असफलताका लताहरू मौलाईरहेछन् कता कता
जनताका खाताहरू खुलिरहेछन् जता जता
अमानवता उच्छृंखलता यता उता उता यता
म ता अबला बनिता चारैतिर यो कस्तो सुन्यता
ममताका माताहरू बेलायतका सुन्तला
क्षमताका पिताहरू यातायतका जुन्तारा
झत्ताहरूका पैतालामा सुन्दरता छ कता कता
गिताका ति गाता भए कल्कत्ताका सुन्दर छाता
नेताहरू जाँता भए भातका सीता जनता
राता राता पत्ताहरू सेताका त रमिता
सितामाता मौनतामा सम्झौतामा सौता रिता
क्षमताका खित्काहरू उत्ताउला रित्ता रित्ता
बिक्रमादित्य
