उफ, कस्तो अनौंठो
म अनि दशैँ
दशैँ अनि म
शब्द + शब्दविचको भिन्नता
सायद,
यही दुई शब्दले ईतिहास
बिउझिएको छ
अनि प्रत्येक नेपालीको
ईतिहास कोरिएको छ !
त्यसैले,
बतासले बोल्छ
हिजो, आज र भोलिको कहानी
पहाड, पर्वत र पहराले गुन्जन्छन्
नयाँ र नौलो परिकल्पनाको महारानी
माटो माटोमा उब्जन्छ्
खुला आकाशको न्यानो
अंगालोमा हुर्कन्छ्
त्यही एक अनि दुई शब्द
म र दशैँ
दशैँ अनि हामी बिचको सम्बन्ध !
हो,
गर्व गर्छौ हामी नेपाली
हुन र जन्मन पाएकोमा
गर्व गर्छौ हाम्रो शीर उच्च
प्रकृति छट्टा सौदँर्य शीखा
सगरमाथा भएकोमा !
जहाँ,
हाम्रो रगत र दुई मुट्ठी सासले
पूर्व मेची देखि पश्चिम महांकाली
उत्तर चीन अनि दक्षिण भारतसम्म
फैलिएको यो सिड्गो नेपाल
भिन्न भिन्न संस्कृति
भिन्ना भिन्नै जातजाति
हामी हौं नेपाली हाम्रो नेपाल !!
