गैरो समुद्र
मापन गर्न देऊ
शिखरको उचाइ
१
कस्तो बासना
फूलझैं फुलेको त्यो
तिम्रो शरीर
२
अतृप्त मन
चाहना मिलनको
दुई किनारा
३
लजाई किन ?
संभोग अनिवार्य
सृष्टिको लागि
४
अतृप्त मन
कामुक समुद्र त्यो
काय कायल
५
तिम्रो हेराइ
गहना हुन तिम्रा
तिम्रो लजाइ
६
मन लोभियो
फूलमा छ बासना
पीडा काँडामा
७
तिम्रा नयन
यो रक्सीझै नसालु
तिम्रा अधर
८
कर छ डर
त्यो तिम्रो मञ्जुरी नै
तिम्रो इन्कार
९
भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर
