Skip to content

आधुनिक गीत
तिम्रो आखाको नानी भित्र
बास माग्न खोजेको थिएन,
यति कठोर छौ तिमी भनि
कहिले मैले सोचेको थिएन !
सिरिप चाहेको थिए
तिम्रो छात्रा छाया
अरुलाई दिई बाकी रहेको
तिम्रो निश्चल चोखो माया
तर तिमीले कुल्चियो
मेरो यी सब चाहालाई
कोसिस गरेनौ बुझ्न तिमीले
मेरो मनको बाहलाई ,…………………..
मेरो मनको बाहलाई ………………..२

तिम्रो मुटु फोरी
त्यहिँ भित्र बस्न चाहेको थिएन
तिम्रो ति धन दौलात पाउन
मैले माया लाएको थिएन
सिरिप चाहेको थिए
तिम्रो न्यानो साथ्
दु:ख पर्दा जिबनमा हाम्रो
अघि बढ्न मिलाई दुइ हात
तर बुझ्ने कोसिस नि
कहिले गरेनौ तिमी
खुल्ला समय लिई
कहिले मेरो सामो परेनौ तिमी ……..
कहिले मेरो सामो परेनौ तिमी ……..२

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *