Skip to content

जलपरी झैँ


जलपरी झैँ सौन्दर्य, बोली तिम्रो मधुर
बोली जस्तै हृदय नि, होली तिम्रो मधुर

हिमानी झैँ मुस्कान, चाँद जस्तो मुहार
लोलाए झैँ हेराईको, लोली तिम्रो मधुर

स्वर्णहार त्यो रुपी, झल्की झल्कीज्यू
गुलाबी त्यो ओठको, बोली तिम्रो मधुर

कस्तुरी नयनमा, लाकी रैछ गाजलु
अनि चिटिकै सुहानी, चोली तिम्रो मधुर

हृदयमा लुकाएको, निश्चल तिम्रो भाव
सरर बतासले बल्ल, खोली तिम्रो मधुर

बिराही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल

Leave a Reply

Your email address will not be published. Required fields are marked *