सुके नि मेरो ज्यान सुक्दैन सायद यस्तै सम्झ्यो कि
कि त यो मायाले त पुग्दैन, सायद यस्तै सम्झ्यो कि
सम्झी मेरो के जान्छ र, हजार दिन्छु चोटहरू
दुखे नि मुटु मेरो दुख्दैन, सायद यस्तै सम्झ्यो कि
जवानी को रङ्ग छरेर, नाम दियो बदनामी को
झुकेनी मेरो शीर झुक्दैन, सायद यस्तै सम्झ्यो कि
म रुवाउँछु हाँसी हाँसी, सबको सामू आँसु बगाउँछु
लुकाएर आँसु त लुक्दैन, सायद यस्तै सम्झ्यो कि
बिरही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल साउदी हाईल
