Skip to content

हाजिर जनाएर


आएर आफ्नो हाजिर जनाएर गइन्
थोरै खुशी, धेरै पीडा, खनाएर गइन्

नासो उनी अर्कैको, थाहा हुँदाहुँदै
मेरो मनमा वर्षे बिदा, मनाएर गइन्

नयनमा नशा कस्तो,अधरमा जादु
न त मर्नु न त बाँच्नु, बनाएर गइन्

गाउँघराँ कुरा गरी, माया लाग्छ भनी
अरुलाई रविको नासो, भनाएर गइन्

२०७६/०७/१०
जिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *