Skip to content

केही हाइकु (नयाँ सडक)


नयाँ सडक
अनिश्चित छ यात्रा
थोत्रो छ गाडी ।

रमिते दर्शक
गोल गर्न नसक्ने
हाम्रा खेलाडी

पर्दा पछाडि
श्रीपेचरहितका
यी हुन राजा

रहेन अब
सुनौलो इतिहास
शुन्य भविष्य ।

काँडाको बाटो
जानु छ धेरै टाढा
औंसीको रात

सभ्य नागरिक्
प्रदुषित शहर
हाम्रो चिनारी

भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *