Skip to content

मुटु बगर भेटेँ


आफ्नैसँग अपरिचित शहर भेटेँ मैले
आफैंसँग मान्छेहरू, बेखबर भेटेँ मैले

जहाँ पुगेँ, जोजो भेटेँ, ती सबै मान्छेको
रुञ्चे नयन, मुस्काउने अधर भेटेँ मैले

पराईको हातभरी निको पार्ने दबै अनि
आफनोसँग अचानो र खञ्जर भेटेँ मैले

नसोध यो दुनियामा, के के भेटेँ मैले
सागर हुँ भन्नेको मुटु, बगर भेटेँ मैले

अक्टोबर ११, २०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *