Skip to content

याद आयो फेरि, बुट्टे तिम्रो चोली


याद आयो फेरि, बुट्टे तिम्रो चोली
फर्की आएपछि, रङ्गी नियाँ होली

रम्नुपर्छ जिन्दगीमा, कहाँ हुन्छ रोई
भन्छु आफै रुन्छु, तस्बीर तिम्रो छोई
होलीले पो बेह्री, ल्यायो तिम्रो बोली
फर्की आएपछि, रङ्गी नियाँ होली

दुःख पीडा आसु, मुटु पोल्ने गंझै
घाऊ चोट लाग्यो, जिन्दगीमा सँधै
अल्झी यो मनमा, बस्यो याद घोली
फर्की आएपछि, रङ्गी नियाँहोली

बिराही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल साउदी हाईल

Leave a Reply

Your email address will not be published. Required fields are marked *