Skip to content

bikramaditya

सानी बालिका

आज एउटी सानी बालिका छरपस्ट कपाल अनि झुत्रे वस्त्रहरूमा
व्यस्त सडकको एउटा पाटोमा
मायालाग्दा ती उसका कारुणिक दृश्यहरूलाई
व्यस्त मानिसहरूसँग प्रस्तुत गर्दै
आफ्नो पेट भर्ने पैसा मागिरहिछ
आफ्नो मैलो हात तेर्स्याई तेर्स्याई
त्यो एउटी सानी बालिका

असत्य

एउटा सत्य
अनेकौं असत्य
म दाज्न पुग्नेछु
र असत्यले जित्नेछ
यो संसार असत्य छ
जब तिमी सोच्नेछौ,हेर्नेछौ,सुन्नेछौ र बोल्नेछौ।
असत्यले तिमीलाई घेर्नेछ
तिमी आफै सत्यलाई असत्य भन्नेछौ
जब तिमीले सत्यबोध गर्नेछौ
तिमी आगोलाई आगो भन्नेछैनौ
तिमी पानीलाई पानी भन्नेछैनौ
असत्य लाग्नेछ यो संसार तिमीलाई
असत्य भन्नेछौ आफैले आफैलाई
तिमी सोच्न थाल्नेछौ
सत्य असत्य र असत्य सत्य हो भनेर
र दुनियाँले तिमीलाई असत्य भन्नेछ।
बिक्रमादित्य

उल्टो

तिमी आँखाँले हेर्दछौ
कानले सुन्दछौ
नाकले सुग्धछौ
मुखले बोल्दछौ
सबै उल्टो भइरहेछ
तिमीले हिड्ने बाटो उल्टो छ
सोच्ने सोच उल्टो छ
हेर्ने दृश्य उल्टो छ
सबै उल्टो भइरहेछ

म आउने छु

म आउने छु
हो म आउने छु
अहिले म वर्तमान स्थितिबाट
धकेलिएता पनि
म भोलि आउने छु
म पर्सी आउने छु हो म भवीष्यको कुनै दिनमा अवश्य आउने छु
जतिखेर संसारले
मानेको भौतिकशास्त्रले समेत छुट्याउन
सक्नेछैन कि त्यो कस्तो दिन हो भनेर?

जान्छु टाढा तिमीदेखि बाटो प्रिय नछेक है

जान्छु टाढा तिमीदेखि बाटो प्रिय नछेक है
लान्छु कतै तिम्रो तस्वीर सम्झनीमा नभेट है

गाजलु ती तिम्रा आँखा चम्किरहने सधैँसधैँ
लजालु ती मुस्कानहरू छाइदिने कतैकतै
निहूरिएर कर्के नजर हेरी तिमी भागीदिन्थ्यौ
चिहाएर एकोहोरो कतैबाट हेरीरन्थ्यौ

असफलताका लताहरू

असफलताका लताहरू मौलाईरहेछन् कता कता
जनताका खाताहरू खुलिरहेछन् जता जता
अमानवता उच्छृंखलता यता उता उता यता
म ता अबला बनिता चारैतिर यो कस्तो सुन्यता

ममताका माताहरू बेलायतका सुन्तला
क्षमताका पिताहरू यातायतका जुन्तारा
झत्ताहरूका पैतालामा सुन्दरता छ कता कता
गिताका ति गाता भए कल्कत्ताका सुन्दर छाता

त्यो रात

आधारात सँगै बस्यो, हेराईमै बित्यो त्यो रात
बोल्न खोज्थ्यौँ, बोल्न खोज्थे मौनतामै
कट्यो त्यो रात

निहुरीएर गाजलु ती आँखाबाट कर्के नजर
लजाउदै चिहाउदै हेर्दा हेर्दै
सक्यो त्यो रात

ब्याख्या आर्चना

कपाल कल्पना गरे मपातलो घना घना
निधार अल्प आकृती रनासिका सुहाउना
कपोल पुष्ट रक्त नम्र सुन्दरा मुहार त्यो
सलक्क कण्ठमा हिरा मुखार ओष्ठअल्प त्यो

शरीर चट्ट कस्तुरी सुगन्ध रूपमा परी
गुलाब हात जात त्यो अकास निश्चला सरी
नवीन चाल मोहनी लगाउने बसन्त त्याँ
मुसुक्क मस्कदा हिरा सुरम्य चम्कने कहाँ

स्मृती प्रेमीकाको

बनेकी यो मेरो मन र दिलकी सुन्दर परी
परीको झै हाँसो मुसुमुसु भए घायल सरी
परीजस्ती गोरी बसिछ मनमा नै जुनिभरी
उसैको मायामा लुटुपुटु भयो यो दिलजली॥१॥

मदिरा महिमा

झर्दै आज छ अन्धकार मधुरो निम्तार यादैहरु
हावा आइरहेछ ढल्मल गरी छर्केर बास्नाहरु
तिम्रै साथ छ यो पला बिगतका त्यै याद निम्त्याउने
तिम्रै हात छ प्रेमलाइ प्रियसीको याद बिर्साउने॥१॥

बेहोसीमा मनपराएछु तिमीलाई हेर्दा हेर्दै ब्यर्थै मैले मनपराएछु बातहरु गर्दा गर्दै

बेहोसीमा मनपराएछु तिमीलाई हेर्दा हेर्दै
ब्यर्थै मैले मनपराएछु बातहरु गर्दा गर्दै

नजाती त्यो रुप तिम्रो खै कसरी तान्यौ मलाई
निष्ठुरी त्यो मनभित्रका भावहरु चोर्दा चोर्दै

आबाजमा जादु छैन न त तिम्रो मुस्कानैमा
पुगीगैछु पुच्छ्न आशुँ आखाँबाट झर्दा झर्दै

किन पनि आयौ तिमी नजीक नजीक हुदै मेरो
टाँस्सीएरै नबसहै ओर ओर सर्दा सर्दै