Skip to content

तिम्रै माया लाग्छ काली,

तिम्रै माया लाग्छ काली,
जति रीस उठे पनि अन्त्यमा त
तिम्रै माया लाग्छ काली,
माया गर्ने त हजार होलान
तर,यो मनले तिमीतिर ताग्छ काली !

जति दोषी देखे पनि तिमीलाई अन्त्यमा त
मै आफै दोषी लाग्छ काली ,
मुटु जोड्न खोज्ने त धेरै होलान
तर,यो मुटुले तिमीलाई नै माग्छ काली !!

मुटु जोड्न खोज्ने त धेरै होलान
तर,यो मुटुले तिमीलाई नै माग्छ काली !!

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *