छ
समाज वस्ती राष्ट्र
खोलानाला बाटोघाटो सबै बिउझाउनु छ
कति आए
कति गए
उहि मेचमा टुसुक्क बसी
कालो मोसेले छाएको थोपडा मुसुक्क हाँसी
पापी हात दूधमा चोबी चोबी
आनन्दले सुटुक्कै खाए

आफु हाँसे पनि अरुलाई…

आफु हाँसे पनि अरुलाई रूवाईदिन्छ यहाँ
चोखो प्रीत गर्ने बहानामा भुलाईदिन्छ यहाँ

बाहिर हेर्दा रूप एउटा भित्र भित्रै बेग्ला बेग्लै
दुनियाँ नै पापी भो संसार बित्छ एक्ला एक्लै
तालपरेसी जाल फिजाई झुलाई दिन्छ यहाँ
चोखो प्रीत गर्ने बहानामा भुलाईदिन्छ यहाँ

मनका कुरा मनमै रहीरहयो मै बाँचु कसरी
आँखा देखि आँसु झरीदिन्छ मै हाँसु कसरी
आधा रातमै बिउँझे पनि डुलाईदिन्छ यहाँ
चोखो प्रीत गर्ने बहानामा भुलाईदिन्छ यहाँ

वनपाखामा पखेरीमा सुसेली खेल्नेहरू

हर्षित मुद्रामा यात्रुहरू
याँन्त्रिक गन्तव्यको
सहारा लिएर उक्लन्छन

आकाशपारिको वादलमा
चिसा वतासका सिरेटो पिउदै
मुटुभरि बटुलेका रहर पोखाउन

औंला भाँच्दै यहाँ नचाउनेहरू

औंला भाँच्दै यहाँ नचाउनेहरू धेरै पाएँ मैले
हुँदा हुँदै भीरबाट खसाउनेहरू धेरै पाएँ मैले

आफू बाँचे भैगो अरुलाई त के मतलब छ र ?
दुनिया नै मुट्ठीमा मसाउनेहरू धेरै पाएँ मैले

माँया लाउँछु भन्नेहरू आए- गए कति कति
खाँट्टी प्रीत नलाई फसाउनेहरू धेरै पाएँ मैले

ऐठनका सपनाहरू

खुम्चिएको अनुहार
निन्याउरो पारामा
डिलमाथि उभिएर
एक तमासाले धर्तीलाई
हेरिरहन्छ आकाश

केही हराए जस्तो
केही लुटिए जस्तो
चुपचाप चुपचाप
आँशुको घुट्को पिउदै
बेहोशी पारामा

तर माँयालुलाई …!

अाधा रातमा
बिउझिएको मान्छे
एकोहोरिन्छ
लक्षहिन सपना
छातीमा सजाउदा

चसक्कै पोल्छ
सम्झानाका कोसेली
मुटुमा राख्दा
कहिले रून्छ मन
कहिले हाँस्छ मन

एउटा युग

घामका पाईलाहरू डुब्दा डुब्दै
अंधेरीको रात जाग्छ
हुँदा हुँदै
प्याला भरी भरी पँधेरीको मात लाग्छ
यसरी नै पिउदा पिउदै सधैँ सधैँ
एउटा युग रितिइदिन्छ
यसरी नै जीउदा जीउदै सधैँ सधैँ
एउटा युग बितिदिन्छ

बलात्कृत संविधान

सुनेको थिए
नारी बलात्कृत भएको
सत्य कथा सत्य घटना
तर
आज
अनौठो गरी सुन्दैछु
अनि देख्दैछु
मेरो आफ्नै आँखाको अगाडि
सहराविहीन हुदै तुरून्ग झुण्डिएर

स्वर्णपात्रमा ईतिहास कोर्नु छ

म निदाएको हर क्षण
घाम र जून घिच्ने खन्चुवाहरू
शैतानी साँडेहरू
आजकल मोटाएर बलिया हुन् थालेछन
हरदिन पोटिल्ला पोटिल्ला
भिटामिनहरू खाएर पोसिन्न थालेछन
भएको थैली पनि रित्याउन पल्किएछन
सुन्दैछु मेरा कानको
जालीहरू टाल्नलाई

गुनासो फूलको !

नहेप मलाई
नच्यात नटिप नफाल मलाई
म सानो छु तर संसार हराभरा सजाउछु
भिरमा फूल्छु
पाखा पखेरूमा पनि फूल्छु

जहाँ मन्दिर र चैत्य-गुम्बाहरू छ
म त्यहाँ पनि फूल्छु
जहाँ झोपडी र महलहरू छ
म त्यहाँ पनि सजिएर फूल्छु

यो दुखीको सपना !

नरूनु आमा त्यो आँसु पुच्छन
म आउछु फर्केर ।
सूनको विहानी झूल्के घामलाई हेरी
बस्नु है पर्खेर ।।

डाडा र पाखा हरिया भाका गित
गाउदैछ चरीले ।
डांफे र मुनाल नाँचेको हेर्दै छिन
स्वर्गकी परीले ।।

आउन तिमी अंगालोमा

आऊ न तिमी सँधै अंगालोमा मनको कुरा बोकेर
हाँसी खेली बिताऊँ कि दुई दिने जिन्दगीलाई पोखेर

कति राम्रो मुहार तिम्रो त्यो शिरको फूल सिउरेर
आफूनो घुम्टो आफै हटाई हेर्छयौ आँखा झिम्केर
दिने भए दिईहाल ज्यानको बाजी ज्यानलाई जोखेर
हाँसी खेली बिताऊँ कि …

मन्दिरमा धाएर के पाँउछौ ?

फूल लिएर जान्छौ
रंगीचंगी सिन्दुरे अबिरहरूले सजाँउछौ
मनमा शब्दहरूको पोको बोकेर हिडछौ
हरेक दिन मन्दिरमा धाँउछौ
दुई हात जोडी शीर निहुराएर झुक्छौ
अनि हे ! ईश्वर पुकार्दै भन्छौ
मनका कुराहरू पोखाँउछौ
आखिर के पाँउछौ ?