आउ नया बर्ष तिमी
चैतामासमा सुकेको पात झै होइन,
बसन्तको पालुवा झै भएर आउ
उराठ लाग्दो आगोले खाको बन जस्तो होइन
जत्ता ततै हरियाली छाएर आउ ..
कोल्हाल र मार् पिट होइन नया बर्ष
शान्ति र अमन चैन ल्याएर आउ
मति भ्रष्ट र गाफाड़ी नेता होइन
देश भक्त र जनतामुखी नेता ल्याएर आउ …..
यि नै सस्कार हिन नेताको पछी लाग्ने भेडा जनता होइन
चरित्रवान आफ्नै कर्ममा बिस्वास गर्ने जनता ल्याउ
अपराधी र देश्द्र्ही सिपाही पुलीस होइन
जनता र देशलाई माया गर्ने सिपाही ल्याउ ……….
नेपाली जनताको पसिना खाएर
हाम्रै आमा चेलीलाइ बलत्कार र हत्या गर्ने सेना होइन
सच्च देश भक्त र कर्द्ब्या निष्ठा नेपालीको सेवा
गर्ने शान्ति सेना ल्याउ …….
म जस्तो धेरै भाग खोज्ने नाममा
बिदेशीको गधा बन्ने होइन
देशमै रहेर केही गरौ भन्ने
सोच भएको कर्म योगी युवा ल्याएर आउ ……….
म जस्तो धेरै भाग खोज्ने नाममा
बिदेशीको गधा बन्ने होइन
देशमै रहेर केही गरौ भन्ने
सोच भएको कर्म योगी युवा ल्याएर आउ ……….
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार