Skip to content

स्मृती प्रेमीकाको


बनेकी यो मेरो मन र दिलकी सुन्दर परी
परीको झै हाँसो मुसुमुसु भए घायल सरी
परीजस्ती गोरी बसिछ मनमा नै जुनिभरी
उसैको मायामा लुटुपुटु भयो यो दिलजली॥१॥

सुरीलो बोली त्यो सरलशरमी लाज उ भरी
बनेकी यो मेरो मुटु र दिलमा पुष्प उ बनी
रसीला प्रीतीका क्षणहरु लगाए प्रित नयाँ
जुधेए आखाँ ती मनदिल भयौ युगल नयाँ॥
२॥

बनाएथे नौला महल सपनाका मनभरी
भए सप्ना सारा मलिन मन भो एकल सरी
कहाँ गै होली यो मुटु ततडपेको बखतमा
निरासाको त्यो राप दनदन दन्कन्छ
दिलमा॥३॥

पिडा सोझै आयो तहसनहसै भै मनदिलै
नजाती यो नेत्रै तपतपतपै आँशुसरि झै
दिमागै घुम्नै गो फनननफनै त्यो वरिपरी
सुने मैले प्यारी उ जब गइ छोडी घर सरी॥
४॥

मनैमा माया त्यो दिनसकिन राखे
समझनी
झझल्की राखेस् है ति मनदिलमा याद म
भरी
मुमुस्की राखेस् है अधरकुसुमै झै जुनिभरी
खुलोस् है ज्योती झै विषु झलमलै झै जुनिभरी ॥५॥

बिक्रमादित्य निरौला

Leave a Reply

Your email address will not be published. Required fields are marked *