हिलो मैलो हट्दै हटेन,
पानीको रिमझिम छुट्दै छुटेन
साचो मनले पूजा कहा ?
आडम्बरले छोड्दै छोडेन
भगवतीको नाम गरी,
पशुबलि दिने प्रथा
रिन-धन सबै गरी,
दशै मान्ने सबको व्यथा
दशै भनी मान्थे पहिले,
दशाजस्तै हुन्छ अहिले
धर्म-कर्म हुन्थ्यो पहिले,
धन-प्रदर्शन हुन्छ अहिले

अजय रिसाल ज्यूको ‘अहिलेको
अजय रिसाल ज्यूको ‘अहिलेको दशै’ शिर्षकको कवितामा भाव पक्ष राम्रो लाग्यो । कवितालाइ छन्द कविता भनिएको छ, तर कविता छन्दमा छैन अन्त्यानुप्रासमात्र मिलाइएको छ, तसर्थ यो कवितालाई गीति कविता भनिएको भए उचित हुन्थ्यो की भन्ने मेरो सभाव मात्र हो अन्यथा नलिनुहोला । छन्द कविता भनेको र पद्य कविता भनेको फरक हैन एउटै हो । धन्यवाद ।
धन्यवाद्
यहाको प्रतिक्रियाको लागि धन्यवाद्…