कतै सीमाना बिख्यो भन्ने हल्ला चल्यो
कतै ढुकुटीनै रित्त्यो भन्ने हल्ला चल्यो
जोत्ने गोरुको सिङ भाँचेर के बिग्र्यो र ?
त्यै गोरुले देशै, जोत्यो भन्ने हल्ला चल्यो
हात्ती नै बोकेको, सम्झ्यौ मुसा समाएर
छिनेसि पुच्छर, चिन्यो भन्ने हल्ला चल्यो
छोडिदिनू नेताज्यू, कुर्ची समाएर के गर्नु
पालो थ्यो मेरो, मिच्यो भन्ने हल्ला चल्यो
बिराही लामा
लम्जुङ् सिम्पानी-९, बगैचा
हाल :- साउदी हाईल

Ati sundar ser
lekhan saili
Ati sundar ser
lekhan saili ramro lagyo,pragatiko kamana
जोत्ने गोरुको सिङ भाँचेर के बिग्र्यो र ?
त्यै गोरुले देशै, जोत्यो भन्ने हल्ला चल्यो
danyabad yahko amullya
danyabad yahko amullya pratikriyako laagi..r aasha 6 sadhai yesari nai hajurharuko sallah r sujav pairahu..