Skip to content


माया राज गर्ने मुटु, कहाँ धड्कन्छ सुन
मन चोर्ने मिठो धून, कहाँ गुञ्जन्छ सुन

कतै बिलौना गर्दै छ कोही पागल प्रेमी
पिरतीको ज्वालामा कसरी पग्लन्छ सुन

महलमा मात्र मायाको हुने भए माग
झुपडीको प्रेमरोगी किन तडपन्छ सुन

यहाँ बाँच्न चोट स्वीकारेर बाँच्नु पर्छ
कति पुरानै घाउ, चर्केर बल्झन्छ सुन

अचेल ‘रवि’ले बाटो फेरेको छ हिँड्ने
आफ्नैसँग डराएर कति तर्सन्छ सुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *