भुल्छु भन्छु किन फेरि, याद आउँछ्यौ तिमी
भीडभाड, एकान्तमा, तिमी छाउँछ्यौ तिमी
नजिस्काऊ, यति साह्रो, म मातेको बेला
बरु हेर प्याला भित्र, आफै पाउँछ्यौ तिमी
यो महफिलमा दुख, भुल्न आ’को छु म
पाउजुको छनछन, पीडा गाउँछ्यौ तिमी
नशालु ती आँखाहरू, मिठो बोली दोषी
मै मात्र हो दोषी भन्दै, दोष लाउँछयौ तिमी
