Skip to content

रात भए जलेवाझैँ

रात भए जलेवाझैँ दिन मालुवाझैँ
जीवन भयो पतझर मेरो मन पालुवाझैँ ।

यो जिन्दगी लथालिङ्ग बालुवाको मुठ्ठी भयो
कतै चोट दुख्ने भए कतै हलुवाझैँ
मन डढ्यो वन डढ्यो धर्ती आकास डढ्यो
जीवन भयो मरुभूमि सुख्खा बालुवाझैँ ।

बस्ती छोडेँ कहाँ गई मेटुँ भोक प्यास
शिथिल शरीरमा को बग्देला सरस जरुवाझैँ
धाँजा फाटी पयरहरुमा थकान भित्रै घुस्यो
मुटु फाट्दा को भई देला जोड्ने करुवाझैँ ।

रात भए जलेवाझैँ दिन मालुवाझैँ
जीवन भयो पतझर मन पालुवाझैँ ।

प्रकाशित : बालुवाको मुठ्ठी (गीति कविता संग्रह) , २०५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *