Skip to content

दुख्यो भित्र–भित्र


आज एउटा पीरले दुख्यो भित्र–भित्र
सम्झाउन साह्रै गाह्रो भाँडिएको चित्त

घाम छायाँ हावा हुरी झेल्दै खुसीखुसी
बुर्कुसिँदै मनका फाँट खेल्थेँ गाउँबेसीँ
विरक्तियो जीवनसरि गाएको गीत
अनायास टुट्न लाग्यो जीवनको सूत्र

उत्साहले तरिङ्गन्थ्यो वयलीको चाल
क्षितिजसम्म फैलिन्थ्यो सुसेलीको लय
आज किन आफैँदेखि टाढा भयो मित्र
सन्नाटामा घोलिएर भएँ रिक्त–रिक्त

रसाएझैँ लाग्थ्यो कतै छोइएछ शुष्क
पल्लवित डाली लाछी कस्ले चुड्यो पुष्प
कहाँ होला स्वप्नील रङ घोलिएको चित्र
खोजिरहेछु जीवन मौलाउने वृत्त ।

रचना समय र स्थान : २०७२ असोज १३, बुढानीलकण्ठ, काठमाडौं
प्रकाशित : अनमोल पुरस्कारहरु, कविता सङ्ग्रह, २०७२

2017-10-16 05:52:37 +0000

1 thought on “दुख्यो भित्र–भित्र”

  1. सानो आग्रह
    सम्पादकज्यू,
    नमस्कार,
    दोहोरिएको फोटो समेत मिलाइदिनुहुन अनुरोध छ ।

    भेषराज रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *