Skip to content

Bhawana Kshitij

ढुङ्गाे हाे कि मन तिम्राे

ढुङ्गो हो कि मन तिम्रो, बुझ्दैन भावना यो मनका
देखाऊँ कसरी भन माया सपना मेरा यी नयनका
ढुङ्गो हो कि मन तिम्रो….

म माग्ने छैन सुख नै सुख, दुखमै बाँचौंला
कति झर्लान पिएर आँशु एक छिन हाँसौंला
गोरेटोभरि काँडा नै काँडा मेरो यो जीवनका
छ बिन्ती मेरो बुझ न भावना प्रिय यो मेरो मनका
गोरेटोभरि काँडा नै काँडा ..

मन मेराे रूदा

मन मेराे रूदा तिम्लाई नि दुख्छ
सम्झेर ती पल मुटु मेराे रूक्छ
धर्ति फाटे जस्ताे लाग्छ मन याे फाटी छिया छिया हुँदा
रै छाै निठुरि अाशु पुछिदिन्छ कसले मन याे रूदा
जता हेरू क्षितिज भरि तिम्लाई देख्छु
चाैतारिकाे भित्ताभरि तिम्रै नाउ लेख्छु
लाग्छ तिमी अाए जस्तै हेर्छन मेरा यी अाखाहरू
साउने भेल झै अझै कति रूने हुन मेरा यी अाखाहरू
कसम खान्थ्याे तिम्ले चाेखाे माया तिम्लाई
तिमिसगै डुल्छु भन्थ्याै न छाेड्नु मलाई
बिस्रेकाे छैन अझै टेकि हिन्छु तिम्रा ती पाइलाहरू
थाहा छैन डाेर्याउने हुन कहाँ तिम्रा यी पाइलाहरू
बिर्सेर हाे कि अझै याे मुटु श्वास फेर्छ
मान्दैन मन याे अझै तिम्रै बाटाे हेर्छ

छ मुक्तक (मान्छेबाटै मान्छकै लागि)

मान्छेबाटै मान्छकै लागि अनेक जाल रचिन्छ
दुई पैसा झर्छ भने शिरदेखि पाउसम्म घसिन्छ
जति थुपारे नि नपुग्ने भो अब धनको राश
हेर, जमाना आयो कस्तो यहाँ आमाको दुध बेचिन्छ ।

हामी हौं नेपाली (झ्याउरे गीत)

जात र धर्म समान सबै के हिन्दू इसाई
छ सानो छानो मिलेर बसौं को छ र पराई ?

कुरान–वेद–त्रिपिटक् सारा ज्ञानका ती ज्योति
गौतम –महा–जिसिस–गुरु विश्वका यी मोती ।

आमा (लघु कथा)

उमेरै त्यस्तो थियो, राम्रो भनेपनि नराम्रो बुझ्ने, सही बाटो देखाए पनि गलत देख्ने । यो समस्या नीतिनको मात्र होइन, यो उमेर समूहका सबैको हो । यो कुरा नीतिनकी आमा सावित्रीले पनि बुझेकी थिइन ।

पछिल्लो समयमा नीतिनमा निकै परिवर्तन देखेर आमा चिन्तित थिइन् । केही गरी सत्मार्गमा आउछ कि भनेर अनेक प्रयत्न गर्थिन् । तर छोराको बानीव्यहोरा झन झन बिग्रद्रै गयो ।

रिसको ज्वाला (लघु कथा)

साम्यको साटो विवाद चर्किदै गयो । चारै भाइमा निकै चर्काचर्की चल्यो । आमाले शान्त पार्न खोजिन् तर त्यो रिसको ज्वाला न आमाको दुधले निभाउन सक्यो न आँशुले । भाइहरू लड्दै गए, आमा रुदै…

‘यो घराँ नि मेरो उत्तिकै अधिकार छ, जति तिम्हरको, मैले किन छोड्ने ?’ कान्छाको अडान थियो ।

योग्यता (लघु कथा)

योग्यता (लघु कथा)

भावना क्षितिज

कार्यकर्ताको तालीको गडगडाहटसंगै नेताजीको आवाज चर्किदै गयो,
‘…भ्रष्टारको अन्त्य म एक्लैले गर्न सक्दिन्, यसका लागि तपाई हामी सबैले हातेमालो गर्नुपर्छ । नातावाद कृपावाद हाम्रो मुख्य समस्या हो । नातावाद कृपावादले नै अहिले देश जरजरबरबरको अवस्थामा पुगेको छ, यसको अन्त्य गर्नु हामी सबैको दायित्व हो । आदरणीय जनसमुदाय, ‘राम्रो भन्दा हाम्रो’ भन्ने प्रवृत्तिले नै योग्य जनशक्ति खेर गइरहेको छ, यसको अन्त्यको लागि कडा भन्दा कडा कानून ल्याउनु पर्छ, त्यस्तालाई ठाउँको ठाउँ समात्नु पर्छ, झेल र नेलले ठोक्नु पर्छ ….’

ढोङ (लघु कथा)

मध्ये शहरको निकै कोलाहलपूर्ण वातावरणमा पनि सौम्य भई नित्यपूजा पाठ गरेको देख्दा ईष्र्या जाग्यो, ‘कति शान्त? एक छिन काट्न मुस्किल यो वातावारणमा पनि कति शान्त भई पूजापाठ ।’ मन होस् त यस्थो, मनमा लग्यो ।

झण्डै दुई घण्टाको नित्यपूजापछि बल्ल दर्शन भो ।

हामी

मान्दछु
भौतिक रूपमा हामीबीच समानता होला
तर वैचारिकतामा हामी भिन्न छौं
तिमी क्षेत्रीयता हेर्छौ,
म राष्ट्रियता हेर्छु–
तिमी राष्ट्रियता हेर्छौ

अप्रिल फुल

मेरो एउटे सपना थियो उनीसँग विवाह गरी जीवन यात्रा अगाडि बढाउने र मीठो कल्पना पनि थियो उनीसंगको दाम्पत्य जीवन सुखद वित्ने छ । म त्यसैको कल्पनामा हराएको थिए । मैले त जीसवनको हरेक ओकाली ओरालीमा उन्लाई नै देखेको थिए । उनलाई मैले हृदयमा सजाइसकेको थिए तर मलाई डर थियो कतै मेरो त्यो सप्ना अधुरै त रहने हैन ? उनको मीठा मीठा सप्नामा म रमाइरहेको थिए । मेरो हृदय दुख्न थाल्यो –मलाई डर लाग्न थाल्यो मैले त उनलाई हृदयको हरेका धड्कनमा सजाएको छु तर उन्लेपनि मलाई आफ्नो हृदयमा सजाएकी छिन ? मेरो अन्तरमनमा यही कुरा बिझन थाल्यो ।

दुई किनारा

दुई किनारा
न हामी एक अर्का विना बाँच्न सक्छौं
न हामी एक अर्कासँग मिल्न सक्छौं
किनकि
हामी एक खोलाका दुई किनारा हौं
जो सधैसँगै निरन्तर बगिरहन्छन्
तर एकअर्कालाई भेट्न सक्दैन्–

मेरी बहिनी रमा

अस्ताइरहेका सूर्यका किरणसँगै छिटो छिटो गतिमा आ–आफनो गन्तव्यमा पुग्न सबै आतुर थिए । म पनि त्यही गतिमा जाँदै थिए, कसैको आवाज सुनियो, ‘सुन्नुस त ?’

कुनै अपरिचित युवतीको आवाज थियो ।

‘हजूर !’

चार मुक्तक (धारै नभए तरवार पो किन चाहियो)

सहमति खोज्न होटल अनि रेष्टुरेन्ट धाऊ
भोलि मिल्छ मिल्दैन आऊ आज मिलेर खाऊ
किन लिने व्यर्थमा पीर नो टेन्सन यार
हामीलाई के मतलब डुबे डुबोस थोत्रो यो नाऊ ।

BhabanaKshitiz

चिनो

यो झरी रुक्ला र म जाउला भन्ने आशामा ती युवक व्याकुल भई झरी रुक्ने समय पर्खी बसेको थिए । तर झरी रोकिने कुनै ठेगान थिएन । झन झन गज्रेर बादलहरू जलसागर बटुल्दै छिटो छिटो गतिमा दैडिरहेका थिए । र ती युवकको व्याकुलता पनि बादलको गतिसँगै दैडिदै थियो । उनको ब्याकुलता म झयालबाट हेर्दे थिए । नयनहरू सके यता नाच्दै थिए, सके उता । नयनलाई एक ठाउमा थाम्न सकेका थिएन । उनले त्यो देहलाई त्या राखे पनि उनको मन भने त्यहाँ थिएन । गनतब्यतिर जादै छ जस्तो लाग्थ्यो, उनको चञ्चता देखेर ।

कुरा चार भित्ताका

धेरै पटक मैले यो घटना बिर्सन खोजें तर नामेट गरी मेरो सम्झनामा आइरहन्छ र बारम्बार मलाई घोचिरहन्छ, दुखिरहन्छ ।

जब मनमा कुनै कुरा बिझ्नथाल्छ तव त्यो विझाइ कम गर्न यो कलमको सहाराले केही रुप दिन थाल्छु र आफ्नो दुखाइ त्यसमा भर्ने गर्छु । यो घटनालाई पनि त्यस्तै गरी बिसाउन खोजें तर फेरि डर लाग्न लाथ्यो, तपाईहरूले के भन्नुहुन्छ ? के सोच्नुहुन्छ ? त्यसैले धेरै दिन चलाइसकेको कलम रोकें तर आज रोक्न सकिरहेको छैन । त्यो दुखाइको पीडा असह्य हुदैछ, त्यसैले एउटा सादर निवेदन साथ म त्यो दुखाई कलमको माध्यमले शव्दाकारमा पठाउदै छु, मेरो कथा बुझिदिनु, यो कथा पढेर बिर्सिदिनु ।

बुहार्तन

सदाझँै आज पनि सासूमण्डलीको बैठक आरम्भ भयो । सबै सदस्य आइसकेका थिएनन् । तैपनि उपस्थितहरूले नै कुरा अगाडि चलाई हाले । सधै बुहारीकै कुरा काट्नेहरूले सदस्यहरू अनुपस्थित भएकै मौका छोपेर उपस्थित सदस्यहरूले उनीहरूका बारेमा भन्ने मौका पनि पाए । जोजो सदस्यहरू ढिलो पुगे उनका बारेमा त धित मरुन्जेल नै कुरा काट्न पाए तर अलि छिटोछिटो आउनेहरूका कुरा भने बीचैमा रोक्नु पर्यो, उनीहरूका बारेमा आज भन्न नपाए पनि के भो र ? अरू दिन कुरा काटिएकै हुन् । यो त यो सासूमन्डलीको विशेषता नै हो ।

सबै सदस्य आइपुगे । तर सभापति, औपचारिक रूपमा त्यो मण्डलीले उनलाई सभापति चयन नगरेको भएपनि त्यो मण्डलीमा उनको रवाफ कुनै सभापतिभन्दा कम्ति छैन, भट्टेनीको भने आज पनि ढिलो नै भयो । उसो त यो उनको बानी नै हो ।