कपाल कल्पना गरे मपातलो घना घना
निधार अल्प आकृती रनासिका सुहाउना
कपोल पुष्ट रक्त नम्र सुन्दरा मुहार त्यो
सलक्क कण्ठमा हिरा मुखार ओष्ठअल्प त्यो
शरीर चट्ट कस्तुरी सुगन्ध रूपमा परी
गुलाब हात जात त्यो अकास निश्चला सरी
नवीन चाल मोहनी लगाउने बसन्त त्याँ
मुसुक्क मस्कदा हिरा सुरम्य चम्कने कहाँ
मधूर मिष्ठ बोलिले स्वभाव शिष्ट नौनि झै
सुवास पुष्प हौ तिमी उदाउ एक ईन्दु झै
हजार आउला कुमार सम्झ है त सानु मै
प्रशन्न आह त्यो मुहार पाउदा त प्रेम यैँ
शरीर पातलो सलक्क लोभिने मुहार त्यो
सुवास एक हौ तिमी म एक मेघ है ल त्यो
लजालु दृगले तिमी त अफ्सरा म लागनै
कुमार मै हु चाहने तिमी त एक पुष्प त्यै
बिक्रमादित्य

सुझाव
किंवा कवितया राजन
किंवा वनितया तया
पदविन्यास मात्रेण
मनोनापह्रितम् यया ।
छन्द मिलाउनकै लागि शब्दहरुलाई जथाभावी प्रयोग नगरिदिनुहुन अनुरोध छ ।