Skip to content

अप्रिल फुल मनायो

अप्रिल फुल मनायो
आफुलाई नघोच्ने काडा देखी
मलाई फुल बनायो तिमीले ,
मेरो सोझोपनको फाइदा उठाउदै
अप्रिल फुल मनायो तिमीले
आखिर सन्सार स्वार्थी छ, आफ्नु खुशी मात्र हेर्छन सबै
……हो…..जात जनायो तिमीले
म त अति बिस्वास गर्थे तिमी प्रति
त्यही बिस्वाश लाई कुल्ची
मलाई महा मुर्खा बनायो तिमीले ……..
झस्काएर मेरो ई छाती
अरुको कू सस्कृती अप्रिल फुल मनायो तिमीले ..
आफुलाई नघोच्ने काडा देखी
मलाई फुल बनायो तिमीले …………….

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *