तिमी आँखाँले हेर्दछौ
कानले सुन्दछौ
नाकले सुग्धछौ
मुखले बोल्दछौ
सबै उल्टो भइरहेछ
तिमीले हिड्ने बाटो उल्टो छ
सोच्ने सोच उल्टो छ
हेर्ने दृश्य उल्टो छ
सबै उल्टो भइरहेछ
बहने बतास उल्टो छ
उदाउने सूर्य उल्टो छ
उम्रने बिरुवा उल्टो छ
सबै उल्टो भइरहेछ
नत्र आफैं सोचेर हेर तिमी
आँखाँले बनाउने चित्र उल्टै हुन्छ
हरेक क्रियाको प्रतिकृया उल्टै हुन्छ
बिपरितार्थी शब्दले उल्टै अर्थ दिन्छ
माथि फ्याकेको बस्तु उल्टै तल झर्छ
तिमी उल्टिएर सुल्टै हेर सबै उल्टै देख्दछौ हो सबै उल्टै देख्दछौ।
-बिक्रमादित्य
