जे भन्छु एउटै हामी, भन्छौ यो दिल खुलाएर
खुल्लम खुला आब, डुल्छु यो माया फुलाएर
लुकी छिपी गरेर माया, लाऊ कति दिन सम्म
लाउछु आज सब्कै सामू, छाती यो ठो’काएर
नजरमा नजर मिलाई, साटछु मुटु दुनियाँ माँझ
यस्तो हो चोखो माया, भनि सब्लाई दे’खाएर
उकालो ओरालो अनि, भञ्ज्याङ् चौतारीको
रुख पात ढुङ्गहरूमा, राख्छु पान बुट्टा भराएर
हिमचूलीको हिउँ जस्तै, अटल अनि अमर गरी
मायाको शिखर सधै, राखाउला मुटुमा चुलाएर
बिराही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल
