जान्छु टाढा तिमीदेखि बाटो प्रिय नछेक है
लान्छु कतै तिम्रो तस्वीर सम्झनीमा नभेट है
गाजलु ती तिम्रा आँखा चम्किरहने सधैँसधैँ
लजालु ती मुस्कानहरू छाइदिने कतैकतै
निहूरिएर कर्के नजर हेरी तिमी भागीदिन्थ्यौ
चिहाएर एकोहोरो कतैबाट हेरीरन्थ्यौ
खसालेर आँशु तिमी मलाई कतै नखोज है
जान्छु टाढा तिमीदेखि बाटो प्रिय नछेक है
सँगै बाँच्ने कसम हाम्ले एकान्तमा खाएकाथ्यौ
एकोहोरो आँखा जुधाई प्रीति मिठो लाएकाथ्यौ
याद बोकि जादैछु म एक्लै छोडी प्रियसीलाई
दु:ख सुख साट्ने मेरी हृदयकी हितैसीलाई
आएन भनी रुदैँ तिमी चिठ्ठी मलाई नलेख है
जान्छु टाढा तिमीदेखि बाटो प्रिय नछेक है
बिक्रमादित्य
