ढक्क मक्का कुहिरो भित्र च्युत्रु खाने
ए मेरो साथी संगी
आज कती खायो भन्नु न है ,
साउनी झरीमा नित्रुक्का भिज्दै ओडार तिर भाग्ने
ए मेरो साथी संगी
मेरो पनि बाख्रा छ छैन गन्नु न है !
म झरे उदो,बाख्रा रहिछ उभो
ए लेकाली दिदी
ढुंगाले हान्नु न है ,
पानी नि पर्यो , छात्ता नि ल्याएन
भनेको मान्नु न है ,
तिम्रो बाख्रा संगै आउदैछ माथि
ढुंगाले हान्नु न है !!………..
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
