अतितका दागहरू धुनुपर्ने थियो
आफन्तका आँखा छली रुनुपर्ने भयो ।
फुटी हाले आफ्नो मुटु बाँच्ने कसोरी हो ?
छुटी हाले प्यारो साथ हाँस्ने कसोरी हो ?
आफ्नैसँग पिरहरू फुनुपर्ने थियो
आफन्तका आँखा छली रुनुपर्ने भयो ।
बिर्सिएका सुखहरू नसम्झने भए
सम्झिएका दुखहरू नबिर्सने भए
जीवनदेखि हिजै बिदा हुनुपर्ने थियो
आफन्तका आँखा छली रुनुपर्ने भयो ।
कता सुक्यो मुर्चुङ्गाको मन हर्ने धून
कता लुक्यो घाम अनि कता लुक्यो जून
यी हातले आफ्नै जून छुनुपर्ने थियो
आफन्तका आँखा छली रुनुपर्ने भयो ।
2017-08-25 08:53:29 +0000
