Skip to content

DBJirelravi

मुटु बगर भेटेँ

आफ्नैसँग अपरिचित शहर भेटेँ मैले
आफैंसँग मान्छेहरू, बेखबर भेटेँ मैले

जहाँ पुगेँ, जोजो भेटेँ, ती सबै मान्छेको
रुञ्चे नयन, मुस्काउने अधर भेटेँ मैले

पराईको हातभरी निको पार्ने दबै अनि
आफनोसँग अचानो र खञ्जर भेटेँ मैले

केरा खम्बा जस्ता गोडा

केरा खम्बा जस्ता गोडा देखाएको किन हो
घामले कतै कालो होला, सेकाएको किन हो

ओठ टोकी औँला भाँची यता छड्के हेरेर
लालुपाते तिम्रो जिब्रो, खेलाएको किन हो

हामी पनि मुर्ती नाइ, इशारा काफी हुन्थ्यो
थुक निली घुट्को प्यास, मेटाएको किन हो

PicsArt_10-30-06

गजल

आँखामा पट्टी, बत्ती निभाएको छ
बाटो देखाउनेले यस्तै सिकाएको छ

बैरी लगलग काम्ने त्यो समय थियो
खुकुरीको सान आज गिराएको छ

कालो पोसाकमा हिँड्ने उ को हो
साँचो न्याय कौडीमा फिजाएको छ

न बोल्न सक्छ उ, न लड्न सक्छ
जनताले नेता यस्तै जिताएको छ

कसले कति चुस्ने, कति पचाउने हो
देश विकास ठेक्कामा भिडाएको छ

हामी सुनौलो देशको सपना देख्छौँ
धमिराको गुँडमा देश बिसाएको छ
**********
डीबी जिरेल ‘रवि’

तिमी फेरिन्छ कि भनेर

तिमी फेरिन्छ कि भनेर चौबाटोमा उभेर हेरेँ
भीडमा तिमी सुधृन्छ कि भनेर घोत्लेर हेरेँ

वर्षौँ लेऊ पलाएको, मन मन्दिर सफा गरेर
ढुङ्गाको तिम्रो दिल चल्छ कि कतै कुरेर हेरेँ

PicsArt_10-30-06

धितो छ यो सहरमा

सबैको जिन्दगी धितो छ यो सहरमा
त्यसैले त मान्छे चिसो छ यो सहरमा

सरकार सभा, समारोहमा झुल्कन्छ
अरु छोड, गफ मिठो छ यो सहरमा

सबै देखिन्छ हँसिलो तर को जान्दछ
सबैको आँखा गिलो छ यो सहरमा

बल, बुद्दी र शिप बिक्छ, अरु के
उही देह ब्यापार दिगो छ यो सहरमा

त्यसै गिद्ध बढेको होइन यति धेरै
ज्युँदो मान्छेको सिनो छ यो सहरमा

गोरुहरू छन र दाइँ छ ढुकुटीको
न सही खला न मियो छ यो सहरमा
*****जिरी

के हो

लम्बाइ के हो र चौडाइ के हो
चोखो पिरतीको गहिराइ के हो

जे थियो मुटु थियो प्रेम रोगीको
सर्वस्व गुम्यो रे, सुनवाइ के हो

पोखाएर नसक्ने, भनेर नघट्ने
अन्तरमा धेरै दुख्ने दुखाइ के हो

सौन्दर्यको बली चढ्छन् शेरहरू
गाइ माग्ने गजलको सच्चाइ के हो

आगो बल्न घर्षण होस र पो हुन्छ
खोल नभए अकेला सलाइ के हो

आशैआशामा जीवन बिताउनेको
गुमाएको यौवनको भरपाइ के हो

जूनसँग भेटेदेखि बिरामी छ “रवि”
निको हुने पर्खाइ छ दबाइ के हो
********
जिरी

राज भालुको छ

गजल
थाहा पाउँदै छु, जमाना चालुको छ
शिँहहरू ढले, यहाँ राज भालुको छ

डाँडा बसी भन्थे कालु, भालु आयो
कालुहरू रुख चढे, मोज लालुको छ

हात्ती आयो, हात्ती आयो भरे फुस्स
पहुँच सँधै ढुकुटीमा ठुलाठालुको छ

राम्रा होइन, हाम्रा चाहिने, मुलुकमा
सफेदको होइन माग सिपालुको छ
*****
जिरी

हाजिर जनाएर

आएर आफ्नो हाजिर जनाएर गइन्
थोरै खुशी, धेरै पीडा, खनाएर गइन्

नासो उनी अर्कैको, थाहा हुँदाहुँदै
मेरो मनमा वर्षे बिदा, मनाएर गइन्

नयनमा नशा कस्तो,अधरमा जादु
न त मर्नु न त बाँच्नु, बनाएर गइन्

DBJirelRavi

खोज्दै छु

म बसेको त्यो पुरानो, सदन खोज्दै छु
बिरानो सहरमा मेरो, वतन खोज्दै छु

त्यो सल्ला-घारी, त्यो मन्दिर छेउमा
मलाई खोज्दै आउने, नयन खोज्दै छु

त्यो एउटै बिस्तारा, त्यो तिम्रो अङ्गालो
मैले तापेको मायाको, दहन खोज्दै छु

दोष लाउँछ्यौ तिमी

भुल्छु भन्छु किन फेरि, याद आउँछ्यौ तिमी
भीडभाड, एकान्तमा, तिमी छाउँछ्यौ तिमी

नजिस्काऊ, यति साह्रो, म मातेको बेला
बरु हेर प्याला भित्र, आफै पाउँछ्यौ तिमी

PicsArt_10-03-02

हनी ट्र्यापिङ

समयको मानचित्रमा
ति दुइको…………
उमेर एकतमास बग्यो, नदी झैँ
बाल्यकालमा गिट्टी खेले
भाँडाकुटी खेलमा बुढाबुढी भए
मुटु, मन, प्यार साटे।

उमेरमा घर- गोठ, वनजंगल,
पानी पँधेरो सँगै गरे
झिसमिसे बिहानी र रिमरिमे साँझ
सँगसँगै हिँडे
एउटै घुम मुनी ओत लागे
जवानीमा यौवनको विजुली चम्कँदा
बज्र खस्दा, मेघ गर्जँदा
वासनाको बादल मडारिँदा,
मुसलधारे पानी झर्दा
चिप्लो माटोमा चिप्लेटी खेल्दै
जिन्दगीको कति रङ्गिन दिनहरू
कति मोहक रातहरू बिताए
शुरु भएदेखि निरन्तर….!

समय अन्तरालमा मान्छे फेरिए
जोडी फेरिए, बासहरू फेरिए,
कंक्रिटको जंगलतिर गुँड सरे

स्वतन्त्र गौँथली थिए तिनीहरू

आफ्नैसँग

माया राज गर्ने मुटु, कहाँ धड्कन्छ सुन
मन चोर्ने मिठो धून, कहाँ गुञ्जन्छ सुन

कतै बिलौना गर्दै छ कोही पागल प्रेमी
पिरतीको ज्वालामा कसरी पग्लन्छ सुन