नबोलेर गए पनि याद गरे पुग्छ
बनाउ पराई तर सम्झी रहे पुग्छ
भनेको छैन यो माया नै गर्नु पर्छ
भेटमा खबरहरु,सोधी गए पुग्छ
तिमी त् फूल हौ,सँधै फुल्नु राम्रो
रुठेर होईन साथि,हासी गये पुग्छ
घाऊ मेरै दुखोस,नून घोल्दा हुन्छ
शितल म्हालम,तिम्ले घसे पुग्छ
बिरही लामा
सिम्पानी ९ लम्जुङ्ग
हाल साउदी हाईल
