यूगीन सपना


मनभित्रको माया मनमै राख्न नसकेपछि एक दिन राज आफ्ना मनका सबै कुरा अञ्जुलाई सुनाउछ र उनीसंग माया माग्छ

राजः
कोपिला हुँ म निश्चल स्वच्छ छ नि मेरो मन
सप्नामा तिम्रै डुबेको हुन्छ सध्इ मेरो मन
हराउँछु म हरेक दिन स्वप्नगग्नमा
कपटछल छैइन केही मेरो यो मनमा
क्या मीठा छन् सपना मेरा –यूगीन सपना
फूलझैं फुल्ने आँखामा खेल्ने यूगीन सपना
वरषा पछि सुन्दर स्वच्छ गगन त्यो जस्तो
निर्लिप्त छन सपना मेरा खहरे त्यो जस्तो
दुनियाँ सारा निद्रामा हुन्छ – म चाहिँ गगन्मा
स्वर्गका दीप बलेका हुन्छन् मेरै यो आगन्मा
सुनौला दिन –सुनौला रात मेरो जीव्नमा
हे मेरी प्यारी बसेछौं जब तिमीनै मनमा
छ पूmलवारी सुन्दर मेरो मेरा यी नयन्मा
कोपिला प्यारो सुभाष मीठो फुलेको पूmलमा
पाउँछ खुसी हजारौँ हजार् यो मेरो दिलले
भमरा बनी चुमूँ ती फूल भन्दछ मनले
जाऊ की प्यारी म चुम्नलाई शुभाष छरेर
लाग्दछ मन चुमूँ ती पूmल भमरा बनेर †
देउन साथ मायालु बनी गाउछु गीत म
बसन छेउ मायालु तिमी लाउछु प्रीत म
झुक्लेको घाम बोक्दैछ प्यारी सुनौलो बिहानी
सुरिलो भाका सुनन तिमी मायाको कहानी
ती चराहरु गाउ“दैछन सुरिलो यो गीत
कोपिलाहरु मुस्कुराए नि सुनेर यो गीत
सुरिलो गित यो मीठो भाका मपनि गाउछु
यी वनपाखा यी चरासंग म प्रीत लाउछु
यो मेरो गीत सुनेर यस्तै रम्नेछन् यी तारा
धर्तीमा झार्छु सुनाई गीत जुन र ती तारा
उचालि युग एउटा मीठो म गीत गाउछु
यी चरा फूल सव्जीवसंग म प्रीत लाउछु

सबैले सुन्ने भाका होस्. मेरो एउटा मधुर
देओस साथ कोइली मेरो नाचून मजूर
त्यो रातोरानी शुभाष झर्छ बेलुकी पखमा
गुलाव हेर कसरी फुल्छ काँडाको माझमा
मपनि फुल्छु गुलाव जस्तै काँडाको माझमा
मपनि छर्छु शुभाष मीठो तिम्रो त्यो काखमा
हेरन प्यारी संसार सारा कति छ सुन्दर
अवनि यस्तो बनायो कस्ले खै यति सुन्दर !

हेरन प्यारी सुन्दर कति हिमालमाला यो
हेरन प्यारी सुन्दर कति पर्वतमाला यो
हेरन प्यारी मिलेको कस्तो उकाली ओराली
पहाड चूली मुस्कुराएको आकाश उचाली
बगेको खोला झरेको झर्ना क्या मीठो संगीत
वन र पाखा गुञ्जिन्छ प्यारी माधुर्य संगीत
कही छन् नदी कही छन् ताल सागर विशाल
यसैको शोभा यो मरभुमी अनि यो जंगल
किन हो प्यारी यी काडापनि देख्दैछु सुन्दर
भएनि काँडा हेरन प्यारी कति छ सुन्दर !
मन यो छोई क्या मीठो भाका कोइली गाउछे
अध्यारो चिर्दै बालेर दीप चन्द्रमा छाउँछे
हेरन प्यारी बाटिकाभरि फुलेका ती फूल
यही नै माटो रहेछ प्यारी जीवनको मूल
लाखौं ती तारा चम्केका भई गहना गगन्का
सत्य नै हो कि याँ हुन स्वप्न मेरा यी नयनका
प्रकृतिको हो सुन्दर सृष्टि संसार हाम्रो यो
सुन्दर अझ बनाउ प्यारी घर हो हाम्रो यो

कोपिला हुँ म सपना प्यारी देखेको ठूला है
देखेका सारा सपना प्यारी हुँदैनन् पूरा है
मान्छेको मन तैपनि देख्छ हजारौं सपना
हरेक निशा देखेको हुन्छु यूगीन सपना
सपना बोकी हिंडेको हुन्छु गोरेटो आफनो
खोलाझै बगी निर्लिप्त भई सुरमा आफनो
गाएको हन्छु यो मीठो भाका आफनै लहर
सपना बोकी हराउछु म कल्पना संसार

देखेको छु नि हे मेरी प्यारी यूगीन सपना
चुम्ने त्यो निलो आकास प्यारी हो मेरो सपना
एउटै छ नि सपना मेरो जित्ने यो संसार
एउटै छ नि युगीन सप्ना चुम्ने त्यो सगर
ती जून तारा टिपेर प्यारी झार्नेछु धर्तीमा
ती जूनतारा सजाइदिन्छु तिम्रो त्यो निधार्मा
एउटै छ नि यूगीन सप्ना चुम्ने त्यो आकास
थाहा छ प्यारी आसान छैन चुम्नु त्यो आकास
लड्नेछु प्यारी समर यो म मरेर गए नि
विजयोत्सव मनौछु प्यारी हारेर गए नि
लड्नेछु प्यारी समर यो म रहेसम सास
नमार आश हे मेरी प्यारी ठूलो हो यो आश
जसरी सबै रमाउछन त्यो जून हेरेर
जसरी सबै शिरमा राख्छन् फुल्लाई टिपेर
चाहन्छु बन्न म यौटा त्यस्तै फूल सुकोमल
हे मेरी प्यारी चाहन्छु बन्न गंगाको म जल

डोरिदै जाँदा जीवन्को यहाँ बाटोमा यो मैले
खै कुन बेला दिलमा बास लिएछौ तिमीले
त्यो तिम्रो एक मुस्कानले नै तान्यो नि मलाई
खै कुन बेला सजाएँ मैले दिलमा तिम्लाई
हेरन प्यारी यो छाती भित्र तिमी छौ बसेकी
झल्मल्ल पारी यो छाती भरी जूनझै हाँसेकी
क्या मीठो बास्ना सुभाष छरी गुलाव्झै फुलेकी
हसिलो रुप वृष्टिपछिको आकाशझै खुलेकी
कसरी पायौं सुन्दर यति मुहार तिमीले
हाँसेझै चन्द्र फुलेझै फूल मुहार तिमीले
छैन नि कुनै त्यसमा दाग त्यो चन्द्र मुहार
नलाऊ तिमी घायल पार्न नशालु नजर
त्यो तिम्रो एक मुस्कानले नै के ग¥यो मलाई
हेरे नि जहाँ देख्छु म प्यारी केवल तिम्लाई
हरेक पल अचेल तिम्रै आउँछ त्यो याद
जून र तारा हेरे मैले बितौछु रात

थाहा छ प्यारी हुदैनन् पूरा देखेका सपना
तैपनि प्यारी देखेको हु नि यूगीन सपना
फूल त कोही लेखेरै भाग्य शिरमा सजिन्छन्
फूल त को पाइतलामै यहाँ त कुल्चिन्छन्
कोपिला सबै नपाई फुल्न त्यसइ झर्छन
भाग्य चै कस्तो नखेल्न सक्दै बाटोमा झर्छन
सपना तर देखेको हुन्छ फुलि नै रहने
त्यसरी सधै हाँसिरहने फुलि नैरहने
तर त्यो यौटा सपना मात्र यूगीन सपना
नदेख्ने सप्ना को छ र यहाँ यूगीन सपना
देखेरै सप्ना ब्युझन्छ रवी हरेक विहान
सपना उस्को उज्यालो छर्ने हरेक बिहान

टुटेका सारा अंगाली सप्ना हाँस्नु नै पर्दछ
आँधी र हूरी जे भएपनि हिड्नु नै पर्दछ
यही हो सार जीवनको यो बाँच्नु नै पर्दछ
दुख नै दुख नमिलोस किन हाँस्नु नै पर्दछ
मान्छेको सप्ना जीवन सुखी दुखी छ संसार
मीठो छ सप्ना आशा छ एक निराशा हजार
नियति कस्तो जीवन छोटो यात्रा छ टाढाको
यूगीन सप्ना अप्ठेरो साथी बाटो छ काडाको
मनमा बाली एउटा आशा अघि त बढ्नुछ
अड्चन बाधा जति नै आए जीवन धान्नु छ
था छैन प्यारी ती मेरा सप्ना के हुन्छन् मलाई
हुनेछन् पूरा या त्यसै तिनी जानेछन् विलाई
तैपनि प्यारी देखेको छु नि यूगीन सपना
दिनु है साथ सफल पार्न यूगीन सपना

बसेका हुन्छन् पिपलवर सधई सङ्गइ
त्यस्तो नै होला हाम्रो यो जोडी सधई सङ्गइ
म सजाउछु तिम्लाई प्यारी मेरो यो दिलमा
म माया यति दिनेछु प्यारी हुनेछ लाखमा

यो माया देखी स्वर्गका परी गाउलान गीत
मानेर डाह अप्सराहरु लाउलान प्रीत
मलाईं सत्य तिमी नै हो नि स्वर्गकी त्यो परी
पाउँछु प्यारी म मेरो स्वर्ग तिम्रो नै दिल्भरी

खुल्दछ प्यारी संसार मेरो तिम्रो त्यो दिलबाट
चल्दछ प्यारी जीवन मेरो तिम्रो त्यो दिलबाट
धड्कन मेरो, जीवन मेरो तिमी नै हौँ प्यारी
अरु त छोड संसार मेरो तिमी नै हौं प्यारी
हिंडेको छु म बोकेर प्यारी यूगीन सपना
बाटोमा अघि हिड्नुछ मैले तिम्रो नै साहारा
मलाई साथ दिनु है प्यारी अप्ठेरो यो बाटो
म एक्लो हिड्न सक्दिन प्यारी काँडाको यो बाटो
हे मेरी प्यारी मलाई तिमी दिनु है त्यो माया
हे मेरी प्यारी मलाई दिनु शितल त्यो छाया
तिम्रो नै साथ पाएर प्यारी चुम्नेछु जून्तारा
दिउला प्यारी तिम्लाई मैले जीवन यो सारा
देउन तिमी हे मेरी प्यारी त्यो माया मलाई
मायाको साटो दिउला प्यारी जीवन तिम्लाई

राजका कुरा सुनेपछि अञ्जु आफ्नो माया लुकाउन सक्दिन्न र त्यसपछि राजसंग हरेक सुखदुखमा साथ दिने वाचा गर्छिन

अञ्जु
आँखामा मेरो बसिरहने एउटा मान्छे छ
जस्लाई मेरो आफु नि भन्दा धेरइ माया छ
ह्दयमा मेरो रजाई गर्ने एउटा मान्छे छ
जस्लाई मेरो आफु नि भन्दा धेरइ माया छ
सप्नामा मेरो आइरहने एउटा मान्छे छ
जस्लाई मेरो यो तनमन सबइ अर्पण छ
यो मुटु दिई लाएको माया मेरो हो जीवन
उनी नै संग मर्न र बाँच्न पाऊ भन्छ मन
यो छाती भरी उन्लाई सके सजाउथें मैले
दिलमा उन्को पाए त ठाउ बास बस्थे मैले
आँखामा मेरो बसिरहने तस्वीर तिम्रै हो
जस्लाई माया म यति गर्छु त्यो तिमी नै हो
तिम्रो त्यो न्यानो अंगालोमा नै झुल्न पाए हुन्थ्यो
संसार दुखी मायामा तिम्रै भुल्न पाए हुन्थ्यो

राज
आँखामा तिम्रा सपना मेरा रहेछन् मायालु
दिलमा तिम्रो माया नि मेरो रहेछ मायालु
दिलमा तिम्रो थियो त माया किन लुकाएकि ?
म माया गर्छु तिम्लाई भन्न किन डराएकी ?
जीवनभरि माया यो यस्तै मलाई दिनु है
हरेक मेरो सुख र दुख त्यो साथ दिनु है
यो जिन्दगानी तिम्लाई मैले दिउला मायालु
तिम्रो त्यो माया मलाई मात्र दिनु है मायालु

अञ्जु
छैनन अरु सपना केही गर्नलाई मैले
यो जूनीभरी त्यो तिम्रो चोखो माया पाउ मैले
चाहिदैन नि जून र तारा त्यो स्वर्ग मलाई
चाहिन्छ तिम्रो त्यो माया मात्रै दिनु है मलाई
मायामा तिम्रो रमाइ बस्ने रहर छ मेरो
मायामा तिम्रो हराई बस्ने सपना छ मेरो
अंगाल प्यारा मलाई तिमी अंगाल हे प्यारा
सम्भाल प्यारा मलाई तिमी सम्भाल हे प्यारा
बाँधिन देऊ मलाई आज तिम्रो त्यो बाहुमा
साँधिन देउ मलाई आज तिम्रो त्यो छातीमा
त्यो ह्दय भित्र लुकाऊ प्यारा टिपेर मलाई
त्यो छातीभरि सजाउ प्यारा टिपेर मलाई

बाँचन पाऊ म मर्न पाऊ तिम्रो नै साथमा
खुसीले तिम्रै सजियोस् घर मेरो यो साथमा
मनमा तिम्रो म पाऊँ बास जुनीजुनीलाई
त्यो तिम्रो माया म पाऊ प्यारा जुनीजुनीलाई

सुखमा तिम्रो हजारौं हाँसो म हाँसिदिनेछु
दुखमा तिम्रो झरेका आँशु मै पुछिदिनेछु

नयन तिम्रा ती रसाउँदा मै रोइदिउला
तिम्लाई सुख मिल्दछ भने मै मरिजाउला

हरेक तिम्रो सुख र दुख म साथ दिनेछु
तिम्रो नै छाया भएर सधैं म साथ हुनेछु

म माग्ने छैन सुन र चाँदि कहिले तिम्लाई
मायाकी भौकी त्यो माया सारा दिनु है मलाई
त्यो मेरो धन दिएको तिम्ले एक् चिम्टीसिन्दुर
तिमी हों प्यारा गहना मेरो जीवन संसार

देखेकि छैन महलसिसा स्वर्गीय सपना
हरेक पल देखिेकि छु नि तिम्रा नै सपना
हुनेछौ जहाँ हे प्यारा तिमी म त्यही हुनेछु
जुन्बाटो तिमी डिड्नेछौ सधैं त्यो बाटो हुनेछु
बाँचौला प्यारा संगैका भई पीपल र वर
हुनेछौं जहाँ दुबई हामी त्यही त हो घर
पसिनाधारा बगाई दुई छाक ती टारौंला
एउटा गास भए नि हामी त्यो दुवै बाँटौला
महल सिसा चाहियो किन जिवन् बिताउन
सुख र दुख जे होस् जीवन अघि बढाउन
नसके के भो तयार गर्न सिसाको महल
मायाले हाम्रो झोपडी होला सिसाकै महल
हरेक तिम्रो सुख र दुख दिनेछु म साथ
नसोच्नु एक्लो कहिले पनि हुनेछु म साथ

राज
हुनेछ हाम्रो मायाको जोडी वर र पिप्लझै
हुनेछौ सधैं संग नै हामी वर र पिप्लझै
म तिमीबाट कहिलेपनि टाढा चैं हुँदैन
जीवनभरि बिझुन काँडा म भुल्न सक्दैन
भाग्यमा हाम्रो कति नै दुख होला नि लेखेको
म सारा दुख सहेर बस्छु भाग्यमा लेखेको

अञ्जु
तिम्लाई छोडी त्यो मेरो खुसी कहाँ पो होला र
मलाई यति माया च्यै भन कसले देला र ?

ती ठूला ठूला महल सिसा हेर्नलाई मात्र
मिल्दछ खुसी धनले भन्नु भन्नलाई मात्र

म भन्ने छैन कहिलेपनि ल्याउन गहना
तिमीनै हो नि मेरा लागि त अन्मोल गहना
के गर्नु प्यारा सुनले ? व्यर्थ जाने हो खिएर
तिम्रो त्यो माया रहनेछ नि जीवनर यो भर

राज
मनमा बस्यौं बनेर तिमी दिलको धड्कन
तिमी हों प्यारी संसार मेरो तिमी नै जीवन
खुसीमा तिम्रो हाँसेको हुन्छु दुखमा रोएको
सक्दिन देख्न नयन ती मा यी आँशु झरेको
फुल्दछ फूल उड्दछ चरी आएर फन्फनी
न लिनु पीर कहिले तिमी हास्नु है संगिनी
त्यो तिम्रो हाँसो मुस्कान मैले हेर्न पाऊ सधैं
नलिनु पीर कहिले पनि रमाउनु सधैं

राजका कुरामा अञ्जु शंका गर्छिन र भोलि कतै धोका दिएर त जाँदैनौ किन भनेर आफ्नो शंका व्यक्त गर्छिन

अञ्जु
तिमीले कतै मलाई धोका दिएछौ भने त
मलाई बिर्सी छोडेर तिमी गएछौं भने त
गरुला म के ? जाउला कहाँ बाँचुला कसरी
नछोड्नु प्यारा अकेली कैले मलाई त्यसरी

राज
जीवन्का मेरा हरेक मोड्मा तिम्लाई खोज्दछु
हजारौ मान्छे भए नि भीड्मा तिम्लाई रोज्दछु
मलाई तिमी यसरी सम्झी दिलमा राखनु
दिलको तिम्रो त्यो धड्कनमा मलाई राखनु
दिउला साथ जीवनभर हे माया तिम्लाई
त्यो चोखो माया केवल दिनु मायालु मलाई

आउला खोज्दै म तिमीलाई त्यो तिम्रो घरमा
आउँला माग्न म तिमीलाई त्यो माइतघर्मा
मलाई कुरी बस है माया मनमा ली हर्ष
आउछु पक्कै कुरेर बस्नु दुईचार वर्ष
न लेउ पीर न लेऊ पीर हुनेछैन धोका
नलेऊ पीर मायालु तिमी दिनेछैन धोका
लग्थें म माया अैले नै साथ बाध्यता भोग्दैछ
नगर शंका मायालु तिमी विश्वास दिदैछु
तिम्लाई साथ लिएर माया चढ्नुछ शिखर
मायामा मेरो मायालु तिमी शन्देह नगर
गर्नुछ पूरा मायालु मैले यूगीन सपना
तिमी नै हौं नि मायालु मेरो यूगीन सपना
नलेऊ पीर मायालु तिमी चाँडै नै आउँला
मायालु तिमी जीवन मेरो मुटुमा राखुला

सुकेर जाला सागर बरु यो माया सुक्दैन
मरेर जाला जीवन बरु यो माया मर्दैन

होइन प्यारी यो माया मेरो दुईचार दिन्को
यो माया मेरो दिए नि मैले जीवनभर्को

अञ्जु
शंका त छैन मायामा तिम्रो मायालु मलाई
तैपनि किन डर छ माया यो मेरोे मन्लाई
हुने हो के के ? डर छ माया हाम्रो यो जीवन्मा
विश्वास छ है हे मेरो प्यारा तिम्रो त्यो मायामा

सजिलै त्यति टुटेर जान्न मायाको यो डोरी
तिम्लाई बाँध्न थोप्नेछु मैले मायाको यो डोरी
तिमीले टाढा खोजे नि जान छोडेर मलाई
ल्याउछ यतै मायाले मेरो तानेर तिम्लाई

राज
आउछु म च्यैं तिम्लाई लिन तिम्रो गाउँघर
म तिमीलाई लग्नेछु माया भनेर सिन्दुर
आउछु पक्कै तिम्लाई लिन तिम्रो दलानमा
मागेर तिम्रो त्यो हात प्यारी लैजान घरान्मा

मलाई पर्खी बस है माया चाडै नै आउछु
भरेर तिम्रो सिउदो खाली मायाले लैजान्छु
अहिले नै म आउथें प्यारी लिन म तिम्लाई
विवश छु म दुईचार् वर्ष पर्ख है मलाई

माया म आफै आउछु नि है मागन त्यो हात
बादलपारी जूनको देश लगन त्यो साथ
ती ताराहरु शिरमा तिम्रो सजाइदिनेछु
म तिमीलाई यो छातीभित्र लुकाइदिनेछु
त्यो तिम्रो दुख मागेर सबै सुख म दिनेछु
त्यो तिम्रो सुख हेरेर मात्रै हाँसि म दिनेछु
मलाई पर्खी बस है माया चाँडो नै आउछु
अटुट मेरो यो माया सारा तिम्लाई दिनेछु

नझार आँशु मोतिका दाना जाँदैछन् ती खेर
हुँदैन ढिलो आउछु चाँडै नलिनु है पीर
आउने बाटो हेरेर बस म लिन आउछु
त्यो चन्द्र जस्तै छातीमा प्यारी तिम्लाई पाउछु

न ढल्दै तारा विहानी पख रवी नछाउँदै
आउछु म च्यैं हे मेरी माया तिम्लाई सम्झदै
यी ताराहरु गनेर बस खुला छ आकाश
न देख्दा प्यारी त्यो चन्द्रलाई नहुनु निराश
बादलपारी क्षितिजभरी बस्दछ लुकेर
दुनियाँबाट भएनि टाढा खेल्दछ हाँसेर

अञ्जु
सन्देह छैन मायामा हाम्रो थोरै नै मलाई
सन्देह छैन लाग्दैछ किन डर च्यैं मलाई

अनेकथरि खेल्दछ करा हुने हो के भोलि
डर छ प्यारा मनमा मेरो हुने हो के भोलि

आँखामा तिम्रै सपना छन् जीवनभरिका
मनमा कुरा खेल्दछन् किन अनेकथरिका
कहिले आशा कहिले फेरि मायालु निराशा
त्यसमा झन बिझ्दछन् कैले सखीका ती भाषा
कहिले दिन्छन् हौसला तिनी मेरो साथ हुँदा
फेरिन्छ किन मन यो मेरो भनन् साँझ हुँदा
कहिले डर बाआमाले नै इनकार गरे
कहिले डर भावीले हाम्रो मिलनै नगरे

राज
साँधन प्यारी त्यो मन तिम्रो नसोच अनेक
घाम र छाया भएर बित्छ यो हाम्रो निमक
बाहेक तिमी म अरुलाई राख्दिन दिलमा
ऋतु नै जस्तो यो माया मेरो फेरिन्न छिनमा
खहरेजस्तै यो माया मेरो सेकेर जान्न नि
नमान डर मायालु तिमी धोका म दिन्न नि
चिम्लेर आँखा विश्वास गर हे प्यारी ममाथि
तिम्लाई मात्रै रोज्नेछु प्यारी जीवन म साथी
बाहेक तिमी म अरुलाई हेर्दैन हे प्यारी
गर्नछु माया तिम्लाई मात्रै यो जीवन भरी
लाएको हैन पिरती मैले एकचोटिलाई
यो मेरो माया दिएनि मैले जूनीजूनीलाई

तिम्लाई साथ लिएर प्यारी मइले जीवन्मा
लड्नुछ मैले जित्नुछ मैले जीवनसमर्मा
तिम्रो नै साथ पाएर प्यारी मइले संसारमा
बाँचनु छ मैले जित्नु छ मैले जीवनसमर्मा
चाहन्छु फुल्न मपनि प्यारी गुलाव त्यो जस्तै
हेरुन सबै मलाईपनि चन्द्रमा त्यो जस्तै

नयन तिम्रा ती रसाउँदा यो मन दुख्छ नि
तिम्लाई मैले दिउला दुख ? यो मन दुख्छ नि
तिम्लाई दुख दिएर प्यारी कसरी हाँसुला
मेरो यो मन तिमी नै भन कसरी बाँचुला

जीवनको त्यस्तो मोडमा तिम्ले साथ च्यैं दियौ नि
मोडमा जहाँ रोएको थिए टुटेको थिए नि
अप्ठेरो मोड्मा दियौं नि साथ तिमीले मलाई
कसरी भुल्न सकुला मैले भनन तिम्लाई ?

मायालु मैले साथ त्यो तिम्रो नपाएको भए
मायालु तिम्ले हात त्यो तिम्रो नदिएको भए
सत्य म विच बाटोमा नई हराएको हुन्थें
न फुल्नसक्दै कोपिलामा नै झरेको म हुन्थें
पाए नि साथ तिम्रो त्यो मैले म जिउनलाई
कसरी ढाट्न सकुला मैले मायालु तिम्लाई

राज र अञ्जुको प्रेमको बारेमा राजका आमाबुबा थाह पाउछन्

मनवीरः
नगाँस छोरा पिरती तिमी महलकी ती रानी
कठिन होला हे छोरा बुझ काटन परानी
बिक्रमलाई चिकेका छैनौं तिमीले अहिले
मानन कुरा बुझन बाबु बिक्रम पहिले

राजः
नदिनु थियो यो दिल मैले दिएछु हे बाबा
जे होला होला सहुला सबै हेरौला हे बाबा
थाह छ बाबा बिक्रम को हो ? त्यो सबै मलाई
निमुखाहरु तर्साइ राख्ने त्यही हो कसाई
पैशामा तौल्छ मानव उस्ले करोड छ धन
धनको धनि भएर के भो ? कुटिल छ मन ।

मनवीर
माया त गास्यौ ती अनुसंग टिक्दैन त्यो माया
बनेर काल तिम्लाई लिन्छ बिक्रमको छाया

बिर्सेर जाऊ हे बाबु तिमी महलकी रानी
बिर्सेर उनी हे बाबु तिमी बचाऊ परानी
छेक्ने छ छोरा यो माया तिम्रो धनका भित्ताले
टुट्नेछ छोरा गरिव धनी मान्छेका कित्ताले
झोपडीभित्र नदेख बाबु यूगिन सपना
सहन गाह्रो होला है छोरा देखेर विपना

राज
धनीका मात्रै हुँदैन्न पूरा यूगिन सपना
हुनेछन् पूरा एक्दिन मेरा यूगीन सपना

मनवीर
भत्केका छन् घरका भित्ता खुला छ आकाश
न गास राम्रो न आश हाम्रो भाग्य छ हताश

राज
दिन र रात संघर्ष गरी कमाउला धन
हात र खुट्टा करोड लाख गरिब नभन
ममा छ आँट सक्दछु बाबा दुई जीउ धान्न
पसिना धारा बगाई खान्छु जूठो चाही खान्न

मनवीर
बिक्रम कैले दिदैन बाबु ती छोरी तिम्लाई
जानेछ भने उसले बाबु राख्दैन हाम्लाई
घर र जग्गा बन्धक छ है उसैले राखेको
निकाली देला गाउनै बाट छइनौ जानेको

राज
धनका भित्ता सक्दैनन बाबा यो माया छेकन
तगारो बन्ने हुनेछन् बाध्य ती पाउ टेकन

शारदा
जोशिला छौ हैं अहिले बाबु जेपनि आँट्दछौं
सपना सारा हुदैन्न पूरा शुन्य नै भेट्दछौं
बुझ्दछु छोरा भावना तिम्रा मनको त्यो मर्म
चाहना सारा मनमा राख्नु गरिवको कर्म
नबढ अघि हे बाबु तिमी नदेख सपना
हुँदैन पूरा बुझ्न छोरा मायाको जपना

राज
लेखेको छ र हुँदैन देख्नु गरिव्ले सपना
हुँन्छन् र पूरा केवल यहाँ धनीका सपना
संघर्ष गरे बन्दछ यहाँ गरिव नै धनी
नसके गर्न संघर्ष बन्छ गरिब याँ धनी

मनवीर
मान्दछु छोरा ती कुरा तिम्रा ठूलो छ विचार
बाघको गुफा जादैछौ तिमी पु¥याउ विचार

राज
धनका कित्ता छेक्दछन् बाबा मानवतालाई
धनका भित्ता जन्मौछन् बाबा दानवतालाई
पुज्दछौ हामी मानेर द्योता धनवान मान्छे
गरिवलाई टेकेर बन्छ धनवान मान्छे

मायाप्रितिमा बाँधिएपछि अञ्जुका आमाबाबाले उनीहरुको माया अस्वीकार गरे के गर्छौ भनेर राज सोध्छ

राज
के गर्छाै प्यारी नाइ च्यैं भने बाबा र आमाले
खोजेर अर्काे विवाह गरे बाबा र आमाले
के गर्छाै प्यारी यो हाम्रो माया बुझिनै नदिए
भनन प्यारी यो हाम्रो माया नकारिनै दिए
डर छ प्यारी आउँदा माग्न नाइँ भन्ने हुन् कि
डर छ प्यारी खोजेर अर्काे विहे पो गर्छन् कि
भनन प्यारी त्यो बेला तिमी कसरी बुझाछौं
भनन प्यारी यो हाम्रो माया कसरी दखौंछौं

अञ्जु
नसोधी कसै यो दिल मैले दिए नि तिम्लाई
सोचेर अब हुने हो के के डर छ मलाई
कसरी भन्न सकुला प्यारा बाबाआमालाई
गर्ने हुन् के के थाह च्यैं भए बाबाआमालाई
मायामा तिम्रो हराइसके क्यै सोच्नै सक्दिन
थाहा छ यति म तिमी बिना बाच्न च्यै सक्दिन
कसरी भन्न सकुला प्यारा बाबाआमालाई
सोचेर अब हुने हो के के डर छ मलाई
रोज्नुनै परे मइले एक बाआमा या तिमी
रोजूला मैले कस्लाई प्यारा भनन क्यै तिमी
तिमी हौं मेरो जीवन प्यारा उनी जन्मदाता
तिमीनै संग यो नाता गास्दा टुट्ला नि त्यो नाता
न तिमीलाई भुल्न म सक्छु न उनी छोड्न नै
दोसाध कस्तो भाँसिए म त यो नाता जोड्न नै
सपना मेरो यी दुवै नाता नतोडी बाचने
जीवनभरी छायामा तिम्रै तिम्संगै बाचने
सुनन प्यारा सपना मेरो गर्नु नि त्यो पूरा
तिम्लाई मैले अर्पण गर्छु जिन्दगी यो सार

राज
नमान डर म छु नि प्यारी तिम्रो नै त्यो साथ
सपना तिम्रो हुनेछ पूरा म छु नि त्यो साथ
दिनु नि साथ नटुट्ने कैले गाँस्नेछु म नाता
नमान डर जनम घर्काे टुट्दैन त्यो नाता
तिम्लाई माग्न आउला प्यारी त्यो तिम्रो घरमा
तिम्लाई मागी ल्याउला प्यारी यो मेरो घरमा

अञ्जु
माग्न त तिमी आउनेछौं नि नाई भने बाले
कसरी मागी लैजाने हौं नि नाइ भने बाले
आउँदा माग्न नाईं चै भने बाबा र आमाले
म बाँच्ने छैन दिएर जानु जहर तिमीले

राज
नभन त्यसो कसरी मैले जहर दिउला
तिम्लाई केही भएछ भने म मरि जाउला
नगर्नु प्यारी अनर्थ त्यसो आएर आवेश्मा
हजारौं ठेश लाग्नेछन् प्यारी हरेक पलमा

बाँचिरहनु हाँसिरहनु सम्झेर मलाई
काडाको बाटो हिड्नेछु प्यारी सम्झेर तिम्लाई
दिन र रात गरेर एक बगौंछु पसिना
पसिनाले नै सजाउछु नि यूगीन सपना

म तिम्रा लागि हजारौं दुख सहन तयार् छु
पाउन तिमी हजारौं मृत्यु मर्न म तयार् छु
बनेको होला ढुंगाले कुन उनको त्यो मन
को होला त्यस्तो छोरीका आँशु नपुच्छने भन
हजार बिन्ती चढौछु मैले ती तिन्का पाउमा
त्यो ढुंगे मन पगाल्छु मैले आँशुका धारमा
यो हाम्रो माया देखौंछु मैले यो छाती चिरेर
कसो न गल्ला त्यो ढुंगे मन यो माया देखेर
कुरेर बस मायालु तिमी चाडो नै आउछु
सजाई बस आँगन तिमी जन्ती ली आउछु
म तिम्रा लागि ल्याउछु प्यारी एक्चिम्टी सिन्दुर
लग्नेछु साथ मायालु तिमी सिउदो भरेर

अञ्जु
आशामा तिम्रै बित्नेछ प्यारा दिनरात मेरो
तिम्रो नै बाटो हेरेर बस्छु माइतको सेरो
नगर्नू बेर आउनु चाडै लैजान मलाई
म बाँच्ने छैन भन्दिए मैले न पाए तिम्लाई
आशामा तिम्रै बाँच्नेछु प्यारा यही बाटो हेरी
लैजानु प्यारा मलाई साथ यो सिउदो भरी
काट्नेछु प्यारा जीवन सारा तिम्लाई हेरेर
सहन्छु मैले हरेक दुख तिम्लाई सम्झेर
माग्दिन अरु केवल दिनु त्यो माया मलाई
यो जिन्दगानी अर्पण गरे मैले च्यै तिम्लाई

चौतारामा बसेर राज साथीसंग आर्थिक स्थितिका बारेमा कुरा गर्छ ।
राज
कहिलेसम्म बस्ने हौं साथी चौतारीमा हामी
कहिले धन कमौला साथी जिन्दगीमा हामी
क्यै छैन धन्दा उद्यम सीप बेकम्मा भयौं कि
घर र जग्गा बन्धक राखी आसामी भयौ नि
कहिले सम्म सहन्छौ हामी साहुको दमक
जादैछ बढी हरेक दिन साहुको दमन

सुमन
कुरा त मिती गर्दैछौ ठीक विचार राम्रो छ
के गर्नु साथी गरिव भयौ करम हाम्रो छ
क्यै छैन धन्दा उद्यम सीप बेकार भयौ नि
गरिवघर जनम भयो के जूनी पायौ नि
भाग्यमा भए जनम हाम्रो महलमा हुन्थ्यो
यस्तै छ भाग्य जनम किन महलमा हुन्थ्यो ?

हेमन्त
सोचेर अब के गर्नु साथी धनीको महल
भाग्यमा हाम्रो रहेछ साथी दीनको महल
यो धुलोे जस्तै उडेर गयो जिन्दगी यो सारा
सम्झेर अब के गर्नु साथी माटोको यो भारा ?
मैले त साथी विचार गरे विदेशतिरको
विदेशमा नै रमिन्छ बिर्सी यो भारी पीरको

वीर
पसिना जति बगाएपनि पुग्दैन खान्लाई
कठिन ज्यादै भैसक्यो साथी अब त बाँच्नलाई
दुनिया सारा पुगिगो कहाँ हामी च्यै अहिर
कहिलेसम्म जिन्दगी चन्छ गरेर अहिर
पसिना जति बगाएपनि यो धुलोमाटोमा
हात र खुट्टा घिसाएपनि यो धुलोमाटोमा
पुग्दैन खान विहान साँझ के गर्नु यहाँ च्यैं
विहान साँझ पुग्लानि खान गए त त्यहाँ च्यै

हेमन्त
विहान साँझ मातरै हैन जिन्दगी पुग्दछ
बसेछौं भने हामी च्यै यहाँ जिन्दगी सुक्दछ

राजः
सपनाहरु नदेख साथी कहिले विदेश
गर्नुछ केही हामीले साथी अहिले स्वदेश
कल्पना गर्छाै सयल सुख होला नि विदेश
त्यो भ्रम हाम्रो पाइन्छ साथी हण्डर विदेश
न भाषा हाम्रो न भेष हाम्रो विरानो शहर
मिल्दछ साथी केबल त्यहाँ व्यर्थमा कहर
सुनेको मैले मानिसलाई बनौछन् दास रे
सपना मीठो हण्डर खानु जीवन नास रे ।

सुमन
हण्डर मात्रै पाइने भए त्यहाँ च्यै विदेश
जाने नै किन थिए नि लाख आज च्यै विदेश
नगरी दुःख पाइन्न पैसा दुःख त गर्नु छ
पाउन पैसा केही त त्यहाँ सहन गर्नु छ

राजः
त्यही त भन्छु नगरी दुःख पाइदैन पैसा
गर्नु त प¥यो केही त दुःख कमाउन पैसा
विदेश मात्रै गरेर दुःख पाइदैन पैसा
गरेछौं भने काम त यही कमाउछौं पैसा
नदेख साथी कहिले सप्ना जाने त्याँ विदेश
देखौं न साथी अहिले सप्ना बनौने यो देश ।
अरुका ठूला महल हेरी पाइन्न है ओत
टालेछौं भने भत्केको छानो पाइन्छ है ओत
संघर्ष गरौं बन्दछौं हामी नेपाल यो बने
कसरी हामी बनौला साथी नेपालै नबने
कहिलेसम्म बस्ने छौं साथी विरानो त्यो देश
आउनु पर्ला एक्दिन साथी फर्केर स्वदेश
बसौला कहाँ फर्केर आए यो घर नरहे
करोड लाख राखौला कहाँ यो घर नरहे ।

सुमन
पसिना हाम्रो बगेर हेर माटो यो भिजेको
बिहान साँझ भरेर पेट खइ त पुगेको ?
घर र जग्गा बन्धक राखी ऋण छ थपेको
छइन लुगा हिउद मास जीउ यो कापेको

राज
विदेशी दुःख भन्दा त साथी यही नै लाख छ ।
सुख नि आफ्नै दुःख नि आफ्नै आमाको काख छ ।
सुन्लाई छोडी फलाम तिमी खोज्दछौ भने त
के भनू साथी नर्कमा तिमी रम्दछौ भने त ?

अञ्जु प्रेममा परेको कुरा उनकी आमा सुभद्रा थाह पाउछिन्

सुभद्रा
देख्दै छु छोरी बानी त्यो तिम्रो फरक अहिले
अनौठो लाग्छ चलन तिम्रो थिएर्नौ पहिले

अञ्जुः
मलाई त्यस्तो लाग्दैन आमा के आयो फरक
मन हो आमा माधुर्य कैले कहिले हरक

सुभद्राः
जे भन छोरी लाग्दछ तिम्ले लुकायौ केही त
भनन छोरी मनमा के छ चाहन्न के हीत ?

अञ्जुः
कसम आमा मनमा केही छइन लुकाकी
नगर शंका विश्वास गर ढाटेकी हुलाकी ?
(अञ्जुकी साथी राधाको प्रवेश)

सुभद्राः
आत ज धेरै खुसी छौं तिमी के को हो चमक
पछाडि के हो ? लुकायौ तिम्ले के को हो दमक?

राधाः
होइन केही त्यतिकै हात पछाडि राखेकी
साथीका कुरा सम्झेर अैले त्यत्तिकै हाँसेकी

सुभद्राः
सक्दछु बुझ्न कुरा त्यो तिम्रो साँचो हो या झुठो
बताउ सत्य नभन तिमी कुरा चाँहि झुठो
पछाडि पट्टि देख्दैछु मैले लुकाएको खत त्यो
मपनि हेर्छु रहेछ कस्को देखाउ खत त्यो

राधाः
होइन खत होइन खत कोरा हो यो पाना
सम्झे नि मैले एउटा गित लेख्नु छ त्यो गाना

सुभद्राः
मपनि सुन्छु रहेछ कस्तो त्यो गित लेखेको
सुनाउ तिमी मलाईपनि तिमीले रचेको

राधाः
बाँकी छ अझै रचना मेरो पछि म सुनौछु
माधुर्य रस रचना मेरो मीठो यो बनौछु

सुभद्राः
लाग्दछ शंका नहोला कोरा कागज त्यो चाहि
देखाउ राधा पढन देउ मलाई त्यो चाहि
भन्दै थ्यो तिमी कोरा छ पाना यो चाइ के हो नि ?
कसको हो यो बताउ पत्र यो चाहि के हो नि ?

(सुभद्रा पत्र पढ्छिन्)
ओ मेरी प्रिय ओ मेरी प्यारी प्राणप्यारी अनु
सम्झना मेरो छ लाखौ लाख प्राणप्यारी अनु
मलाई जस्तै भएको होला कहाँ भेटूँ भेटूँ
नयन प्यासी व्याकुल मन कहाँ भेटूँ भेटूँ
सपनापनि मेरो नै होला अचेल दिनमा
किनकी बास बसेको छु म अचेल दिलमा
तिम्लाई मात्र होइन अनु व्याकुलता त्यति
मन्लाई मेरो पनि छ अनु व्याकुलता त्यति
नभेटेको नि धेरइ भयो तिमीलाई अनु
व्याकुल छु नि म आज भेट्न तिमीलाई अनु
कुरेर बस्छु म त्यही ठाउँ आउनु है तिमी
छरेर बास्ना मायाको पूmल ल्याउनु है तिमी
…….

सुभद्राः
रहस्य खुल्यो आज त छोरी व्याकुल किन छौं ?
अनौठो लाग्छ चलन तिम्रो फरक किन छौ ?
इज्जत हाम्रो नहेरी छोरी के खेल खेल्दैछौं ?
लुकेर तिमी कस्लाई भेटी यो शान मेट्दै छौं ?
म गर्व गर्थे तिमीमा छोरी छौं कति कञ्चन
लाग्दछ शंका अब त छोरी छौ कति कञ्चन ?

अञ्जुः
नगर शंका नगर आमा सन्देह मलाई
थाह छ आमा थाह छ आमा इज्जत मलाई
माया त मैले गाँसेकि छु नि पवित्र छ माया
निश्पाप चोखो पवित्र छ है हे आमा यो माया

सुभद्राः
उर्लिदो खोला जता नि बग्छ के भर त्यसको
चञ्चले मन लगामहीन के भर वैशको ?

अञ्जुः
मान्दछु आमा अन्धो छ बैंश उर्लदो यो तन
लाग्दैन दाग कहिले पनि निश्चल यो मन
कलेजदेखि गाँसेका हाम्ले माया यो पिरती
बासनायुक्त छइन आमा हाम्रो यो पिरती

सुभद्राः
बताउ अब मलाई तिमी बारेमा त्यसको
बखान तिमी गर्दछौं यति बारेमा जसको

अञ्जुः
छइन आमा धनको धनी धनी छ मनको
निश्छल मन निर्लिप्त बानी प्यारो छ जनको

सुभद्राः
कसको छोरा जात र भात चल्छ कि चल्दैन
हे¥यौ कि छोरी ओहदा हाम्रो मिल्छ कि मिल्दैन ?

अञ्जुः
नकाट आमा पृथक कित्ता जात र भातले
यो सानो ठूलो नभन आमा जात र भातले
नकाट आमा पृथक कित्ता धन र पैसाले
यो सानो ठूलो नभन आमा धन र पैसाले
यो फुलवारी साँझा हो हाम्रो हामी हौं मानव
पृथक होला चलन हाम्रो जात हो मानव
गरिबसंग मिल्दैन आमा के माया गासन ?
नभए धन भनन आमा सकिन्न हासन ?

सुभद्राः
जान्दिन अरु नजाओस् हाम्रो घरको इज्जत
पु¥याउ होस हे छोरी तिमी तिमी हौ इज्जत ।
(सुभद्रा जान्छिन)

अञ्जुः
नहुनु थियो त्यही नै भयो के हुन्छ अब त
के हुन्छ होला लाग्दैछ डर बाबाले जाने त ?

अञ्जुसंग गरेको वाचा र आफ्ना यूगीन सपनाहरु पूरा गर्र्न एक दिन राज अञ्जुको हात माग्न उनको घर जान्छ

राज
आज म आएँ मगन्ते भई ती अञ्जु मागन
मागेर आज हजूरसंग ती अञ्जु लगन
कसम थियो उन्संग मेरो मागेर लैजाने
ती जून तारा बादल पारी स्वर्गमा लैजाने
कसम मेरो गरन पूरा आज म आएको
जीवन हुन ती अञ्जु मेरो त्यो मैले मागेको
साहारा लिन्न झुठको मैले साँचो नै म भन्छु
यो प्राण भन्दा म बढि माया अञ्जुलाई गर्छु
छोरा हुँ यौटा गरिव बाको क्यै छैन नि धन
जति छ छ है मसंग आज केवल यो मन

ती ठूला ठूला महलसिसा मसंग छैन है
सुुन्दर शान्त एउटा सानो झोपडी छ है
जीवन मेरो गनेर बित्छ आकास्का ती तारा
दुखमा मात्रै बितेका हुन्छन् हरदिन मेरा
त्यो दुख काट्न ती आँशु पुछ्न दिनेछु म साथ
सुख र दुख जे जस्तो होला हुनेछु म साथ
आज म आएँ मगन्ते भई ती अञ्जु मागन
मागेर आज हजूरसंग ती अञ्जु लगन
कसम थियो उनसंग मेरो मागेर लैजाने
ती जून तारा बादल पारी स्वर्गमा लैजाने

बिक्रम
घर तिम्रो न बार तिम्रो के गरी पाल्दछौं ?
माग्न त आयौं छोरीको हात कहाँ पो राख्दछौं
कल्पना जस्तो जीवन छैन यथार्थ हो कुरा
हुँदैन बुझ यो पैसा विना जीवन यो पूरा
कल्पना तिमी सुन्दर गछौं कस्तो छ भोगाई
नहुँदा पैसा दुन्याँमा हुन्छन् आफ्ना नै पराई
देउ त भन्यौ अञ्जुको हात केही छैन धन
चाहिन्छ जब रकम धेरै चन्दैन त्यो मन

राज
नभए के भो धनको बिट्टा धनी छ यो मन
दिएका छन् यी हात खुट्टा कमाउन धन

टारौला छाक घिसारी मैले हात् र खुट्टालाई
काटाँैला दुख हेरेर हामी एक अर्कालाई

बिक्रम
भन्न त यहाँ सजिलो धेरै कढिन छ गर्न
दिदैन छोरी तिम्लाई मैले भोकभोकै मर्न

अञ्जु
आँखाको उन्को तस्वीर यो म हटाऊ कसरी
भन्देउ बाबा यो मन मैले बुझाऊ कसरी
नपाई थाहै गाढियो माया सुस्तरी सुस्तरी
भन्देउ आमा यो माया मैले बिर्सनु कसरी
उन्संग मैले गासेको मन छुटाउ कसरी
मायाको हाम्रो यो डोरी बाबा फुकाउ कसरी

मान्नेछिन् द्यौता हजूरलाई हजूर्की यो छोरी
नटुटाउन हे बाबा हाम्रो मायाको यो डोरी
मुटुमा मेरो धड्कन उन्कै उन्कै हो जीवन
एकै छिन् पनि नदेख्दा उनी तड्पिन्छ यो मन
भन्देउ बाबा म उनी बिना बाँचूला कसरी
यो मनबाट उनको माया हटाउ कसरी

सजाए बाबा उन्लाई मैले मनमन्दिर्मा
बसेका हुन्छन् हरेक पल मेरो धड्कनमा
हराई सके हे बाबाआमा म उन्को मायामा
रमौछु म च्यै हे बाबाआमा उनको छायामा
हे मेरी आमा उन्लाई छोडी म कहा जाउला
भन्देउ बाबा म यति माया कहाँ पो पाउला
मेरा यी आँशु सुकेर जान्छन् उनलाई देख्दा
मेरा यी ओठ आउछन् हाँसी उनसंग बोल्दा
आँखाको उन्को तस्वीर मैले हटाउ कसरी
भन्देउ बाबा यो माया मैले बिर्सनु कसरी
यो रङ्ग मेरो, उमङ्ग मेरो उन्को नै मायाको
यो खुसी मेरो यो हाँसो मेरो उन्को नै मायाको

जानुछ मैले बादल पारी मायाको त्यो देश
बाचा छ मेरो आउने चाँडै मायाको त्यो देश
देउन जान हे बाबाआमा मायाको त्यो देश
वाचा छ मेरो आउने चाँडै मायाको त्यो देश

छोरीको कर्म जानु नै पर्नै पराय घरमा
कहिलेसम्म बस्छु नि बाबा माइत घरमा
नरोक बाबा नरोक आमा छोरीलाई आज
देउन जान हे बाबाआमा छोरीलाई आज
सुखमा उन्को म हाँस्न पाऊ उनी खुसी हुँदा
दुखमा उन्को म रुन पाऊ उनी दुखी हुँदा
चाहना छैन अरु च्यैं केही मेरो यो मनमा
उन्को नै छाया म हुन पाऊ मेरो जीवनमा
हे बाबाआमा उन्को नै खुसी खुसी होस मेरो
हे बाबाआमा उन्को नै दुख दुख होस मेरो
फूल नै फूल्को खोजेकि छैन संसार यो मेरो
काडा नै काडा भएनि बाँच्छु संसार त्यो मेरो
काडा नै काडा टेकेरपनि जिउन सक्छु नि
उन्लाई पाएँ हजार दुख म काट्न सक्छु नि
जे होला सबै स्वीकार्य छ नि मेरो यो भाग्यमा
पठाई देउ हे बाबाआमा मलाई त्यो घर्मा
त्यो घर नै हो संसार मेरो त्यही छ जीवन
दियौ नि बाबा मलाई जन्म देउन जीवन

म भन्ने छैन काडाले खायो दुख म सहुला
जिन्दगी सारा दुखमा बितोस् हासिनै रहूला
म झार्ने छैन कहिले आँशु दुखमा रोएर
रमौछु बाबा दुखमा पनि त्यो चन्द्र हेरेर

भन्दिन बाबा नहोला दुखी त्यो मेरो संसार
काडा नै काडा सजौछु मैले त्यो मेरो संसार
सुख र दुख संगइ काट्ने कसम छ मेरो
झोपडीलाई बनौने स्वर्ग सपना छ हाम्रो
हुन्लाई खुसी चाहिन्न बाबा संसारकै सुख
बन्दछ स्वर्ग पिरती भए काटेर याँ दुख
सजौछु बाबा त्यो हाम्रो घर माया र प्रितिले
पखाल्छौ बाबा ती दुख सारा आँशुका धाराले
हजार दुख्मा एउटा सुख कसो च्यैं नमिल्ला
सुखमा त्यही हजारौं हाँसो हामी च्यैं हाँसौला
काँडा नै काँडा भएनि बाबा सहन सक्छु नि
त्यो दुख सारा सहनलाई उन्लाई माग्छु नि

म उनी विना पाइलो एक सक्निदन हिड्न
नपाए उनी जीवन बाबा सक्दिन जिउन
माग्दिन अरु देउन बाबा त्यो खुसी मलाई
होइन भने देउन विदा मलाई जलाई
बाहेक उनी अरुको बारे सोचेकि छैन नि
नभए उनी संसार मैले कल्पेकि छैन नि
उन्लाई कल्पी म मीठा मीठा सप्नामा हराएँ
उन्लाई दिल दिएर बाबा मैले कै विराएँ ?

नमार बाबा नमार आमा यो कोपिलालाई
देउन फुल्न हे बाबाआमा यो कोपिलालाई
मपनि बाबा चाहन्छु फुल्न फुलाउ मलाई
नमार बाबा नमार आमा यो कोपिलालाई
आँखामा हाम्रो बसेका छन् यूगीन सपना
गर्नुछ पूरा हे बाबा आमा ती हाम्रा सपना

हजार खुसी पाउछ मन उन्को छुवाइमा
हजार मृत्यु मर्नेछु बाबा उन्को विछोडमा

एउटै हुन दुवैका मुटु जीवनका बाटा
जिउन देऊ हाम्लाई संगै नरोपन काडा
जानुछ बाबा सागर भेट्न नरोक बाँधेर
गरन बाबा यो घरबाट विदाइ हाँसेर
नतोड बाबा यसरी हाम्रो मायाको यो डोरी
पुज्नेछिन् बाबा हजूरलाई हजूर्की यो छोरी

भन्न त भन्थे हिडन जाउ हामी दई भागी
भागेर जान सकिन भने लैजाउ न मागी

आउन प्यारा घरमा मेरो यो हात मागन
गर्नेछु कर बाआमासंग त्यो साथ मागन

सकिन जान चटक्कै छोडी यो जन्मघरलाई
सोचें नि मैले लाग्ला नि चोट बाबाहजूरलाई

काडाले छुँदा दुख्थ्यो नि बाबाको त्यो मन
काडाले छुँदा दुख्थ्यो नि आमाको त्यो मन
बुझन बाबा भावना मेरो हजूर्की हुँ छोरी
मानन बाबा अर्चना मेरो हजूर्की हुँ छोरी
फिजाएँ मैले आँचल बाबा माग्दछु उन्लाई
जीवनभरी पुज्नेछु बाबा म हजुरलाई
नराख बाबा मनमा ढुङ्गो नबन निठूरी
नहान बाबा नहान आज छातीमा खुकुरी
पुछन बाबा पगाली मन मेरा आँशुलाई
हरेक पल उनकै सप्ना देखिन्छन् मलाई

भन्दिन केही हे बाबाआमा मृत्यु देऊ बरु
उन्लाई छोडी हे बाबाआमा नखोज है अरु
पिउछु बाबा हजूर्ले आज जहर नै दिए
किन नै पुछ्नु यी आँशु मेरा म छोरी नै भए

बिक्रम
दुनिया छैन छोरी यो सुन सोचेझै तिमीले
चिताको हैन अध्यारो तिम्रो जीवन हामीले
हे छोरी तिमी सपना मीठो देख्दैछौ नि आज
त्यसैले छोरी जहाँ नि हेरे रमाइलो आज
कल्पेर सुख आनन्दी मन मीठो छ सोचाइ
जमाना कस्तो नभए धन तीतो छ भोगाइ
चल्दैन छोरी जीवन यहाँ नभए यो धन
हेर्दैन छोरी अैलेको मान्छे मान्छेको यो मन
हे मेरी छोरी पिता हु तिम्रो मानन यो बात
नहुँदा पैसा दुनिया एक्लो सुनसान रात

अञ्जु
के गर्नु धन नहोस किन करोड त्यो लाख
मान्छेको चोला पुग्नु नै पर्ने धर्तीमाको काख
दैवको खेला यो देहपनि जानु छ छोडेर
को लग्न सक्छ पैसाको बिट्टा छातीमा बाँधेर
अमर बन्ने होइन क्यारे संसारकै धनी
आकासमुनि बसेर दिन बिताउनेपनि
संसार सारा सक्ला है किन्न धन्वान मान्छे
काल्लाई किन्न सक्दैन क्यार धन्वान मान्छे
नतोक बाबा मायाको मोल माया छ अन्मोल
मायाले नै त बनौछ बाबा मानव संगोल
न रिस छ है घमण्डी नै छ मनको धनी जो
जो जित्छ सबै मायाले बाबा मानव त्यही हो

राज
कहिलेसम्म रहने हुन मान्छे फुटाउने
यी कित्ताहरु गरिव धनी भनी छुटाउने

कहिलेसम्म जोगाइ राख्छौं यो असमानता
हरायो कता भनन आज हाम्रो मानवता ?

देख्दिन म त खै कहाँ छ र आज मानवता
मान्छेले यहाँ लिलाम ग¥यो धनमा मानव्ता

रहेछ प्यारी संसार भन्नु धनिहरुको नै
कसले बुझ्छ भावना यहाँ म गरिवको नै
सक्दिन बन्न धनको धनी गरिव म धनको
जाउन प्यारी छोडर हामी शहर धनका.े
हिडन प्यारी जाउन हामी यो शहर छोडी
गरिव धनी अलग पार्ने सब भित्ता तोडी
देखाइ देऊ धनको भित्ता मायालाई छेक्दैन्
यो धनी अनि गरिव यो हो मायाले भन्दैन
नझुक प्यारी नडर प्यारी अन्धो छ मानव
साहस ल्याउ निडर बन मेटाउ दानव
नझार प्यारी ती आँशु तिमी ढुङ्गाको त्यो मन
बुझ्दैन कैले यो माया हाम्रो अन्मोल धन
भन्दिन प्यारी दिउला सुख संसारभरिको
म युगौँ युग दिउला माया यो ह्दयभरिको

अञ्जु
सुकाइ बाबा मलाई आज मार्नू नै थियो त
हे बाबाआमा मलाई किन जनम दियौं त?
यसरी आज नास्नु नै थियो यो मेरो संसार
हे बाबाआमा मलार्य किन देखायौ संसार
स्वतन्त्र भई उडन खोज्छे आकासकि चरी
कहिले यता कहिले उता बारी र त्यो पारी
कहिले घाम कहिले छाया खोज्दै छे यो चरी
त्यस्तो नै रोज्छे हे बाबाआमा हजूरकि छोरी
नबाँध बाबा नबाँध आज मलाई पिंज्डामा
नमार बाबा नमार आज खोटा यी बन्धनमा
धनको दृष्टि हटाई हेर हे बाबा उन्लाई
कति छ ठूलो बुझन बाबा उन्को मनलाई

(अञ्जुकी आमा सुभदं्राको प्रवेश)

सुभद्रा
नझार छोरी नझार आँशु बग्दैछन् व्यर्थमा
आँशुले तिम्रा पग्लिन छोरी ढुङ्गो छ मनमा
कसैका आँशु देख्दैन छोरी अन्धो नजरले
के खोट लायौं राजमा आज भनन हजूरले
देख्दैनौं किन छोरीका आँशु कसरी बग्दैछन्
मनको घाउ टुटेका सप्ना कसरी दुख्दैछन्
आनन्द कति पाउछौ तिमी त्यो फूल मारेर
नगर प्यार यो गल्ती तिमी त्यो माया तोडेर
छोरीका आँशु पुछन आज त्यो हात थामेर
सराप कति त्यो मन देला दुखमा डुबेर
नगर घृणा नगर हेला गरिब भनेर
बन्दैन द्यौता कहिले मान्छे अमिर बनेर

नराख प्यारा मनमा ढुङ्गो नबन निठूरी
छोरीको छाती अचानो पारी नहान खुकुरी
यो सबै छोडी जानुछ भोलि केही हैन धन
बिन्ति छ मेरो हजूरलाई नदुखाउ मन
खुसी छ मेरो राज्संग भन्दै माग्दैछिन् छोरीले
नदिन सके यो खुसी हाम्ले के भन्लिन छोरीले
देखिन मैले उसमा खोट के देख्यौं तिमीले
थिएन यति कठोर मन के सोच्यौं तिमीले

राजको घरजग्गा बिक्रम लिलाम गर्छ

बिक्रमः
सकेनौ तिर्न त्यो ऋण मेरो दुई वर्ष भाका
उठाउ अब समान तिम्रो सकियो त्यो भाका

मनवीरः
जाउला कहाँ कसरी पाल्ने जहान मइले
उदार मन दयाको दृष्टि दया भो अइले

बिक्रमः
चाहिन्छ पैसा जान्दैन अरु म दानी होइन
घर र जग्गा गर है खाली म दानी होइन

मनवीरः
मालिक दया ! भोका र नाङ्गा जहान का राख्ने ?
गर है दया होला है पुण्य जहान काँ राख्ने ?

बिक्रमः
गर्छाै कि तिमी आफइ खाली म गरुँ त्यो खाली
के हेर्छाै जाऊ बढन अघि भत्काउ त्यो पाली ।

राजः
महिना दिन थपन भाका त्यो ऋण तिरौला
बेचेरै आफु भएर पनि त्यो ऋण तिरौला

बिक्रमः
थपिन्न अब कहिले भाका एक दिनपनि
यो घर छोड नबस अब एक छिनपनि

राजः
यतिका वर्ष बन्धक राख्यो थपन महिना
तिरौला ऋण कति छ तिम्रो आउँदो महिना

बिक्रमः
महिना दिन धेरइ बिते मिल्दैन एक्दिन
बाबुको छोरा भएछौं भने ल्याउन त्यो रिन
होइन भने छोडेर जाउँ यो घर जमिन
घर र जग्गा बन्धक राख्ने म हु नि अमिन

मनवीरः
ती पाउँ ढोगी माग्दछु दया हजूर मालिक
लगाउ दया हामीमा अलि हजूर मालिक

राजः
नसोच बाबा कम्जोर यति आफुलाई अब
नसोच बाबा साहाराहिन आफुलाई अब
छोडेर जाऊ यो घर जग्गा सबइ लिलाम
गर्नु है मोज छोडेर गयौं गरेर लिलाम ।

राजसंगको विहे अस्वीकार गरेपछि अञ्जु आफ्नी साथी राधासंग व्यक्त गरेको विलाप

अञ्जु
भए म कैदी हेर प्यारी साथी यी चार भित्तामा
मलाई देऊ जहर मिती जल्नेछु चितामा

जीउनु भन्दा मर्नु नै वेश उनीविना मैले
मनको घाउ मनमै राखी किन बाँच्नु मैले ?
बढ्दै छ साथी मनको व्यथा बढ्दै छ चिन्ता यो
देखेको थिए सपना मैले बल्दैथ्यो चिता त्यो
बिझेको काडा छ भनि दिनु तिम्री जूनलाई
पु¥याइ दिनु यो खत हे साथी उनलाई ।
आँशुका धारा बगाई उनी रोइबसेकि छिन
सपनीमाझै हरेक पल तिम्लाई देख्छिन् ।
भन्नु है साथी नगर ढिलो भेट्नलाई जाऊ
ती प्यारीलाई लैजाऊ साथी मनको यो घाउ ।
नआए चाँडै पिउने छु म हे साथी जहर
अन्तिम पल्ट उन्लाई हेर्ने मनको रहर

राधा
नगर्नु अञ्जु यो गल्ति तिमी नपिउ जहर
खरानी हुन्छ जलेर सबै सप्नाको सहर
तिम्लाई जस्तै राज्लाईपनि देखेको होला नि
पाउन तिमी अनेक बाटो ऊ खोज्दै होला नि
यो चन्द्रलाई विलाई जान दिदैन उसले
यी चार भित्ता तोडेर साथी लग्नेछ उसले
हराउ तिमी पुनः ती सप्ना यूगिन सपना
हुनेछ पुरा नगर शंका युगिन सपना

अञ्जु
संसार सानो थियो नि मेरो यूगिन सपना
सुख नै सुख थियो नि साथी युगिन सपना
फुलझै फुलि रहन्थ्यो साथी यूगीन सपना
मुटुमा लुकी बसेका थिए युगीन सपना
कता हो कता हराई राख्थे–यूगिन सपना
क्या मीठो देखे हरेक पल यूगीन सपना
बिझ्यो नि आज मुटुमा काडा यूगीन सपना
मर्नुन बाँच्नु बनायो आज यूगीन सपना
नदेख्नु साथी कहिले तिमी यूगनि सपना
मर्नु न बाचु बनोछन् साथी यूगीन सपना
नदिनु कैले त्यो तिम्रो मुटु हे साथी कसैलाई
नराख्नु कैले मुटुमा तिम्रो हे साथी कसैलाई
जलन हुन्छ सहन गाह्रो विछोडको यो पीडा
नलिनु साथी कहिले तिमी व्यर्थमा यो पीडा

राधा
न बन ति निरास यति नमार ती आशा
हुनेछन् पूरा ती सवप्न तिम्रा राखन त्यो आशा
पर्वत छेक्न सक्दैन कैले हूरीको त्यो बाटो
सागर छेक्न सक्दैन कैले आधीको यो बाटो
भाग्यको लेखा रहेछ यस्तै मिलन विछोड
नहुने थाहा हे दैव तिम्रो कस्तो हो यो जोड

अञ्जुको पत्र लिएर राधा राजलाई भेट्न जान्छिन्
बिक्रम अञ्जुका लागि खाना लिएर आउछ तर अञ्जु खाना दिनुभन्दा पनि बिस देउ भनि विलाप गर्छिन

अञ्जु
यो खाना हैन मलाई बाबा देउन जहर
गरन पूरा हे बाबा मेरो अन्तिम रहर
म भाग्यमानी हुनेछु बाबा म मुक्ति पाउछु
हजूर्ले दिए जहर बाबा खुसिले पिउछु
नराख बाबा पिज््डामा यहाँ सहन गाह्रो छ
देउन बाबा मलाई बिस मृत्यु नै प्यारो छ
मनका सारा रहर बाबा मरेर गए नि
हे बाबा अब जिउदो लास यहाँ म भए नि
नराख बाबा यो लाशलाई नराख घरमा
बोलाउ बाबा मलामीलाई जालाउ चितामा

बिक्रम
अटल छ है निर्णय मेरो नसम्झाउ तिमी
बनाबटी ती नक्कली आँशु नदेखाउ तिमी
रहर तिम्रो मर्ने नै छ त जाउ मर तिमी
बनाबटी ती नक्कली आाशु नदेखाउ तिमी

अञ्जु
हजूरबाट म मरिसके त्यही नै दिनमा
लाश नै हु म धड्कन छैन यो मेरो दिलमा
त्यो मेरो प्राण आउछ भन्ने आशा छ केवल
बनाई सके ती द्यौता बस्ने यो मन देवल

मसान हो यो जीउदो लाश जलाइन्छ यहाँ
म धन्य छु है त्यो स्वर्ग बाबा पाइन्छ कहाँ
बुझन बाबा कोपिला किन काँडा नि फुल्दछ
सन्तोषी भए झुपडी पनि स्वर्ग नै बन्दछ
के को छ कमी हे बाबा यहाँ यो सिसामहल
बनेको छैन या आज किन खुसिको माहोल
बाहिरबाट हेर्दा त बाबा स्वर्ग नै देखिन्छ
जिउदो लाश गाडिने यहाँ मसान भेटिन्छ

अञ्जुकी आमा सुभद्रा आउछिन र छोरीका आँशु पुछ्न नसकेकोमा विलाप व्यक्त गर्छिन

सावित्री
हुँ तिम्री आमा कसरी दिऊ तिम्लाई जहर
तिम्लाई खुसी पाउ म हेर्न मनको रहर
सकिन छोरी ती आँशु पुच्छ्न थिक्कार मलाई
बस है छोरी लिएर अशा मन त्यो बुझाई
ककभाग्यमा के छ लेखेको तिम्रो त्यही नै हुनेहो
भाग्यमा छोरी आँशु नै भए फूल नि खाने हो
छोरीका आँशु ढुङ्गाको मन हे दैव के गरुँ
बनायो किन मलाई आमा कसरी म मरुँ ?
बिन्ति छ मेरो हजूर्लाई न बन निठूरी
हेरन आज छोरीका आँशु मन त्यो उघारी

अञ्जुको भाइ अपृतपनि दिदीलाई खाना खान कर गर्छ

अपृत
कहिलेसम्म बस्नेछौ दिदी रोएर यसरी
मन यो दुख्छ ती आाशु दिदी हेरु म कसरी

अञ्जु
जहिलेसम्म रहन्छन् आँशु हे भाइ रुनु छ
भाग्यमा यस्तै रहेछ भाइ ज्यूनु न मर्नु छ
यी चार भित्ता संसार मेरो हाँसु म कसरी
भए म पानी विनाको माछा बाचूँ म कसरी

अपृत
म ठूलो हुँदा हे प्यारी दिदी तोड्नेछु यी भित्ता
उड्नेछौ दिदी स्वतन्त्र भई तोड्नेछु यी भित्ता

अञ्जु
विरानो खोला पूरानो ढुङ्गा तरु म कसरी
किनारा पारी बसेका उनी भेटूँ म कसरी

राज गाउँ फर्केर आउछ

राजः
सम्झेर साथी फर्केर आएँ यो गाउँ यो ठाउँ
सकिन भुल्न जनमभूमी रमाइलो गाउँ

सम्झनाः
छोडेर गयौं मारेर माया त्यो बेला किन नै ?
आएको भए हुन्थ्यो नि साथी त्यो बेला तिमी नै
सुख र खुद गरेर खान्थ्यौं सबइ मिलेर
सम्झेनौ किन मलाईं साथी गएछौं छोडेर

राज
बाध्यता थियो त्यो बेला साथी सोचे न तिम्लाई
दिएको भए शरण हामी के गथ्र्याे तिम्लाई ?
सामन्तहरु तिम्लाई पनि उठाउथे साथी
कारण मेरो मिल्दथ्यो दुःख तिमीलाई साथी
कारण त्यही आएन साथी म तिम्रो घरमा
कारण त्यही परिन साथी म तिम्रो भरमा

सम्झना
नहुनु थियो त्यही नै भयो बिर्सिदेऊ अब
नमानी डर निर्धक्क साथ बसिदेऊ अब
सन्चो नै होला बाबा र आमा कहाँ छन् तिनी
एकलै आयौ गाउँमा तिमी खै कहाँ छन् तिनी ?

राजः
नसोध तिमी मलाईं अब कहाँ छन् बाआमा
धेरइ टाढा गैसके अब बाबा र ती आमा
फर्केर अब आउने छैनन् टुहुरो बनाए
दुःख र कष्ट सहन गाह्रो स्वर्गमा हराए
छोडन अब बितेका कुरा सम्झेर के गर्नु ?
सुनाउ के म कहानी मेरो बाँच्नु न छ मर्नु ।
कहाँ छन् साथी देख्दिन किन गाउँ छ सुनसान
सुमन, वीर, हेमन्त कहाँ गाउँ छ सुनसान

सम्झनाः
बुढा र पाखा महिला छोरी मात्रै छन् गाउँमा
युवक सारा गैसके आज बिरानो ठाउँमा
कतार दुवै मुलुक खाडी कोरिया गएका
बिर्सेर गाउँ सबइ जना विदेशी भएका ।

राजः
सपना मीठो बोकेर आज विदेशी भएका
छोडेर बाँझो यो जन्मभूमी विदेश गएका
छोडन अब ती कुराहरु विदेश जानेको
भनन बरु अञ्जुको हाल तिमीले जानेको

सम्झनाः
नफस भन्थे तिम्लाई मैले धनीको मायामा
अनेक जाल लुकेका हुन्छन् धनीको मायामा
तिम्लाई पनि खेलायो खेल मायाको जालमा
सिकार गरी माछी झै तिम्रो पारेर जालमा

राज ः
नभन तिमी नभन तिमी उन्लाई बैगुनी
माया छ चोखो नभन तिमी उन्लाई बैगुनी

सम्झनाः
फसेका छौ नि जालमा उन्को देख्दैनौं बैगुनी
त्यो जालबाट बाहिर हेर देख्नेछौं बैगुनी
खसेन आँशु एउटा थोपा तिम्लाई लखेट्दा
भइन दुखि जमिन घर सबइ लुटिदा
गाँसियो मन अरु नै संग तिमी याँ नहुदा
लगन गाँठो कसने भई तिमी याँ नहुदा
सुनेकी मैले हुँदैछ बिहे आउँदो महिना
खोल है आँखा त्यो भ्रम तिम्रो मर्नेछिन् म बिना ।

राजः
विश्वस छैन कुरामा तिम्रो यो सत्य होइन
गाँसेका छौं नि पिरती चोखो यो सत्य होइन

सम्झनाः
विश्वस छैन कुरामा मेरो पर्ख है समय
के साँचो अनि के झुटो हुन्छ पर्ख है समय

अञ्जुको विहेको निम्तो दिन राधा सम्झनाको घर आउछिन्, राधा र राजको भेट हुन्छ ।

सम्झनाः
कसरी आयौं आज च्यै तिमी यो मेरो घरमा
के सेवा गरौं भनन साथी यो मेरो घरमा

राधाः
चाहिन्न सेवा अहिले साथी हतार मलाई
आए कि आज विहेको निम्तो दिन म तिम्लाई

सम्झनाः
कहाँको केटा परायौं मन राधा च्यै तिमीले
कहाँको केटा खोजेछौं त्यस्तो राधा च्यै तिमीले ?

राधाः
होइन साथी होइन साथी विवा यो मेरो
अञ्जुको विहे होइन साथी विवाह यो मेरो

सम्झनाः
के भन्यो साथी के भन्यौ साथी अञ्जुको विवाह
कोसंग हुने भएछ भन अञ्जुको विवाह ?

राधाः
कैलाली जिल्ला सुनेको मैले खैरानी हो गाउँ
व्यापार ठूलो गर्दछन् अरे मिलन हो नाउ ।

राजः
कसम खाऊ भनन राधा यो कुरा साँचो हो
भनन साथी भनन साथी केबल हासो हो ।

राधाः
कहिले आयौं तिमी च्यै राज फर्केर गाउँमा
भएछ ढिलो किन नै आयौं आज च्यै गाउँमा ?
छोडेर किन गएथ्यौं तिमी नदिई खबर
छोडेर साथी गरेछौं किन एकलो सफर ?

राजः
बिर्सेको छैन ती सहयात्री मनमा थिइन
बाध्यता थियो त्यो बेला साथी खबर दिइन

राधाः
कहिलेसम्म कुरेर बस्थी बेखबर तिमी
के गर्नु अब गरेछौं ढिलो बेखबर तिमी !

राज
जीवनसंग संघर्ष गर्दै यहाँसम्म पुगें
सुनाउ साथी खबर उनी अब त म पुगें

राधाः
के हुन्छ अब खबर मैले उन्लाई सुनाइ
समय अब छइन ज्यादा हुनेहुन् पराइ
तैपनि साथी म भनिदिन्छु तिमी च्यै आएको
होला की वेश अहिले साथी मैले च्यै गएको ।

सम्झनाः
भनेकी थिए तिम्लाई मैले अञ्जुको बारेमा
व्यर्थ हो सबै नसोच अब उनको बारेमा
धनको जालो गरिब चुस्न फिजाइ उनले
तिमी नै हेर असली रुप देखाइ जुनले

राजः
विश्वास छैन यो मेरो माया भएछ योजाली
उनको मन निठूरी छैन होइन त्यो जाली

सम्झनाः
भन्दिन साथी नगर माया तिमी च्यै उनलाई
खोलेर हेर नयन तिम्रा् चिन है उन्लाई

राज अञ्जुलाई भेट्छ

अञ्जुः
रहेछौं जाली तिमी त साह्रै खबरै नदिई
छोडेर गयौ निठूरी किन खबरै नदिई
गएथ्यौ कहाँ निठूरी तिमी छोडेर मलाई
रोए म कति दिन र रात सम्झेर तिम्लाई

मपनि जान्थें तिमी नै संग यो जीवन काट्न
मायामा तिम्रो हरेक पल सुख दुख काट्न

राजः
बाध्यता थियो त्यो बेला मेरो होइन निठूरी
नहुँदा मैले विवाह गर्ने तिमी नै निठूरी

अञ्जुः
के भन्यौ फेरी भनन तिमी तिमीले के भन्यौ ?
छ कस्तो मेरो बेहोसी प्यारा तिमीले के जान्यौ ?
महिना वर्ष बिताए मैले तिम्रो नै यादमा
दुःख र कष्ट सहन गर्नु तिम्रो नै यादमा
के कस्तो दुःख सहनु पर्छ तिम्लाई के थाहा
मलाई भयो त्यो झेलखाना तिम्लाई के थाहा ?

राजः
परीक्षा मात्रै लिएको मैले भनेर निठूरी
जिस्केको मात्रै थाह छ प्यारी माया छ निखुनी

अञ्जुः
सकिन मैले त्यो प्राण त्याग्न तिमीलाई सम्झे
मनमा थियो मेरो च्यै आशा तिमीलाई भेट्ने
मलाई अब छोडेर कतै नजानु तिमीले
जानेछौं जहाँ लगहै अब मलाई तिमीले
बाँच्दिन अब यहाँ म प्यारा गाह्रो छ जिउन
सजिलो होला यो भन्दा बरु जहर पिउन
साघुरो भयो संसार मेरो उकुसमुकुस
बन्धक भए घरमा आफ्नै उकुसमुकुस

राजः
तोडेर आज बन्धन सारा स्वतन्त्र हुनुछ
जुलुम सारा तोडेर आज स्वतन्त्र ज्यूनुछ

तोडेर सारा बन्धन नाता जाऊँ हिड् प्यारी
हिड्न प्यारी मायाको देश त्यो क्षितिज पारी
यो हात थाम साहारा देऊ म तोड्छु बन्धन
पाउनु पर्छ हामीले पनि स्वतन्त्र जीवन

अञ्जुः
छाया हुँ तिम्री जानेछु त्यहाँ लग्दछौं जता नै
नछोड प्यारा मलाई एक्लो तिमीले यता नै
माया छ चोखो यो नाता मैले तिमीसंग गाँसे
ती नाता सारा बन्धन अनि महन त्यो त्यागें

महलका भित्ताहरु तोड्दै एक दिन राज अञ्जुलाई भगाएर लैजान्छ ।

राज
छोडेर सारा संसार प्यारी आयौ नि हामी त
सुख र दुख बाँडेर प्यारी बस्नेछौँ अब त
खोलाले पायो किनारा आज मुटुले धड्कन
भए नि एक हैन त प्यारी यी दुई जीवन
तोडेर सारा ती नाता प्यारी जोड्यो नि यो नाता
राख्नेछु खुसी तिम्लाई प्यारी सहेर ती पाटा
दिन र रात गरेर एक संघर्ष गर्नछु
दुःखमा प्यारी तिम्लाई हेरी म हाँसने गर्नेछु
मायाको फूल फूल्नेछ प्यारी आँगनमा हाम्रो
सुनौलो दीप बल्नेछ प्यारी खुसीमा त्यो तिम्रो
आउन प्यारी लुकन तिमी यो मेरो छातीमा
अंगाल प्रिय मलाई तिमी अधेरी रातीमा
जून र तारा बलेका प्यारी हाम्रो यो आँगन
मिलन हाम्रो भयो नि आज केही त मागन

अञ्जु
तिम्लाई पाएँ संसार पाएँ के चाह मलाई
नटुट्ने कैले त्यो सात तिम्रो दिनु है मलाई
तिम्लाई भनी छोडेर आए संसार त्यो मैले
नपार्नु एक्लो हे प्यारा तिमी मलाई चैं कैले

राज
मुटुमा मेरो धड्किरहने तिमी हौं धड्कन
यो हाड मासु चलाइराख्ने तिमी हौ जीवन

अञ्जु
जानेछौ जहाँ जानेछु त्यही म तिम्री छाया हुँ
किनारा तिमी तिम्स्रगै बग्ने म तिम्रो छाया हुँ

राज
बासना छर्ने जीवन्मा मेरो तिमी नै हो फूल
अध्यारो चिर्ने जीवन्मा मेरो तिमी नै हो जून

अञ्जु
म धन्य भए शिरमा राख्छु मन्दिरको फल
चढौंछु प्यारा शिरमा आज मन्दिरको जल
राज
अतित बिर्सी सजाउ अब नयाँ यो जीवन
किन हो टाढा बसेकी तिमी छेउमा बसन
भयौं नि एक अब त हामी के को हो यो लाज
मेटाउ प्यास निरौला रात अंगाल लै आज

तरङ्ग उठ्ला सिरिङ्ङहोला कोमल त्यो गाथ
होला है कस्तो के के नै जस्तो म चढ्दा त्यो माथ
स्पर्श हुँदा आनन्द मिल्यो छातीका ती चूली
सम्भाल प्रिय मलाई तिमी लाग्यो नि विजुली
कोमल कति रहेछ प्यारी नौनी झै लाग्यो नि
यी चूली प्यारी कुप्लुक्क गरी खाऊँ झै लाग्यो नि
के छ र प्यारी चुलीमा तिम्रो किन हो यो माद
हराए आज कता हो कता मधुर यो रात
हेर्नेछु आज मारेर धित विचित्रको भव
नमानी लाज हे प्यारी आज देखाउ त्यो सब
धन्य छौ तिमी त्यतै छ चुली त्यतै छ सागर
उन्माद हुने देखेर मात्रै विचित्र छ हर
के दियौँ दैव यो छिद्र यस्तो संसार हराउने
पर्खन प्यारी लाजले छोपी किन हो सताउने
स्पर्श गर्छु त्यो छिद्र तिम्रो पर्खन एक छिन्
नमान लाज हे प्यारी आज पर्खन एक छिन्

अञ्जु
तिम्लाई भनी साँचेकी मैले यो चूली सागर
तिम्लाई प्यारा अर्पण गर्छु आतुर नगर
प्रतिक्षा ग¥यौँ तिमीले बर्षाै पर्खन एक छिन
यो मन मेरो कता छ कता पर्खन यो दिन
अनेक कुरा मनमा खेल्छन् मन यो बराली
छोड्न एक्लो मलाई आज मन त्यो समाली
यो चोली खोली दिनेछु भोलि यौवन यो रस
अंगालो कसी मारेर धित मेट्नेछौ त्यो प्यास

राज
होइन भोगी हे प्यारी मेरी यौवन रसको
म मेट्ने छैन मञ्जुरी विना प्यास यो मनको
यो रात किन प्रतिक्षा गर्छु महिनौ दिन म
निर्धक्क हुनु मन्जुरी विना यो गाथ छुन्न म

अञ्जु निदाएपछि राज मनमनै अनेक कुरा खेलाउछ

राज
तोडेर सारा ती नाता आज यो नाता जोड्यौ नि
तगारो बन्ने मायामा हाम्रो पर्खाल तोड्यौ नि
पर्खाल अझ हजारौ छन् हाम्रो यो जीवन्मा
गर्नुछ धेरै संघर्ष अब सुनसान वन्मा
सम्पत्ति जति केवल हुन हात र यी खुट्टा
सकेको छैन मइले टाल्न भत्केका ती भित्ता
घर र जग्गा राखेको सबै साहुका बन्धकी
गर्नु छ अब केवल बाँकी लिलाम जिन्दगी
दुख नै दुख संसार मेरो कसरी हाँस्नेछौ
काँडा नै काँडा बाटोमा मेरो कसरी हिंड्नेछौ ?
नहोला कैले बिझेको काँडा कोमल पाउमा
काडा नै काडा बिझ्नेछन्. अब दुखेको घाउमा
काडाको बाटो काडाकै भव काडाको शिरानी
कसरी अब काट्ने छिन् दुख महलकी रानी
अब त थाह भयो नि होला हामी चैं भागेको
रिसको झोक यो प्राण लिन खुकुरी झिकेको
पढाए होलान् तलास गर्न हरेक ठाउँमा
कहेको होला भए नि जहाँ ल्याऊ यो पाउमा
सक्छु म बुझ्न त्यो मर्म उन्को बितेको के होला
रिसको झोक महल सारा कापेको त्यो होला
सोच्नु छ व्यर्थ अब ती कुरा के के नै हुने हो
गर्नु छ अब सामना मैले जेजे नै हुने हो
जितेछ भने मायाले हाम्रो सुनौला विहान
हारेछ भने मायाले हाम्रो बन्नेछ चिहान
हुनेछ मेरो हरेक पल अञ्जुकै जपना
आशा छ मेरो हुनेछन् पूरा यूगीन सपना
चिम्लेर आँखा हिडेको हु म जीवन पथमा
सारथी तिमी बनेकी छौ नि यो मेरो रथमा
कसैले पनि सक्दैन छेक्न बगने यो खोला
बग्दछ जता देउ है बग्न बगने यो खोला

दुवै जना लुकेर बसेको होटलमा राजको साथी अमर आउँछ । अञ्जुका बुबाले व्यापक रुपमा खोज तलास गरिरहेको बताउछ र धेरै टाढा पूर्वी नेपालमा आफ्नो मामाको घरमा बस्न आग्रह गर्छ ।

अमर
ए राज राज अमर हु म खोलन यो ढोका
गर्नुछ मैले जरुरी कुरा खोलन यो ढोका
व्यापक गरी तलास तिम्रो गर्दैछन् बिक्रिम
खुकुरी झिकी त्यो बाटो तिम्रो हेर्दैछन् बिक्रम

राज
साहारा तिम्रै मलाई साथी एक्लो यो संसार
दिनु है साथी साहारा तिमी निराश नपार

अमर
तिम्लाई साथी साहारा दिन आएको म यहाँ
नभए तिमी आउथ्यें साथी किन नै म यहाँ

राज
म बुझ्न सक्छु अवस्था कस्तो भएको होला नि
जिउदो ल्याउ मरेको ल्याउ भनेको होला नि

अञ्जु
तिम्लाई भन्दा पहिला लाग्छ छातीमा त्यो वाण
नमान धन्दा हे प्यारा तिमी दिनेछु यो प्राण

अमर
नगर अञ्जु अहिले कुरा मरण जीवन
कसरी टार्ने संकट अैले उपाय सोचन

राज
तिमी नै भन अमर भन के गरौं अहिले
सोचन केही सकेको छैन के गरौ अहिले

अमर
मान्दछौ भने भनेको मैले म गर्छु व्यवस्था
छोडन सबै हातमा मेरो गर है वेवास्ता

राज
दुखको बेला जो दिन्छ साथ त्यही त हो साथी
तयार छु म के गर्नु पर्छ भनन हे साथी

अमर
शहर भन्दा हजारौ कोष त्यो पारी गाउँमा
पर्छ नि जानु तिमीले साथी विरानो ठाउँमा
सुनेका छौं नि इलाम तिम्ले त्यही छ मावल
महिनौ दिन सोचेर बस्नु आफनो मावल
संका नै कस्ले गर्नेछ साथी त्यहाँ छौ भनेर
महिना दिन बितेछ भने जानेछन् भुलेर

राज
जाने त थिए कसरी जाने विरानो शहर
चिनेको छैन जानेको छैन भनन अमर

अमर
नमान पीर नलेउ चिन्ता छोडन ममाथि
व्यवस्था सारा मिलाइ दिन्छु के भनु हे साथी
मान्दछौ भने ल्याउछु सातथी काटेर टिकट
उपाय मेरो नभए राम्रो तिमी नै भन त

राज
के भनूँ साथी यो गुन तिम्रो कसरी तिर्ने हो
यो भन्दा राम्रो उपाय अरु केनइ मिल्ने हो

अमर
इलाम साथी जाने हो गाडी अब त साझमा
कुरेर बस्नु यही नै तिमी जाने हो बसमा

अमर अञ्जुका बाबा विक्रमलाई भेट्छ र एक लाख रुपया मागेर दुवै जना बसेको ठाउँ बताउछ ।

अमर
म सक्छु बुझन मनको पीर के के नै बित्दैछ
म सत्य भन्छु हरेक पल त्यो नाक घट्दैछ
भगाई लग्यो राजले अञ्जु होइन भन त
राखेन केही मिलाइ दियो माटोमा इज्जत

बिक्रम
चिनेको छैन जानेको छैन कसरी आयौ ह ?
के भन्यौ तिम्ले के जान्या तिम्ले, के चाल पायौ ह ?

अमर
भेटेको मैले राज र अञ्जु विरानो शहर
थिए नि दुवै बसेर संगै मेटौंदै रहर

बिक्रम
भनेको तिम्ले साचो हो भने कहाँ छन् ती दुवै
बताउ तिमी देखेथ्यो कहाँ तिमीले ती दुवै

अमर
मिल्दछ भने हजार सय भन्दछु ठेगाना
होइन भने गर्दछन् मोज नयाँ ती दिवाना

बिक्रम
त्यो कुरा झूठो भएछ भने मरण तिम्लाई
ठेगाना तिम्रो सहि नै भए यो लाख तिम्लाई

अमर
नगरौ ढिलो चाँडो नै जाउ पक्रन सक्नेछौ
भएछ भने अलि नि ढिलो यो मोका छोड्ने छौं

दलबल सहित बिक्रम जान्छ

अमरको सहायताले बिक्रम राज र अञ्जु बसेको ठाउँमा पुग्छन्

अमर
भागेर जाने रहर मेट्दै यहाँ छन् बसेका
त्यो नाक तिम्रो काटेर जाने अब त फसेका

बिक्रम
के हेछौं अब यो ढोका तोड हेरौला म पनि
यो ढोका तोड कहाँ पो जान्छन् हेरौला मपनि

अञ्जु
को हऊ तिमी किन हो ढोका यसरी तोडेको
मै खोली दिन्छु पर्खन तिमी किन हो फोडेको

अञ्जु ढोका खोल्छिन्, बिक्रम दलबल सहित देख्दा अञ्जु चकित पर्छिन

बिक्रम
मिलाई आयौ इज्जत सारा माटोमा तिमीले
नभन अब मलाई बाबा नभन तिमीले

अठार वर्ष पालेको मैले यै दिनलाई हो
कहाँ छ भन त्यो राज तिम्रो तिम्रो भलाइ हो
पिएर रक्त पार्नुछ शान्त मनको यो क्रोध
कहाँ छ भन बढ्दैछ अझ मनको यो क्रोध

अञ्जु
पिउछौ भने पिउन बाबा मेरो यो रगत
हेर्दछु बाबा मपनि आज हजूर्को तागत
ती प्राण प्यारा खोज्दछौ भने हेर यो छातीमा
उठाय बाबा खुकुरीलाई हान यो छातीमा

बिक्रम
नकर्ची तिमी लाग्दैछौं मुख पु¥याउ होस् है
सजाय मृत्यु दिउला तिमी पु¥याउ होस है

अञ्जु
के मार्छौ बाबा मरेको मान्छे नदेखाउ फुर्ती
यो लाश यही छोडेर जाउ मेरो छ यो अर्ति

अमर तिमी रहेछौ जाली किन ग¥यो छोका
विश्वास थियो तिमीमा कति छोप्यौ नि मौका

बिक्रम
नगर बढी नखरा तिमी कहाँ छ त्यो राज
पु¥याइ दिन्छु म त्यसलाई यमलोक आज
छुपेको होला यतइ कतै गर है तलास
सकेछौ भने जिउँदो ल्याउ नभए त्यो लास
खुरुक्क हिड मसंग तिमी ए छ भने आस
होइन भने गाड्नेछु आज तिम्रोपनि लास

अञ्जु
अटल छु म म जानेछैन जाला बरु प्राण
लिने नै भए लैजाउ बाबा बिन्ती छ यो प्राण

बिक्रम
मलाई चिन नदेउ तिमी चनौती मलाई
बढिनै बोल्यो मसंग तिमी घिसार यस्लाई
के सोच्छौ तिमी मिलायौ आज माटोमा इज्जत
नगर आस सजाय तिमी पाउछौ अब त

अञ्जु
अध्यारो थियो संसार मेरो अध्यारो नै रह्यो
क्या मीठो थियो यूगीन सप्ना अधुरो नै रह्यो
चील र काग बनेर गिद्द चिथोर मलाई
अभागी रै छु सजाय देऊ जिउदो जलाई
सहन्छु सारा दुख र कष्ट बनेर लास म
जुनीमा अर्काे हुनेछ भेट लिएर आस म
चील र काग बनेर गिद्द चिथोर मलाई
चिथोर अझै चिथोर अझै दुख्दैन मलाई
राख्नेछौ बाबा इज्जत कुन यो छोरी मारेर
मिल्दैन खुसी कहिले बाबा महल हेरेर
घाउ नै घाउ शरिर भरी तैपनि हाँसेकि
बुझन बाबा यो मनलाई कसरी हाँसकि ?
चील र काग बनेर गिद्द चिथोर मलाई
चिथोर अझै चिथोर अझै दुख्दैन मलाई

केही दिन पछि अमरसंग राजको भेट हुन्छ र किन छल गरेको भनेर सोध्छ

राज
विश्वास थियो तिमीमा कति तोड्यो नि विश्वास
के पायौं साथी तिमीले चाँहि तोडेर विश्वास
संसार मेरो उजाडि दियौं हितैषी बनेर
खेल्यौ नि खेल दिलमा मेरो दिलमा बसेर
हानेको भए खुकुरी तिम्ले सहन सक्थे नि
विगार थियो भने नै केही म माफि माग्थे नि
तिमीले गर्दा खरानी भयो मेरो यो संसार
कसरी बाँचू रहेन अब जीउने आधार

अमर
पैशाको विट्टा देखेर साथी भए लालायित
सकिन सोच्न मैले त साथी के हुन्छ उचित
कोपिला मैले निमोठिदिएं नफुल्न पाउँदै
हत्यारा हुँ म सजाय देऊ यो देह जलौदै
कसरी धुने यो पाप मैले के मैले विराएँ
अन्मोल मन हे साथी मैले धनमा विकाएँ

राज
संसार मेरो उजाडि दियौ के दिउ सजाय
विगार केही थिएन मेरो भोग्दैछु सजाय
नगर्नु कैले हे साथी तिमी लालसा धनको
पातकी बन्छौं भएर अन्धो पातक मनको
सक्दछौ साथी के तिमी जोड्न फुटेको यो सिसा
बिर्सेर जाऊ जे भयो भयो यसैमा छ खासा
भेट्दिन साथी उन्लाई अब काटेर तिम्लाई
पाउछु के नै भनन साथी काटेर तिम्लाई ?

अमर
नगर्नु थियो यो गल्ती मैले हे साथी विराएँ
लाग्दछ साथी मलाई घृणा के मैले विराएँ
ल्याउछु साथी ती अञ्जुलाई दिएर जीवन
मनको मैलो धुनेछु साथी तिमलाई बचन

राज
सप्नामा मात्रै पाउला अब अञ्जुलाई भेट्न
चीरायुसम्म निदाउछु म अञ्जुलाई देख्न
नदेऊ साथी ती आशा अब छैन यो सम्भव
खोलाका दुई किनारा भयौ कहाँ छ संगम

अमर
हँुदैन साथी किनारा कतै विशाल सागर
भेट्नेछौ साथी ती अञ्जुलाई सन्देश नगर

अञ्जुको हालखबर बुझेपछि एक दिन अमर राजलाई अञ्जुको हालखबर सुनाउछ र अञ्जुलाई भगाउने नयाँ चाल बताउछ

अमर
मसंग साथी छ यौटा बाटो ती अञ्जु भगौने
उपाय मेरो दिएर धोका बिक्रम फसौने
लिएर पैशा बिक्रमलाई दिनेछु ठेगाना
दल र बल लिएर खोज्दै आउछ ठेगाना
त्यो बेला साथी सजिला हुन्छ ती अञ्जु भगौन
बरु म जान्छु अहिले साथी त्यो सबै मिलौन
मनमा धेरै नल्याऊ कुरा यो आँट गर
तिमी च्यैं बरु करेर बस्नु सझना त्यो घर

राज सम्झनाको घर जान्छ

सम्झना
अधेर रात को हऊ तिमी ढोकाको पारीमा
केलाई आयौं पहिला भन अधेरी रातीमा

राज
जिन्दगी सारा अध्यारो भयो जुनेली रातमा
पाउछ भन्ने आशा छ झिल्को त्यो तिम्रो साथमा
खोलन ढोका लिएर आशा तिमी काँ धाएको
संसार रित्तो साहारा माग्न तिमी काँ आएको

सम्झना
आउन भित्र तिम्लाई सत्रै यो ढोका खुला छ
पसन भित्र तिम्लाई भनी यो ढोका खुला छ

राज
हेरेनी जहाँ केवल देख्छु अध्यारो रात्री म
उजाड भयो संसार मेरो थाकेको यात्री म

सम्झना
एउटा मान्छे नहुँदा रित्तो हुँदैन संसार
सुन्दर यति बगंैचालाई नगर संहार

राज
दुखेको मन पाउछ थाह छातीको जलन
फूलेको फूल बुझ्दैन कैले काँडाको जीवन

सम्झना
सुख नै सुख मिल्दनै कैले यो कुरा बुझन
सुख र दुख आउछ जान्छ मान्छेको जीवन

राज
कहिले हाँस्यो मेरो यो मन कसले देख्यो र
मलाई मात्र दुख नै दुख कसले लेख्यो र

सम्झना
सुख र दुख लेखेको हुन्छ भाग्यमा बरोबर
देखिन्छ त्यस्तै जसरी हेर्छौ जिन्दगी सरोबर

राज
हेरेनी जहाँ देखिन्छ काडा कसरी टिपूँ म
नयन मेरा थाकेका छन् कसरी हेरुँ म
सकिन बुझ्न फुल किन काडा यो मेरो जीवन
जीवन मेरो फूल कि काडा तिमी नै भनन ?

सम्झना
आँखामा फूल राखेर हेर फूलनै देखिन्छ
आँखामा काडा राखेर हेर काँडा नै भेटिन्छ

अमरको प्रवेश

राज
अमर आयौ खबर ल्यायौ के चाहि तिमीले
व्याकुल छु म खबर तिमी भनन पहिले

अमर
मिलाई आएँ व्यवस्था सबै बिक्रम फसने
जाने हो आजै समय आयो त्यो मुटु कसने
दल र बल लिएर आजै आउछ बिक्रम
जालमा हाम्रो बेस्सरी आज फस्दछ बिक्रम

सम्झना
लाग्दछ शंका मलाई अझै अमर तिमीमा
त्यो मन बेच्यो लाग्दैन अब विश्वास तिमीमा

अमर
सकिन थाम्न यो मन मैले लोभ्याउने धन
करोड लाख रहेछ शुन्य जाग्यो नि यो मन
विश्वास गर अमर आज त्यो पाप धुनेछ
नसके धुन जीवनभर काडाले खानेछ
स्वीकार गर्छु विराएँ मैले भएछु दानव
दिएर क्षमा त्यो गल्तीलाई वन है मानव

राज
कति नै तोड्ला विश्वास मेरो सबै म सह्न्छु
हजार बार विश्वास तोडे विश्वास गर्नेछु
छोडन अब बितेको कुरा सम्झेर के गर्नु
कहिलेसम्म कुडिने मन भोलि त छ मर्नु

अमर
नगर अैले सन्देह साथी हुँदै छ है ढिलो
नगर ढिलो गुम्ने छ साथी जीवनको जिलो
जानेछ खेर जीवन मेरो जाँदैन वचन
नमान डर म दिन्छु साथ त्यो मन कसन

राज
सफल भए आउला साथी ती अञ्जु ल्याएर
कुरेर बस्नु आउला साथी ती अञ्जु ल्याएर

अमर र राज अञ्जुको घर पुग्छन् । कोही नभएको मौका छोपी अमर अञ्जुलाई राज आएको खबर सुनाउन पछाडिबाट माथि चढ्छ तर अञ्जु सन्देह गर्छिन

अञ्जु
को छ र त्यहाँ झ्यालको पारी किन चियाउने
नसोच्नु तिमी अकेली होली आज डराउने

अमर
छ तिमीसंग एउटा कुरा म हु नि अमर
लिएर आए तिम्लाई भेट्न राजको खबर

अञ्जु
कुटिल मन तिमी त जाली रहेछौ अमर
जालमा पार्न कपट होला के होला खबर
पर्दिन अब कहिले पनि म तिम्रो भरमा
कारण तिम्रै मरेर बाच्नु जीवन भरमा
वर्वाद किन तिमीले ग¥यो मेरो यो जीवन
जलाई सारा संसार मेरो के पायौ भनन

अमर
अबुझ थिएँ अज्ञानी थिए त्यो मेरो विगार
माग्दछ क्षमा ती पाउँ छोई बिन्ति छ हजार
त्यो पाप धुन आएको आज लिएर सन्देश
निश्छल छ है यो मन आज नगर सन्देह

खोलन झ्याल हेरन तल देखिन्छ राज
नगर ढिलो पछुतो होला नविराउ आज

अञ्जु
म पर्ने छैन जालमा तिम्रो सक्दैनौ फसाई
जल्दछ मन सुनेर मात्रै तिम्रो त्यो बोलाई
जान्छौ कि तिमी दिउ म धक्का नपार जालमा
लाग्नेछ आँशु तिम्लाई मेरो नपार जालमा

अमर
कसम थियो किनारा दुई एक बनाउने
वचन मैले दिएको थिएँ तिम्लाई ल्याउने
खोलन झ्याल हेरन तल राज छ बसेको
विश्वास गर आउन तल तिम्लाई कुरेको

अञ्जु अमरलाई धक्का दिन्छिन, अमर तल खस्छ, घाइते हुन्छ

राज
के भयो साथी कसरी खसयौ कतै लाग्यो चोट
नलेउ पीर उठन साथी उठन साथी उठ्

अमर
सजाय पाए हे साथी आज त्यो मेरो भूलको
सकिन साथी विश्वास जित्न मैले चै उनको
सन्देह लाग्यो ती अञ्जुलाई फसाउछु भन्ने
याचना गरे मानिन उनी अब चै के गर्ने

राज
नलेउ पीर नलेउ पीर जे होला त्यै होला
अरु के होला यो आशापनि वगर नै होला

अमर
अधुरो रह्यो वचन मेरो तिम्लाई दिएको
सकिन धुन मनको मैलो व्यर्थमा जिएको

राज
नभन साथी नभन त्यस्तो त्यो दाग मेटियो
लालसामाथि विजय पायौ स्वर्ग नै भेटियो

अमर
पख है पख आवाज के को आउँदै छ कोही
लुक है लुक आवाज के को आउँदैछ कोही

राज
ल उठ साथी बिक्रम आयो जानु छ भागेर
भाग्यको लेखा रहेछ यस्तै ती आशा मारेर

अमर
सक्दिन साथी म उठ्न अब तिमी नै जाउ है
नब्युझ्ने गरी चिरायुसम्म निदाए म त है

राज
नमार आशा उठन साथी थोरै छ समय
नमान हार उठन साथी बाकी छ सयल

अमर
छोडेर जाऊ मलाई एक्लो सकियो यो डेरा
देख्दछु आज केवल साथी कालको म घेरा

दलबल सहित बिक्रमको प्रवेश, राज भाग्छ, अञ्जु देख्छिन, तल आउछिन, बिक्रम रोक्छ

जीवनदेखि हरेस खाएपछि सम्झना जीउने आशा देखाउछिन्

सम्झना
हुँदेनन् सबै सपना पूरा हामीले देखेको
नलेऊ पीर मिल्दछ यहाँ भाग्यमा लेखेको
भाग्यमा तिम्रो लेखेको भए ती अनु भेट्नेछौ
नभए तिम्रो भाग्यमा उनी मिलेर छुट्नेछौ

राज
तिमीले दिल दिएकि छैनौं के थाह तिम्लाई
सजिलो भन्न बुझाउ मैले कसरी मन्लाई
भनन तिमी ती अनुलाई कहाँ म भेटुला
नपाए मैले ती अनुलाई कसरी बाँचूला

सम्झना
बगने खोला बगेर जान्छ जहाँ बगाए नि
मान्छेको मन जता नि जान्छ जहाँ लगाए नि

राज
देखेकि छौं र कहिले खोला चढेको उकाली
वगेको हुन्छ जहिलेपनि खोला चंै ओराली

सम्झना
बगैचामाझ फूलेका हुन्छन् फूल चैं हजार
नटिप्न सके एउटा फूल हुँदैन संहार

राज
म टिप्ने थिए अरु नै फूल कहाँ म पाउला
निश्छल चोखो त्यो उनको माया म कहाँ पाउला

सम्झना
के गथ्यौ तिमी त्यो आज नफुलेको भए
के गथ्र्यौ तिमी त्यो फूल तिम्ले नदेखेको भए ?

राज
फुल्न त फूल फुलेका होलान हजारौ हजार
हजारौ माझ अल्झियो मेरो उनीमा नजर
अरुले यहाँ देख्दैन साथी मनको जलन
हुँदैन एक पृथक हुन्छ मान्छेको यो मन

सम्झना
सक्दिन बुझ्न त्यो तिम्रो कुरा सक्दिन म बुझ्न
सक्दिन पुच्छन् ती तिम्रा आँशु सक्दिन म पुच्छन
भाग्यमा यसतै रहेछ भनी बुझाउ त्यो मन
नसोच धेरै संहारबाट बचाउ जीवन
मिल्दैन चोला मान्छेको फेरि मिल्दैन जीवन
भाग्यमा यस्तै रहेछ भनी बुझाउ त्यो मन

राज
हेरौला अब जीन्दगी मेरो बग्दछ यो कहाँ
कहिले यता कहिले उता जाला नि यो कहाँ

अन्जुको विहे अन्तै गर्ने तयारी हुन्छ

आमा
जानु छ छोरी तिमीले आज पराय घरमा
गरेर खानु मिलेर बस्नु पराय घरमा
हसिलो पार्नु उज्यालो पार्नु घर र आगन
मिलोस सधैं तिम्लाई छोरी त्यो घर मगन
बिर्सेर जाउ अतित सारा नयाँ यो जिन्दगी
के गर्नु छोरी सम्झेर अब दुख नै मिल्छ कि
भाग्यमा तिम्रो रहेछ यस्तै स्वीकार यस्लाई
लाग्दैछ घृणा यो भाग्य लेख्ने धिक्कार ईशलाई
बुझ्दछु छोरो म तिम्रो दुख तर छु लाचार
पु¥याउ मेधा जिन्दगी तिम्रो गर है विचार
भीरमा पनि जो सक्छ फुल्न त्यो जित्छ संसार
नसके फुल्न कोपिलामा नै त्यो हुन्छ संहार

अञ्जु
दुख नै दुख दिन्छकि भनी पराय घरमा
कसरी हाँस्छन् कसरी खेल्छन् माइत घरमा
माइत घर भयो नि आमा मलाई मसान
मपनि उड्थे चरीझै तोडी कसरी म शान
भीरमा पनि फुल्न नै दिए म फुलन सकुला
कोपिलामा नै निमोठि दिए कसरी फुलुला ?
चलन कस्तो पृथक छन मानिसका कित्ता
कहिलेसम्म रहन्छन् आमा महलका भित्ता
जतिनै ठूलो नहोस किन बिक्दैन यो मन
मान्छेले यहाँ सोच्दैन मान्छे नभए यो धन
कोहीसंग् होला करोड लाख कोहीसंग् हजार
कोहीसंग् होला मलह कोही झोपडी संसार
जितोस किन संसार सारा छोडेर जानुछ
गरिव धनी जो भएपनि मरेर जानुछ
म बाँच्ने छैन धेरै नै अब खेउन हिरन
म देख्ने छैन कहिले अब रवीको किरण
नसुक्दै शित लिएर जन्ती आउँदा ती भोलि
चढाइ दिनु मलाई आमा बासको त्यो डोली
नदिनु आमा सुन र चादी नदिनु मलाई
दिनु है कात्रो बिन्ति छ आमा दाइजो मलाई

सुभद्रा
सक्दिन पुच्छन् तिम्रा ती आँशु धिक्कार मलाई
बाध्यता मेरो हे दैव चाँडै लैजाउ मलाई
नदिनु कैले नारीको जन्म धनीको महल
पिंजडा बन्छ नारीको लागि धनीको महल

अञ्जुको विहे भइसकेपछि राज विरक्त हुन्छ र सम्झना उसलाई सम्झाउने प्रयास गर्छिन

सम्झना
नपर्ख अब लिएर आशा ती अञ्जु पाउने
नकुर अब हेरेर बाटो ती अञ्जु आउने
आउदिन् अब कहिले पनि तिम्लाई भनेर
चढेर डोली गैसकि अनु तिम्लाई छोडेर

राज
मलाई था छ आउदिन् उनी मनले मान्दैन
नहेरु भन्छु उनको बाटो मनले मान्दैन

हेरेर बस्छु मनको बाटो रहेसम्म सास
मलाई भनी आउनेछिन मनमा छ आश

सम्झना
नराख आशा आउने उनी नराख त्यो आशा
नकस धेरै फुकाउ अब मनको त्यो बासा
सिउदो जुन भरुला भन्थ्यो अरुले भरेछ
स्वीकार तिमी संसार तिम्रो पृथक रहेछ

राज
फाटेर आज एउटा मुटु दुई हिस्सा भयो
खोलाका दुई किनारा हुनु कस्तो किस्ता भयो

क्या मीठा थिए देखेका हाम्ले यूगीन सपना
खरानी भए जलेर आज यूगीन सपना
कोमल ह्दय कोमल मन कोमल माया थ्यो
रापले पोल्दा शितल दिने शितल छाया थ्यो
भनन साथी त्यो माया अब कहाँ म पाउला
भनन साथी त्यो छाया अब कहाँ म पाउला

सम्झना
हेरन तिमी तिम्लाई माया गर्दछन् हजार
पाउछौ तिमी शितल छाया ती आशु नझार

राज
दयाकी खानी हर्षकि रानी जगत जननी
चोरेर उन्कै त्यो खुसीयाली हास्दथ्यो अवनि
अध्यारो छायो विलायो आज हसिलो मुहार
मध्य यो निशा माग्दैछ आज रवी नै गुहार
बिहानी पख छाउथ्यो लाली पूर्वी त्यो आकाश
निष्पट्ट छायो रवी नै खायो आज छ उदास

ढुङ्गाको मन कोमल फूल लागेन निगाह
लाग्नेछ पाप जवरजस्ती गरे नि विवाह
शुन्य छ आज संसार सारा आँशु छ निधार
नझार भन्छौ नयनाजल के लेख्यो निधार
जीवनभर वगिनै रन्छ आशुको यो धारा
अधुरो भयो जीवन मेरो कर्मको म हारा
चन्द्रमा खेल्ने मुहार उनको सक्दिन बिर्सन
बर्षन्छन् सधैं नयनाजल छुट्दैन वर्षन

सम्झना
बसन्त ग्रिष्म बरषा शर्द चलेको छ चक्र
बुझन तिमी त्यस्तै हो हाम्रो जीवन यो चक्र
पोल्दैन सधैं ग्रिष्मको राप आउदछ वर्षा
हेमन्त अनि शिशिर सही मिल्दछ हर्ष
जो गर्न सक्छ संसार अनि आफु नै वर्जित
सन्तोषी मन आनन्दी मन तयही छ हर्षित
नसोच तिमी अकेलो छु म म छु नि साथमा
दिनेछु साथ हरेक पल औसीको रातमा

त्यो छाया दिन्छु त्यो माया दिन्छु बसाल मनमा
त्यो ज्योति दिन्छु, त्यो मोति दिन्छु तिम्रो जीवनमा

राज
अन्जान बनी यो दुखसंग नगास मितेरी
व्यथैमा तिमी नरोज साथी काडाको चौतारी
दुख्लाई छोडी खोज्दछन् सबै खुसीको संसार
भनन किन रोज्दैछौ तिमी दुखीको संसार

सम्झना
सुन्दर कति भनेर सबै टिप्दछन् गुलाव
देखेका छौ नि काडाकै माझ फुल्दछ गुलाव
दुखको माझ देखेकि मैले सुखको संसार
त्यसैले हो नि रोजे कि मैले दुखको संसार

राज
बाहेक आँशु अरु के दिन सक्छु र तिम्लाई
आँशुमा किन डुब्दछौ तिमी नरोज मलाई

सम्झना
मलाई तिमी आँशु नै देउ म हाँसो दिनेछु
मलाई तिमी दुःख नै देउ न सुख दिनेछु

राज
यो कुरा मेरो मान्दिनौ भने के भनूँ तिम्लाई
मलाई कुरी बस्दछौ भने के भनूँ तिम्लाई
यो घाउलाई बिर्सन सके तिम्लाई अंगाल्छु
सकिन भने बिर्सन अनु मृत्यु नै अंगाल्छु

सम्झना
कुरेर बस्छु हजारौं जुनी तिम्लाई पाउन
अर्चना गर्छु देउता भाकी तिम्लाई पाउ म

विहे गरेको छ महिनामै अञ्जु छोरा पाउछिन् । अनेक आरोप लागाउदै उनलाई घरबाट निकाल्छन्

मिलन
दुन्याको पाप बोकेर ल्यायौ यो मेरो घरमा
नबस तिमी एक्छिनपनि यो मेरो घरमा
नकर्ची छि छि लुटायौ वैश मेटाउन प्यास
निर्छली वेश्या रछान पा¥यौ मेटाउन प्यास
चरित्रहिन लागेन लाज खेलाउदा नाठो
नक्चरी वेश्या लागेन लाज खुवाउदा झुठो
पचाई लाज यौवनलाई बनायौ रछान
नहोला थाह कतिका तिम्ले ततायौ ओछ्यान

अञ्जु
मलाई जे जे भने नि हुन्छ नराख क्यै बाँकी
भनन अझ यति नै हो कि अरु छ क्यै बाँकी
यो सत्य नै हो मेटाए प्यास लुटाए यौवन
मानेर द्योता उन्लाई दिए यो मन यौवन
जसलाई तिमी भन्दैछौ पाप त्यो हाम्रो सृष्टि हो
सोच्दछौ भने यसलाई निच त्यो तिम्रो दृष्टि हो

मिलन
नक्चरी अझ लाग्दछौ मुख सिलाउ थुतुनो
हाम्रो त राख इज्जत तिम्ले मेटायौ आफुनो
निस्कि जा जहाँ लुटायौ तिम्ले तिम्रो त्यो यौवन
मलाई अब चाहिदैन् जूठो तिम्रो त्यो यौवन

अञ्जु
जहिलेसम्म गर्नुथ्यो भोग ग¥यौ है बेस्सरी
म¥यो कि धित तिम्रो चै आज धपायौ यसरी
नआउ भन्थें नजिक मेरो क्यै हुन्न भन्यो नि
यौवन मेरो सिन्दरसंग साटेर लग्यौ नि
जादैछु आज छोडेर आफै ढोगीको संसार
के दोष कस्को जिन्दगी बित्छ भाग्यको अन्सार

अञ्जु घर छोडेर आएपछि राजको खोजीमा भौतारिन्छिन र एक दिन सम्झनाको घरमा आइपुग्छिन्

सम्झना
को हऊ तिमी चिनेझै लाग्छ तिम्रो त्यो मुहार
कता हो कता देखेझै लाग्छ तिम्रो त्यो मुहार

अञ्जु
सम्झना हौ नि तिमी च्यैं साथी भनन मलाई
दौथरी बनी हास्खेल गथ्र्याै चिनिनौ मलाई

सम्झना
अञ्जु हौं तिमी चिने नि मैले होइन साथी
कसरी भुल्न सकुला भन मइले ती सखी
कसरी आयौं आज चैँ तिमी के हाल तिम्रो छ
उदास छौ नि हसिलो रुप किन मधुरो छ

अञ्जु
न हुन्छ सुरु न अन्त्य हुन्छ मेरो यो कहानी
उनलाई भेट्ने आशामा मात्रै चलेको परानी
दुखीको कर्म मनको मर्म सुनाउ के हाल
भीरको फर्सी भएछु म त जिन्दगी बेहाल

सम्झना
लाग्नेछ आँशु ती पापीलाई अभागी छोरीका
सकेन्न पुछ्न नयनाजल अभागी छोरीका

अञ्जु
बाबाले पनि बुझेन्न मेरो मनको यो मर्म
कस्लाई दिने यो दोष मैले दोषी छ यो कर्म
बितेका कुरा छोडन अब सम्झेर के गर्नु
सम्झियो जति त्यति नै गाह्रो जीउनु न मर्नु
सम्झन्छ आज केवल मन ती प्राण प्यारालाई
छोडेर सारा म खोज्दै आए ती प्राण प्यारालाई
कहाँ छन् भन ती प्राण प्यारा जीवन छ झिनो
अन्लाई मैले दिनुछ आज मायाको यो चिनो
खोजे नि मैले त्यो गाउँ सारा त्यो रानी वन नि
नदेख्दा उनी डरायो साथी यो मन लौ न नि
होला नि थाहा तिम्लाईपनि बस्दछन् ती कहाँ
भनन साथी घर छ कहाँ म जान्छु नि त्यहाँ
गर्नु छ आज मइले पूरा अधुरो सपना
कहाँ छन् उनी गर्नुछ पूरा यूगीन सपना

सम्झना
भयो नि ढिलो त्यो खोला सुकि भै सक्यो बगर
डढेलो लाग्यो खरानी भयो सुन्दर नगर
अधुरो थियो अधुरो रह्यो त्यो तिम्रो सपना
हुदैन पूरा कहिले अब यूगीन सपना
नराख आशा नटुट्ने गरी कालको पाश छ
जुन र तारा भएनि साथी स्वर्गको बास छ

अञ्जु
नभन त्यस्तो भनन साथी झुठो हो यो कुरा
नहान साथी नहान साथी छातीमा यो छुरा

सम्झना
अरुले तिम्रो सिउदो भरी डोलीमा लैजादा
अंगाले मृत्यु विछोड तिम्रो सहन नसक्दा

अञ्जु
हे दैव तिम्ले यो भाग्य मेरो कसरी लेखे छौं
धन्य छ दैव त्यो दुख सारा मलाई दिए छांै

दुखेन मन हे दैव तिम्रो यो भाग्य लेख्दा
दुखेन मन हे दैव तिम्रो मुनालाई रेट्दा
हे दैव तेरो निसाफ अन्धो सहनै गाह्रो भो
कस्तो यो खेल मलाई यहाँ जिउनै गाह्रो भो
किनारा दुई भयौ नि यहाँ धनका भित्ताले
विछोड भयौ गरिव धनी मानिसका कित्ताले
देखेको हाम्ले क्या मीठा थिए–यूगीन सपना
अधुरो थियो अधुरो रह्यो यूगीन सपना
यो दुखीलाई भएन ठाउँ कहाँ म जाउला
मपनि जान्छु ती प्राण प्यारा स्वर्गमा पाउला

चौतारामा गाउलेहरु बसेका बेला एकाएक कुरा चल्छ भीरबाट एउटी महिलाले हाम फालिन भन्ने र सबै त्यतै जान्छन्

एक
फालिक किन भीर्बाट हाम को हुन विचरी
के होला नाउ, का होला गाउ को कुन विचरी

अर्काे
क्या दुख शिव परेको होला विचरी यिनलाई
हाय् शिवशिव कसैले पनि चिन्छौ कि यिन्लाई

पहिलो
हेरन कोही बाँचेको छ कि अलिकति सास
हेरन साथी कोही त हेर जीवनको आस
तेस्रो
रोदन् के को बालकपनि लाग्दछ छ कतै
खोजन साथी बालक खोज लाग्दछ छ यतै

अङ्गभङ्ग भएको शरिर राज हेर्छ, विरक्त भई ठूलो स्वरमा अञ्जु भनेर चिच्च्याउछ, र ढल्छ ।

इति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *