
तिमीले गाजल, लाली घसेपछि केके भयो
तिम्रो प्रेमको पासोमा, फसेपछि केके भयो
यता हेर्यो तिमी देख्ने, उता हेर्यो तिमी देख्ने
तिमी मेरो दिलमा बास, बसेपछि केके भयो
जवानीको आगो जल्दा, निभाउन कर लायौ
न्यानोन्यानो अंगालोमा, कसेपछि केके भयो
भन तिमी परी हौ कि, विष रानी नागिनी हौ
तिम्रो ओठले अनायसै, डसेपछि केके भयो
मै पनि त सोझो मान्छे, जोगिएर हिँडेकै हो
तिमीभित्र प्रिति मिठो, पसेपछि केके भयो
तिर्खाएको म्रिग थिएँ, मेरोलागि भनेर त्यो
मिठो पानी खोँचबाट, रसेपछि केके भयो
नौनी जस्तै पग्लि जाने, मेरो पनि मनै त हो
यौटा यौटा तिम्रा लुगा, खसेपछि केके भयो
******
जिरी, ६
