Skip to content

तप्प तप्प चुहिदिन्छ


तप्प तप्प चुहिदिन्छ परेलीको छानो
भिजीसक्यो खसिसक्यो यो मुटुको पानो

झर्नै लाग्यो मेघ कालो वर्षाउँदै अस्त्र
न छ घरमा खाने पिठो न त लाउने वस्त्र
उनको लागि जे छ यही सामल मूठी मानो
चोटहरू थपिँदै छन् घाउ छ अचानो

उडी गए चरीहरू नयाँ गुँड खोज्दै
छोडी गए पाइलाहरू मनमा पीर घोच्दै
फर्किनुछ भरे फेरि सम्झी आफ्नै सानो
अन्त छैन बाँच्ने आधार धर्ती छ बिरानो

जहाँ जाउँ हराउन्न तिम्रो असीम माया
अमूल्य छ यो धर्तीमा केबल तिम्रो माया
भिज्न हुन्न चिसो पसी मेरो काख न्यानो
किन आँसु आँखाभरि मुख छ मलिनो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *