Skip to content

Bhawana Kshitij

सहयात्री

सधैँ झै उनी आउछिन् र भर्याङको माथिल्लो खुड्किलोबाटै हातको गिलास देख्नासाथ हतार हतारमा छिटो छिटो तल ओर्लिदै त्यही भन्छिन् – आज पनि उस्तै ? हिजो भन्नुहुन्थ्यो भोलि छोड्छु, भोलि भन्नुहुन्छ भोलि छोड्छु, हैन तपाईँको यो भोलि कहिले आउँछ ? ……….’

र यति भन्दासम्म उनले मेरो हातको गिलास खोसिसकेकी हुन्छिन् र म टुलुटुलु उनको अनुहार हेरिरहन बाहेक केही गर्न सक्दिनँ । नसक्ने होइन, तर उनको त्यो मुहार देख्दा आफूलाई क्षीण पाउँछु । उनलाई हेरेर टोलाउन बाहेक म केही गर्न सक्दिनँ । एकटकले उनलाई हेरेर टोलाइरहन्छु, टोलाइरहन्छु………

मेरो हातको गिलास खोसिसकेपछि भन्छिन् – अब त भो, या यो रक्सी छोड्नुस् या मलाई ।’

रामेकी स्वास्नी पोइल गइन्

सुस्त–सुस्त सारा गाउँभरि फैलियो, मेलापात, वनपाखा, चौक–चौतारा हरेक ठाउँ–ठाउँमा, हरेकका मुख–मुखमा एउटै कुरा हुनथाल्यो– “रामेकी स्वास्नी पोइल गइन्, रामेकी स्वास्नी पोइल गइन् ।”

गाउँका लागि पोइल जानु कुनै नौलो कुरा तँ थिएन । बर्षेनी दुईचार-दुईचार गएकै हुन्छन् तर यो कुरा भने गाउँका लागि नौलो नै थियो । मानौं गाउँमा यो कुरा को उद्घाटन मात्रै भएको हो । कुरा के थियो भने यतिसम्म अविवाहिता मात्रै पोइल जान्थे तर सरिता भने दुई सन्तानकी आमा … । त्यसैले यो कुरा गाउँका लागि नौलो नै थियो ।

भत्किएको घर

दृश्यः पहिलो

(मञ्चः खरको छानो उडे जस्तो देखिने भित्तापनि भत्किन थालेजस्तो देखिन एक दुई तले कच्ची घर । अगाडितिर सानो बरण्डा)

(कोठाभित्र हर्के छ । साह्रै बेचैन देखिन्छ । यत्रतत्र छरिएका सरसमान छन् । केही झोलामा राख्दै छ ।)

(धनेको प्रवेश)

धनेः (उमेर साठी पैसठ्ठी, कपाल सेताम्य भइसकेको, अनुहारभरि मुजा नै मुजा छन् ।) (गहिरो स्वरमा) जाने नै भइस ?

केही मुक्तकहरू (म तान्दै थिएँ)

म तान्दै थिएँ, उनी मलाई हान्दै थिइन
म हाँस्दै थिएँ, उनी रिस मान्दै थिइन
रक्सीको मादमा दुन्याँ भुल्न खोज्थें म
कुन्नि किन हो उनी आँखा तान्दै थिइन ।

कामवासना फिजाउने तिम्रा ती बातहरू कामी छन्
यो मन रिजाउने तिम्रा ती हातहरू नामी छन्
तिम्रो स्पर्श स्पर्शमा माद लाग्छ मलाई
अमृत प्याला पिलाउने तिम्रा ती ओठहरू दामी छन् ।

बलात्कृत आमा

सुनसान अँध्यारो रात्री थियो । एउटा किशोर आफ्नो गनतव्यतिर हतार हतारमा गइरहेको थियो, कुनै नारी रोदनले ऊ अडियो, ‘यति राती को रहेछ ?’ उसले ध्यान दियो, ‘नाईँ छोडिदे, मलाई छोडिदे…’ आवाजलाई पछ्याउँदै किशोर त्यही नजिक पुग्यो, एउटा सानो कुटिया थियो, निष्पट्ट अँध्यारो, भित्रबाट आवाज आइरहेको थियो, ‘स्याँक्क स्याँक्क ……’ छामछुम गर्दै किशोर अँध्यारोभित्र प्रवेश गर्छ, ‘को हो ?’

‘तिमीपनि आयौं, आऊ तिमीपनि आफ्नो प्यास मेटाऊ । तिमीहरूकै पेवा हुँ, जसरी भोग गर्न मन लाग्छ गर…..’ निष्पट्ट अँध्यारोभित्र त्यो रोदनमय वातावरण विलाउँछ ।

यूगीन सपना

मनभित्रको माया मनमै राख्न नसकेपछि एक दिन राज आफ्ना मनका सबै कुरा अञ्जुलाई सुनाउछ र उनीसंग माया माग्छ

राजः
कोपिला हुँ म निश्चल स्वच्छ छ नि मेरो मन
सप्नामा तिम्रै डुबेको हुन्छ सध्इ मेरो मन
हराउँछु म हरेक दिन स्वप्नगग्नमा
कपटछल छैइन केही मेरो यो मनमा
क्या मीठा छन् सपना मेरा –यूगीन सपना
फूलझैं फुल्ने आँखामा खेल्ने यूगीन सपना

केही मुक्तक

केही मुक्तक
भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर

हुनेका सुना भित्ता छन्
नहुनेका घरवार रित्ता छन्
गजवको छ चलन यहाँ
मानिस मानिसका कित्ता छन् ।

यो धर्ती आकाश एक हो सब
‘मानवता हो ठूलो’ भन्छ मानव
साँच्चै छ भने यहाँ मानवता
आखिर किन विभाजित छ यो भव ?

के छ र आफ्नो जीन्दगी सारा बाटो भयो
मनको आँखा उघारि हेर खोटो भयो
किन काँडा नै काँडा नुबिझुन यहाँ
जीन्दगीको यो यात्रा अलि छोटो भयो ।

तीन मुक्तक

तीन मुक्तक

भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर

अधिकारीवादी कर्तव्य भुले
सिउँडी पूmलझैं नेता फुले
पदका लोभी भएर होला
गल्ली पिच्छे पार्टी खुले

जनता ठगी गर्न ऐश
नेता आए बुद्धको भेष
चलखेल चलाउँदै
भद्रगोल बनाए देश

दुई दुनी चार, चार दुनी आठ
भ्रष्टाचार गर्नु हुन्न नेताको पाठ
भ्रष्टाचार नहुने भए, हाम्रा नेताको
हेर, वर्ष दिनमा यिनको ठाँट

केही हाइकु

प्यास मनको
बगरको छ बाटो
एक्लो म यात्री

कालो त्यो छिद्र
सलबलाएको छ
गोमन सर्प

हाम्रो संस्कार
निमन्त्रणा भोजको
ढोकामा ताल्चा

शान्ति सन्देश
पृथ्वी नै हल्लाउने
वमको त्रास

देश गरिब
अनौठो नीति
नेता अमिर

Yagya Raj Joshi

केही मुक्तक

केही मुक्तक

केही माद त्यो तिम्रो लजाइमा
केही माद त्यो तिम्रो हसाइमा
त्यो माद पिई लठ्ठ भए म
केही माद् त्यो तिम्रो हेराइमा ।

चियायौ के यो दिल भित्र
कोरियो केवल तिम्रो चित्र
सोचें वर्णन गर्छु त्यसलाई
झनझन लाग्यो त्यो विचित्र ।

पाउदेखि शिरसम्म
रत्न मणी छ टम्म
आहा ! क्या मीठो बासना
त्यही त छ गम्म ।

तिमीले रिसाए, फकाउँछु म
तिमीले रुवाए, हसाउछु म
यसै गरी सधैं भरि, जुनीभरी
तिमीलाई मायाले सताउँछु म ।

यो झरी झर्नुको कुनै अर्थ छैन
यो खोला बग्नुको कुनै अर्थ छैन
के अर्थ लगाउ यो ढुङ्गामाटोको
यो जीन्दगीको त यहाँ कुनै अर्थ छैन ।

केही मुक्तक (कसैलाई मासुभात)

कसैलाई मासुभात कसैलाई नून
कोही छन् नाङ्गा कसैको जीउभरि सुन
माया, ममता, स्नेह भन्नलाई मात्र हो
ढुङ्गो पग्लिएला छैन मान्छेलाई गुन ।

मान्छेबाटै मान्छकै लागि अनेक जाल रचिन्छ
दुई पैसा झर्छ भने शिरदेखि पाउसम्म घसिन्छ
जति थुपारे नि नपुग्ने भो अब धनको राश
हेर, जमाना आयो कस्तो यहाँ आमाको दुध बेचिन्छ ।