म तान्दै थिएँ, उनी मलाई हान्दै थिइन
म हाँस्दै थिएँ, उनी रिस मान्दै थिइन
रक्सीको मादमा दुन्याँ भुल्न खोज्थें म
कुन्नि किन हो उनी आँखा तान्दै थिइन ।
१
कामवासना फिजाउने तिम्रा ती बातहरू कामी छन्
यो मन रिजाउने तिम्रा ती हातहरू नामी छन्
तिम्रो स्पर्श स्पर्शमा माद लाग्छ मलाई
अमृत प्याला पिलाउने तिम्रा ती ओठहरू दामी छन् ।
२
हातमाथि हात हुनेछ
गाथमाथि गाथ हुनेछ
सुनसान मधुर रातमा
मादमाथि माद हुनेछ ।
३
भावना क्षितिज
