एउटा सत्य
अनेकौं असत्य
म दाज्न पुग्नेछु
र असत्यले जित्नेछ
यो संसार असत्य छ
जब तिमी सोच्नेछौ,हेर्नेछौ,सुन्नेछौ र बोल्नेछौ।
असत्यले तिमीलाई घेर्नेछ
तिमी आफै सत्यलाई असत्य भन्नेछौ
जब तिमीले सत्यबोध गर्नेछौ
तिमी आगोलाई आगो भन्नेछैनौ
तिमी पानीलाई पानी भन्नेछैनौ
असत्य लाग्नेछ यो संसार तिमीलाई
असत्य भन्नेछौ आफैले आफैलाई
तिमी सोच्न थाल्नेछौ
सत्य असत्य र असत्य सत्य हो भनेर
र दुनियाँले तिमीलाई असत्य भन्नेछ।
बिक्रमादित्य
