Skip to content

मतायो र रोएँ म

PicsArt_10-10-06


नपिएको शराबले, मतायो र रोएँ म
नगाँसेको प्रितिले, हरायो र रोएँ म

लुकीछिपी हेरेर, मुस्काइ दियौ तिमी
नबोलेको बातले, फसायो र रोएँ म

रुनु भन्दा नरुनु, गाह्रो हुँदो रहेछ
नखसेको आँशुले, जलायो र रोएँ म

निशानामा परेँ म, थाहै थेन उनको
नदागेको तीरले, टटायो र रोएँ म

खोला तर्ने जमर्को पाइला सार्दासार्दै
नसोचेको जँघारले, बगायो र रोएँ म

Leave a Reply

Your email address will not be published. Required fields are marked *