Skip to content

केही मुक्तक

Yagya Raj Joshi

केही मुक्तक

केही माद त्यो तिम्रो लजाइमा
केही माद त्यो तिम्रो हसाइमा
त्यो माद पिई लठ्ठ भए म
केही माद् त्यो तिम्रो हेराइमा ।

चियायौ के यो दिल भित्र
कोरियो केवल तिम्रो चित्र
सोचें वर्णन गर्छु त्यसलाई
झनझन लाग्यो त्यो विचित्र ।

पाउदेखि शिरसम्म
रत्न मणी छ टम्म
आहा ! क्या मीठो बासना
त्यही त छ गम्म ।

तिमीले रिसाए, फकाउँछु म
तिमीले रुवाए, हसाउछु म
यसै गरी सधैं भरि, जुनीभरी
तिमीलाई मायाले सताउँछु म ।

यो झरी झर्नुको कुनै अर्थ छैन
यो खोला बग्नुको कुनै अर्थ छैन
के अर्थ लगाउ यो ढुङ्गामाटोको
यो जीन्दगीको त यहाँ कुनै अर्थ छैन ।

रुँदा रुँदा तिनका ओठ हाँसेझै देखिन्छन्
चिसोले कठ्याङ्ग्रिएर ती नाचेझै देखिन्छन्
को हुन् ती कुन्नी कहाँबाट आए आज
बाँच्न नसकेर ती केव बाँचेझै देखिन्छन् ।

भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *