मलाई नराम्रो मान्नेहरू
मलाई नहेर
मलाई घिन मान्नेहरू
मलाई नचलाऊ
मलाई स्वार्थी मान्नेहरू
मलाई आश नगर
मलाई शत्रु मान्नेहरू
मलाई साथी नबनाऊ
मलाई राक्षस मान्नेहरू
मलाई पूजा नगर
मलाई केही पनि नमान्नेहरू
मलाई केही नमान
म अरुका लागि होइन
म केवल मेरा लागि हूँ।
बिक्रमादित्य
