यो हातमा सराब छ, म सच् बोल्दै छु
यो चिजै “ल” जवाफ छ, म सच् बोल्दै छु
किनेर पिउन जाऊँ, दिन्न रैछ नसा नि
मेरो अलगै हिसाब छ, म सच् बोल्दै छु
विश्वास नभए साथी, सर झुकाई हेर न
शिशामा महताप छ, म सच् बोल्दै छु
बातमा एक जाम छ, ओठमा एक गजल
बाँकी खयाल ”ख्वाब” छ, म सच् बोल्दै छु
नभन्नु है कसैलाई, यो बात मैले पिएको
यो जमाना खराब छ, म सच् बोल्दै छु
बिराही लामा
सिम्पानी-९ लम्जुङ्ग
हाल साउदी हईल ।
