तिमी फेरिन्छ कि भनेर चौबाटोमा उभेर हेरेँ
भीडमा तिमी सुधृन्छ कि भनेर घोत्लेर हेरेँ
वर्षौँ लेऊ पलाएको, मन मन्दिर सफा गरेर
ढुङ्गाको तिम्रो दिल चल्छ कि कतै कुरेर हेरेँ
चोखो मनले चाहे सबै इच्छा पुरा हुन्छ भन्थे
कालो बिगत बिर्सौँ भनेर, वर्तमान ओढेर हेरेँ
दुखको अन्त हुन्छ र त्यहीँबाट सुख शुरु हुन्छ
त्यही आशामा घाउ दुख्दा, आँशु पिएर हेरेँ
डीबी जिरेल
जिरी
