Skip to content

प्रियसीको सम्झना


तिम्रो छ याद मनमा कसरी म बाँचु
हेरी म तस्विर कति तिमीलाई सम्झुँ
रातैभरि सपनिमा किन आइरन्छौ
झल्केर यो नयनमा पर भागि जान्छौ

टाढा कतै क्षितिजमा म बसन्त देख्छु
फूले फूलै भनी कतै दिलमा म राख्छु
झोका बनी शिशिरको तिमीलाई भेट्छु
वैलेर जान्छु नफूली झरीमा म रुझ्छु

दिल्मा ल आऊ अब भो नसताऊ प्यारा
लेरै ल जाऊ मन यो जुनीजुनी सारा
वैली रहेछु वनमा एक्लै निहुरी
बर्षा बनी झर तिमी फूलुला म फुर्की

सर्मिन्छु छोपी नयनै जब देख्छु पंक्षी
हेर्छु चिहाइ म लुकी दुई प्रेमी पंक्षी
धड्कन्छ धड्कन यसै तिमी ओर आए
काप्छन यि ओठ किन लौ अझ ओर आए

रेशमी कपाल शिरमा उडिरन्छ राजा
आई समेट सिउरी फूलका ती गुच्छा
कति म आश गरु लौ भन प्यार प्राण
सक्दिन बाच्न यकलै बरु लेऊ प्राण

बिक्रमादित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *