आज देश रोए रहेको छ …
बिश्व उचइमान हिउका चुलीहरु पग्लिदै छन्
हरियो बन नेपालको धन जत्ता तत्तै आगो सल्किदै छन्
असल देशभक्त र कर्मयोगीहरुको झुपडीहरुमा
अनिकालको भेल पहिरो उर्लिदै छन्
देशको सोसक र सासकहरु बन्द र हडतालको
भाषा कुर्लिदै छन्
मँहगी र भोकमारीले सगरमाथाको
चुचुरो नाप्दै छन्
रोग ब्याधले धेरै निमुखा जन्तालाई
दिन प्रतिदिन च्याप्दै छन्
मेची महकाली र मस्र्याङ्घधीहरु
ख्ाहरे खोला झै सुक्दै छन्
बिर सहिदहरुको शिरहरु
लजित हुँदै झुक्दै छन्
बिर सहिदहरुको शिरहरु
लजित हुँदै झुक्दै छन्
राजेश रुम्बा लामा ‘अतृप्त’
दोहा कतार
