Skip to content

केही मुक्तक (कसैलाई मासुभात)


कसैलाई मासुभात कसैलाई नून
कोही छन् नाङ्गा कसैको जीउभरि सुन
माया, ममता, स्नेह भन्नलाई मात्र हो
ढुङ्गो पग्लिएला छैन मान्छेलाई गुन ।

मान्छेबाटै मान्छकै लागि अनेक जाल रचिन्छ
दुई पैसा झर्छ भने शिरदेखि पाउसम्म घसिन्छ
जति थुपारे नि नपुग्ने भो अब धनको राश
हेर, जमाना आयो कस्तो यहाँ आमाको दुध बेचिन्छ ।

पाटी खुले गल्ली पिच्छे नेता भेटिन्छन्
कुरा गर्छन न्यायको दिउँसै घाँटि रेटिन्छन्
महान देशका महान भनौदा नेता हाम्रा
देह बेच्नेदेखि देश बेच्नेसम्म देखिन्छन् ।

अघायो भने सधैं सुतिरहन्छ
सक्दैन गर्न सिकार चुकिरहन्छ
के छ र नयाँ जातै हो यस्को
छोड्, भुक्ने कुकुर भुकिरहन्छ ।

टीका अनि अभिर लाउदैछ
भाग्य कस्तो सम्मान पाउदैछ
म नि गर्छु पूजा यसपाली
पख, कुकुर तिहार आउँदैछ ।

निमुदा माथि चमत्कार ग¥यौं
बाटो देखायौं पो सत्कार प¥यौं
बैगुनी रै’छौं धोकेवाज तिमी
सपनामाथि बलात्कार ग¥यौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *